चीन निर्माण बैंक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चीन निर्माण बैङ्क
मौलिक नाम
中国建设银行股份有限公司
व्यवसाय प्रकार
सार्वजनिक
आइएसआइएनCNE1000002H1 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगबैङ्किङ
वित्तीय सेवा
लगानी सेवा
स्थापितबेइजिङ, चीन(१९५४)
केन्द्रीय कार्यालय,
मुख्य व्यक्ति
तियान गाओली (अध्यक्ष)
लिउ जिङपिङ (अध्यक्ष)
उत्पादनहरूवित्त तथा बीमा
उपभोक्ता बैङ्किङ
वाणिज्य बैङ्क
लगानी बैङ्किङ
लगानी व्यवस्थापन
विश्व सम्पत्ति व्यवस्थापन
निजी स्वपुँजी
राजश्व973,502,000,000[१] (2018) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
परिचालन आय
९०५६२.१५ मिलियन अमेरिकी डलर (२०१८)[२]
३६५२७.४० मिलियन अमेरिकी डलर (२०१८)[२]
कुल सम्पत्ति३३१८३८१.१७ मिलियन अमेरिकी डलर[२]
कुल इक्विटी२८२४२४.५१ मिलियन अमेरिकी डलर (२०१८)[२]
मालिकचीन सरकार
कर्मचारी सङ्ख्या
३४५९७१(२०१८)
मूल सङ्गठनअर्थ मन्त्रालय (चीन)
वेबसाइटwww.ccb.com

चीन निर्माण बैङ्क वा जुङ्गो चिएचु यिङ्हाङ् (सरलीकृत चिनियाँ: 中国建设银行)) जनवादी गणतन्त्र चीनका चार ठूला बैङ्कहरू मध्येको एक हो । सन् २०१९ मा यो संसारको तेस्रो ठूलो सार्वजनिक कम्पनीका रूपमा स्थापित छ । सन् २०१५ सम्म बजार पुँजीकरणका दृष्टिले विश्वमै यो दोस्रो ठूलो बैङ्क थियो भने विश्वको छैटौँ ठूलो कम्पनी थियो ।[३][४] यस बै‌ंकका चीन भित्र मात्र १४ हजार ९७७ शाखा छन् । यसका अतिरिक्त बार्सिलोना, फ्र्याङ्कफर्ट, लक्जम्बर्ग, हङकङ, जोहानेसबर्ग, न्युयोर्क, सियोल, सिङ्गापुर, टोकियो, मेलबर्न, क्वालालम्पुर, सिड्नी, अक्ल्यान्डलन्डनमा पनि यसका शाखा फैलिएका छन् । ३ लाख ५२ हजार ६२१ कर्मचारी छन् । सन् २०१९ मा यसको कूल बजार पुँजीकरण २२५ अर्ब अमेरिकी डलर छ ।[५] यसको कुल सम्पत्ति ३,३८२ अर्ब डलर रहेको छ । यस बैङ्कले वर्षमा १५० अर्ब डलरको व्यापार गरी ३९ अर्बको नाफा कमाउँदछ। यस बैङ्कको मुख्यालय चीनको सिछेङ जिल्ला, बेइजिङमा रहेको छ । यस बैङ्कका २९ वटा देशमा शाखा तथा सहायक कम्पनी छन् । यो बैङ्क नेपालमा पनि व्यवसाय विस्तार गर्न इच्छुक रहेको र लगानी ढाँचाबारे छलफल चलिरहेको छ ।[६]

इतिहास[सम्पादन गर्नुहोस्]

सन् १९५४ मा पिपुल्स कन्स्ट्रक्सन बैङ्क अफ चाइनाका रूपमा स्थापना हुँदा यो पूर्णत: सरकारी स्वामित्वको थियो । अर्थ मन्त्रालय मातहत रहेर यसले राज्यका आर्थिक योजनासम्बन्धित निर्माण तथा पूर्वाधारसम्बन्धी परियोजनाको रकम परिचालन गर्दथ्यो । सन् १९७९ मा यो राज्यपरिषद मातहतको एउटा वित्तीय संस्था भयो र क्रमश: वाणिज्य बैङ्कका रूपमा विकास भयो । १९९४ मा यो बैङ्क पूर्णत: वाणिज्य बैङ्कका रूपमा सञ्चालनमा आयो र चाइना डेभलपमेन्ट बैङ्क भन्न थालियो । सन् १९९६ मा यसको नाम चाइना कन्स्ट्रक्सन बैङ्क भयो । सन् २००४ को सेप्टेम्बरमा यसलाई कम्पनी कानुनअनुसार संयुक्त पुँजीको वाणिज्य बैङ्कका रूपमा परिणत गरियो ।[७] सन् २००२ जनवरीमा यस बैङ्कका अध्यक्ष वाङ छुबिङले बैङ्क अफ चाइनामा काम गर्दा घूस लिएको आरोप लागेपछि राजीनामा दिनुपरेको थियो र उनलाई १२ वर्षका लागि कैद सजाय सुनाइएको थियो । उनका उत्तराधिकार झाङ एन्झाओले पनि सन् २००५ मार्चमा निजी कारण देखाएर राजीनामा दिएका थिए र यसका पछाडि पनि १० लाख अमेरिकी डलर घूस लिएको भन्ने आरोप नै थियो । त्यही प्रकरणमा संलग्नताको अभियोगमा उनलाई पछि १५ वर्ष कैद सजाय सुनाइयो ।[८][९]

सन् २०१३ को कोरियाली संकटका बेला यस बैङ्कले उत्तर कोरियाली बैङ्कसँगको कारोबार नै बन्द गरिदिएको थियो । त्यतिखेर अमेरिकाले प्योङयाङले मिसाइल र आणविक कार्यक्रममा लगानी गरेको अभियोग लगाएको थियो ।[१०]

पुँजीबजारमा सूचीकरण[सम्पादन गर्नुहोस्]

सन् २००५ मा यस बैङ्कले हङकङ सेयर बजारमा सर्वसाधारणमा प्राथमिक सेयर जारी गरेको थियो। सन् २००७ मा साङ्घाई सेयर बजारमा पनि सर्वसाधारणमा प्राथमिक सेयर जारी गरेको थियो, जुन तत्कालीन अवस्थामा दोस्रो ठूलो प्राथमिक सेयर आह्वान (६.७ अर्ब अमेरिकी डलर) थियो ।[७]

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सम्मान र पुरस्कार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]