जगेडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जगेडा (अङ्ग्रेजी: Reserve) भन्ना संस्थाको नाफा वा मुनाफाबाट छुट्टाइएको रकम वा सो रकमबाट खडा गरेको कोषहरूलाई जनाउँदछ । जगेडा संस्थाको वित्तीय अवस्था सुदृढ गर्नको लागि तथा भैपरि आउने दायित्वहरूको लागि मुनाफाबाट समायोजन गरी खडा गरिन्छ । जगेडामा रकम छुट्याउदा संस्थाको आन्तरिक वित्तीय क्षमता बढ्न जान्छ तर यसले शेयरधनीले लाभांशको रूपमा प्राप्त गर्ने रकममा कमि ल्याउँदछ तर जगेडाको रकममा शेयरधनीहरुकै हक अधिकार रहन्छ । जगेडा रकमलाई संस्थाको वासलातको पूँजि तथा दायित्व पक्षमा देखाइन्छ ।

जगेडाको प्रकारहरु[सम्पादन गर्नुहोस्]

  1. पूँजिगत जगेडाः पूँजिगत आय वा मुनाफाबाट खडा गरिएको रकमलाई पूँजिगत जगेडा भनिन्छ ।
  2. आयगत जगेडाःआयगत आय वा मुनाफाबाट खडा गरिएको रकमलाई आयगत जगेडा भनिन्छ ।
  3. कानुनी जगेडाः कतिपय जगेडाको रकमहरु ऐनमा नै अनिवार्य रूपमा खडा गर्नु पर्ने भनि उल्लेख गरिएको तथा सोको प्रयोगमा समेत रोक लगाइएको हुन्छ, यस्तो जगेडालाई कानुनी जगेडा भनिन्छ । उदाहरणको लागि बैङ्क तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार खडा गर्नु पर्ने साधारण जगेडा तथा सहकारी संस्थाहरूले सहकारी ऐन अनुसार खडा गर्नु पर्ने जगेडा ।
  4. उठिसकेको जगेडा
  5. उठन बाँकी जगेडा

जगेडाका उदाहरणहरु[सम्पादन गर्नुहोस्]

  • शेयर प्रिमियम
  • साधारण जगेडा
  • सञ्चित मुनाफा
  • स्थगत कर जगेडा
  • पूँजि फिर्ता जगेडा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

थप हेर्नुहोस्[सम्पादन गर्नुहोस्]