गैर आवासीय नेपाली सङ्घ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गैरआवासीय नेपाली सङ्घ
आदर्श वाक्यनेपालीका लागि नेपाली
गठनसन् २००३
स्थानयुरोप
प्रकारगैरनाफामूलक सामाजिक संस्था
लक्ष्यसामाजिक सेवा
प्रधान कार्यालयकाठमाडौँ
स्थान
  • विश्वव्यापी
मूल स्थाननेपाली
आधिकारिक भाषा
नेपाली
अध्यक्ष
डा.बद्रि के.सी
सम्बद्धतानेपाल सरकार परराष्ट्र मन्त्रालय र विश्वव्यापी
वेबसाइटhttps://nrna.org

गैरआवासीय नेपाली सङ्घ दक्षिण एसियाली मुलुक बाहेकका मुलुकमा रहेका नेपाली नागरिक तथा नेपाली मूलका विदेशी नागरिक अटाउन सक्ने गैरआवासीय नेपालीहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो।[१] हालसम्म ८१ वटा देशमा यसका राष्ट्रिय समन्वय परिषद्हरू विस्तारित भएका छन्। यसकन्ह केन्द्रीय कार्यकारी संरचना भने अन्तर्राष्ट्रिय समन्वय परिषद् हो, जुन अन्तर्राष्ट्रिय महाधिवेशनबाट पारित नीति र कार्यक्रमहरूलाई कार्यान्वयन गर्नको लागि निर्वाचित हुन्छ। हरेक दुई वर्षमा राष्ट्रिय समन्वय परिषद्को महाधिवेशनबाट छानिएर आएका प्रतिनिधिहरूको महाधिवशेनबाट यसका प्रमुख पदहरु निर्वाचित हुन्छन्। सदस्यहरू भने राष्ट्रिय महाधिवेशनहरूले नै निर्वाचित गरेर पठाउँछन् [२]

इतिहास[सम्पादन गर्नुहोस्]

विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागररकको ज्ञान, सीप, प्रविधि र पँजीको परिचालन गर्दै देश विकासमा टेवा पुर्‍याउने सोचले रुसमा बस्ने नेपालीहरूको सक्रियतामा सन् २००३ अगस्ट लन्डनमा एक भेला आयोजना गरी सोही वर्षको अक्टोबर ११-१३ तारेखमा काठमाडौँमा पहिलो विश्व सम्मेलन गरेर विधिवत् गैरआवासीय नेपाली सङ्घको स्थापना भएको थियो।[३] स्थापनाकालमा यस सङ्गठनको नेतृत्व उपेन्द्र महतोले गरेका थिए। यसको पहिलो सम्मेलन काठमाडौँमा सन् २००३ मा भएको थियो। सो सम्मेलनको उद्धघाटन तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट गरिएको थियो। तेस्रो सम्मेलनको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए। उपेन्द्र महतो गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष हुन्।

सङ्घको अन्तर्राष्ट्रिय परिषद्का वर्तमान अध्यक्ष डा.बद्रि के.सी हुन्। एघारौं विश्व सम्मेलन तथा महाधिवेशन (अक्टोबर १७ - २०, काठमाडौँ)ले डा.बद्रि के.सीलाई निर्वाचित गरेको हो। [४]

उत्पादन मूलक कार्यमा सहभागिता[सम्पादन गर्नुहोस्]

  • सानिमा विकास बैङ्क
  • माइखोला जलविद्युत परियोजना

सामाजिक सेवामा योगदान[सम्पादन गर्नुहोस्]

  • देवघाट वृद्धाश्रम
  • शङ्खमूल पार्क
  • लाप्राक एकीकृत नमुना बस्ती

पूर्व‌‍अध्यक्षहरू[सम्पादन गर्नुहोस्]

क्र. सं. नाम निवासी कार्यकाल
डा. उपेन्द्र महतो रुस सन् २००३–२००९
देवमान हीराचन जापान सन् २००९–२०११
जीवा लामिछाने रुस, जर्मनी सन् २०११–२०१३
शेष घले अस्ट्रेलिया सन् २०१३–२०१७
भवन भट्ट जापान सन् २०१७–२०१९
कुमार पन्त जर्मनी सन् २०१९ - २०२१
रबिना थापा अमेरिका   सन् २०२१ - २०२३
कुल आचार्य बेलायत सन् २०२१ - २०२३

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]