गोरखपुर विमानस्थल
| गोरखपुर विमानस्थल | |||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
| विवरण | |||||||||||
| विमानस्थल प्रकार | नागरिक उड्डयन | ||||||||||
| मालिक | भारतीय वायुसेना | ||||||||||
| सञ्चालक | भारतीय विमानस्थल प्राधिकरण | ||||||||||
| सेवा गर्ने स्थान | गोरखपुर | ||||||||||
| अवस्थित स्थान | गोरखपुर, उत्तर प्रदेश, भारत | ||||||||||
| उचाइ समुद्री सतह | ७९ मी / २५९ फिट | ||||||||||
| निर्देशाङ्क | २६°४४′२२″उ ८३°२६′५८″पू / 26.73944°N 83.44944°E | ||||||||||
| नक्सा | |||||||||||
| धावनमार्ग | |||||||||||
| |||||||||||
| तथ्याङ्कहरू (सन् २०२४ अप्रिल - सन् २०२५ मार्च) | |||||||||||
गोरखपुर विमानस्थल (आइएटिए: GOP, आइसिएओ: VEGK) भारतको उत्तर प्रदेश राज्यको गोरखपुरमा अवस्थित एउटा विमानस्थल हो। भारतीय विमानस्थल प्राधिकरणले यसलाई भारतीय वायुसेनाको गोरखपुर वायुसेना स्टेसनमा नागरिक उड्डयनको रूपमा सञ्चालन गर्दछ। यो विमानस्थल सहरबाट ५ माइल (८.० किमी)को दुरीमा अवस्थित छ र यसले ०.७१ एकड क्षेत्रफल ओगटेको छ। सन् २०१७ जुनमा उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथले सिभिल टर्मिनल भवनको उद्घाटन गरेका थिए।[४]
सैन्य विमानस्थल
[सम्पादन गर्नुहोस्]यो विमानस्थल भारतीय वायुसेनाको एक अड्डा हो, जुन भारतीय वायुसेनाको केन्द्रीय वायु कमान्ड अन्तर्गत सञ्चालित छ। भारतीय वायुसेनाले यहाँबाट नम्बर १६ स्क्वाड्रन, नम्बर २७ स्क्वाड्रन र नम्बर १०५ हेलिकप्टर युनिट सञ्चालन गर्दछ। यी स्क्वाड्रनहरूको नियमित सैन्य अभ्यास हुनुका साथै यी टोलीहरू उद्धार कार्यमा सक्रिय रूपमा भाग लिन्छन्।[५]
पूर्वाधार
[सम्पादन गर्नुहोस्]गोरखपुर विमानस्थलको एउटा धावनमार्ग छ जसलाई ११/२९ तोकिएको छ र यसको आयाम २,७४३ x ४६ मिटर (९,००० फिट × १५० फिट) छ। यहाँ रहेको टर्मिनलले भीडभाडको समयमा २०० यात्रुहरूलाई सेवा गर्न सक्षम छ र यसको क्षेत्रफल २३,५०० वर्ग फिट छ।[६][७]
सन् २०२१ मार्च २८ मा, उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथले ₹२६.८७ करोड लागतमा अवस्थित टर्मिनल भवनको विस्तारको लागि आधारशिला राखेका थिए, जुन ३४४० वर्गमिटर क्षेत्रफलमा फैलिनेछ।[८][९] आवागमन कक्षमा दुई कन्वेयर बेल्ट, १० चेक-इन-काउन्टर, एस्केलेटर, लिफ्ट, रेस्टुरेन्ट र पहिलो तल्लामा थप सुरक्षा बलको क्षेत्रसहितको विस्तारित टर्मिनल भवनले भीडभाडको समयमा २०० यात्रुलाई सेवा गर्न सक्नेछ।[९]
वायुसेवा र गन्तव्यहरू
[सम्पादन गर्नुहोस्]| विमानसेवा | गन्तव्य(हरू) |
|---|---|
| अकासा एअर[१०] | बेङ्गलोर, दिल्ली[११] |
| एलायन्स एअर | दिल्ली[१२] |
| इन्डिगो | बेङ्गलोर, दिल्ली, हैदराबाद, कोलकाता, मुम्बई, नवी मुम्बई[१३] |
| स्पाइसजेट | दिल्ली, मुम्बई[१४][१५] |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Annexure III – Passenger Data", aai.aero, अन्तिम पहुँच २९ अप्रिल २०२५।
- ↑ "Annexure II – Aircraft Movement Data", aai.aero, अन्तिम पहुँच २९ अप्रिल २०२५।
- ↑ "Annexure IV – Freight Movement Data", aai.aero, अन्तिम पहुँच २९ अप्रिल २०२५।
- ↑ "Airport Website", मूलबाट २५ फेब्रुअरी २००८-मा सङ्ग्रहित।
- ↑ "IAF's Jaguar fighter plane crashes in UP's Kushinagar, pilot ejects safely", The Hindustan Times, २८ जनवरी २०१९, "The crash happened barely 15 minutes after it took off from Gorakhpur air base along with two other Jaguars for routine exercise."
- ↑ "Gorakhpur", Airports Authority of India, १० सेप्टेम्बर २०१६, मूलबाट २५ फेब्रुअरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ फेब्रुअरी २०१७।
- ↑ PTI (३ सेप्टेम्बर २०१८), "Suresh Prabhu inaugurates new domestic terminal building at Gorakhpur Airport", Business Standard India, अन्तिम पहुँच १९ मार्च २०२०।
- ↑ "Adityanath lays foundation stone to extend terminal building at Gorakhpur airport", The Hindu (en-INमा), २८ मार्च २०२१, अन्तिम पहुँच ३० मार्च २०२१।
- 1 2 "Gorakhpur Airport terminal building all set for expansion. Details inside", ETNow, ३० मार्च २०२१, अन्तिम पहुँच ३० मार्च २०२१।
- ↑ "Akasa Air Flight Network", Akasa Air, अन्तिम पहुँच २९ मे २०२४।
- ↑ Zafar, Imran (१४ अप्रिल २०२४), "Akasa Air Introduces New Flights To Connect Gorakhpur To Delhi, Mumbai, Hyderabad And Bengaluru", Jagran Josh (अङ्ग्रेजीमा), अन्तिम पहुँच ३ मे २०२४।
- ↑ "Adityanath flags off new Gorakhpur-Lucknow flight service", Hindustan Times, २८ मार्च २०२१, अन्तिम पहुँच ३ अप्रिल २०२१।
- ↑ "New Flights Information, Status & Schedule | IndiGo", www.goindigo.in।
- ↑ {{cite web| url=https://www.livehindustan.com/uttar-pradesh/gorakhpur/story-direct-flight-for-mumbai-from-31st-march-from-gorakhpur-2381816.html |title=31 मार्च से मुंबई और 30 अप्रिल से कोलकाता-हैदराबाद की सीधी उड़ान |language=hi |date=28 January 2019 |access-date=2 March 2019 |website=Live Hindustan |author=हिन्दुस्तान टीम |location=Gorakhpur
- ↑ "SpiceJet flight schedules", Official Website of SpiceJet, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१८। अभिलेखिकरण १० सेप्टेम्बर २०१८ वेब्याक मेसिन