उपेन्द्र महतो
उपेन्द्र महतो Upendra Mahato | |
---|---|
जन्म | सन् १९६० बुटवल, नेपाल |
वासस्थान | मस्को, रसिया |
राष्ट्रियता | नेपाली |
जातीयता | मैथिल |
मातृ शिक्षाप्रतिष्ठान | विद्यावारिधि |
पेशा | उद्योगपति |
चिनारीको कारण | गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष |
धर्म | हिन्दू |
सन्तान | २ |
मातापिता | रामआशिष महतो (बुवा) फूलकुमारी महतो (आमा)[१] |
उपेन्द्र महतो (अङ्ग्रेजी: Upendra Mahato, जन्म; १९६०) नेपाली उद्योगपति हुन् जो मुख्यतया रसिया र नेपालमा बसोबास गर्छन् ।[२] रसियामा उनी रसिया-नेपाल उद्योग व्यवसाय सङ्घका अध्यक्ष हुन् । उनी गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष हुन् । उनले सन् २००३ देखि सन् २००९ सम्म यस सङ्घको अध्यक्ष भएर कार्यभार सम्भालेका थिए । सन् १९९० देखि व्यवसायमा हात हालेका उपेन्द्रको रसियामा इलेक्ट्रोनिक्स, तेल, भवन निर्माण, बैङ्क तथा मेसिनहरूको कारोवार रहेको छ ।[३] रसियामा इलेक्ट्रोनिक्स कारोवारीको रूपमा व्यवसाय आरम्भ गरेका महतोको रसियाको राजधानी मस्कोबाट ४०० किलोमिटर दक्षिणमा रहेको भोरोनेझमा टेलिभिजन उद्योग रहेको छ जहाँबाट प्रत्येक वर्ष १० लाख टेलिभिजन बन्ने गर्छ । यस वाहेक उनको गोर्भुस्कामा एउटा मेगा इलेक्ट्रोनिक्स बजार रहेको छ जहाँबाट प्रत्येक दिन ८०,००० ग्राहक भ्रमण गर्ने गर्छन । उनको मस्कोको महत्त्वपूर्ण आवाशीय भागमा ५० मिलियनको लागत बताइएको २६ तल्ले भवन रहेको छ ।[३]
युरोप, अफ्रिका, एसिया लगायत नेपालमा पनि उनको विभिन्न क्षेत्रमा लगानी रहेको छ । नेपालको प्रमुख टेलिकम कम्पनी एनसेलमा उनको २०% शेयर रहेको छ । एनसेलको पुरानो नाम मेरो मोबाइल (स्पाइस नेपाल प्राइभेट लिमिटेड)मा उनकै नेतृत्वमा सञ्चालनमा आएको थियो ।[४] सन् २०१६ नोभेम्बरमा उनले भारतको प्रसिद्ध आयुर्वेद कम्पनी पतञ्जली आयुर्वेदलाई नेपाल भित्राउन सफल भएका छन् ।[५] पतञ्जली आयुर्वेद उद्योग प्राइभेट लिमिटेड, नेपालमा उपेन्द्र महतो र पतञ्जली योगपीठको संयुक्त लगानी रहेको छ ।[६]
जीवनी
[सम्पादन गर्नुहोस्]उपेन्द्र महतोको जन्म नेपालको पूर्वी तराई सिरहाको कर्जन्हामा एक सामान्य परिवारमा भएको हो ।[७] उनको बुवाको नाम रामआशिष महतो र आमाको नाम फूलकुमारी महतो हो । उनले आफ्नो प्रारम्भिक शिक्षा सिराहाकै सरकारी विद्यालयमा गरेका थिए । इन्जिनियरिङको शिक्षा प्राप्त गर्न उनी काठमाडौंको इन्जिनियरिङ कलेज पुल्चोक क्याम्पसमा भर्ना भए । प्राविधिक क्षेत्रमा डाक्टर अफ साइन्सको पढाई गर्न रसिया तर्फ लागे र त्यहाँ उनले सो शिक्षा प्राप्त गरे ।
व्यवसाय
[सम्पादन गर्नुहोस्]रसियामा डाक्टर अफ साइन्सको शिक्षा प्राप्त गरेपछि उनले रसियालाई नै प्राथमिकतामा राखेर आफ्नो इलेक्ट्रोनिक्सको व्यवासय सञ्चालन गरे । सन् १९९१ मा सोभियत सङ्घको विघटन भएपछि रसियामा विदेशीले पनि लगानी गर्न अवसर पायो यहि मौकामा उनले आफ्नो इलेक्ट्रोनिक्सको व्यवसायको जग रसियामा बसाले र सो व्यवसाय चम्केपछि उनले त्यहाँ विभिन्न क्षेत्रमा लगानी गरेर धन आर्जित गर्न सफल भए ।
उपेन्द्र महतो बेलारुसमा नेपालका अवैतनिक महावाणिज्यदूत हुनुहुन्छ।[८]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "हामी अझै एकताबद्द नभए समृद्दि कठिन हुँदै जान्छ :डा. उपेन्द्र महतो", नेपालीजापान, अन्तिम पहुँच १९ मे २०१४।[स्थायी मृत कडी]
- ↑ "Top 5 Richest People of Nepalese Origin", हाम्रोबज, अन्तिम पहुँच २ मे २०१५। वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-२४ मिति
- ↑ ३.० ३.१ "Nepali billionaires", नेपाली टाइम्स, अन्तिम पहुँच १० डिसेम्बर २००४।
- ↑ "विनोद चौधरीभन्दा उपेन्द्र महतो गरिब ?", माइसंसार, अन्तिम पहुँच ७ मार्च २०१३।
- ↑ "डा. उपेन्द्र महतोले पतंजली आयुर्वेद लिमिटेड नेपालमा भित्र्याए", नेपाल आज, अन्तिम पहुँच १६ असोज २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-१४ मिति
- ↑ "योगगुरु रामदेवले नेपालमा एक खर्ब लगानी गर्ने", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच ८ मङ्सिर २०७३।
- ↑ "नेपाललाई सम्बृद्ध बनाउने सपना छ :डा.उपेन्द्र महतो", एनआरएनए, अन्तिम पहुँच १९ अप्रिल २००७। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-२३ मिति
- ↑ Nepalese Honorary Consuls वेब्याक मेसिन अभिलेखिकरण २०२४-०५-११ मिति