टुन टुन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
टुन टुन
जन्मउमा देवी खत्री
(१९२३-०७-११)११ जुलाई १९२३
संयुक्त प्रान्त, ब्रिटिस भारत (वर्तमानको उत्तर प्रदेश, भारत)
मृत्यु२४ नोभेम्बर २००३(२००३-११-२४)
मुम्बई, भारत
पेशा
  • पार्श्वगायिका
  • अभिनेत्री
  • हास्य कलाकार
कार्यकालसन् १९४६ - सन् १९९०

टुन टुन[१] नामले चिनिने उमा देवी खत्री (११ जुलाई १९२३ - २४ नोभेम्बर २००३)[२] एक भारतीय पार्श्वगायिका, अभिनेत्री र हास्य कलाकार थिइन् । उनलाई हिन्दी चलचित्रको प्रथम महिला हास्य कलाकार मानिन्छ ।[३]

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

उमा देवीको जन्म सन् १९२३ मा वर्तमानको भारतको उत्तर प्रदेशको अमरोहा जिल्लामा भएको थियो । उनका अभिभावक र दाइलाई जग्गाको मुद्दामा मारिएको थियो । उनको निधनको दुई दिन अगाडि लिइएको शिशिर कृष्ण शर्मासँगको अन्तर्वार्तामा उनले भनेकी थिइन्, "मलाई मेरो आमाबुबा को थिए, कस्तो देख्थे भन्ने केही सम्झना छैन । उनीहरूको मृत्यु हुँदा म दुई-अढाई वर्षको थिएँ होला । मेरा एक दाइ थिए जो आठ-नौ वर्षको हुनुहुन्थ्यो, उनको नाम हरि थियो । मलाई उनको बारेमा पनि धेरै थाहा छैन तर हामी अलिपुरमा बस्थ्यौँ । एक दिन उनको पनि हत्या भयो र मलाई दुई छाक खान पाउनको लागि नातेदारको घरमा काम गर्नुपर्ने अवस्था सिर्जना भयो । त्यसबेला म चार-पाँच वर्षकी थिए ।"

उमा देवीको बाल्यकाल गरिबीमा बित्यो । पछि उनले निरीक्षक अख्तर अब्बास काजीलाई भेटे जसले उनलाई सहयोग गर्नुका साथै सकारात्मक रूपमा प्रभावित पनि गरे । भारतको विभाजनको समयमा काजी साहेबले पाकिस्तानको लाहोरमा बसाइ सरे । त्यसबेलाको परिस्थितिबाट दिक्क भई उमा देवी चलचित्रमा गाउनका लागि बम्बई गइन् । अन्ततः काजी साहेब पनि बम्बई सरे, जहाँ सन् १९४७ मा उनीहरूको विवाह भयो ।

कार्य जीवन[सम्पादन गर्ने]

२३ वर्षको उमेरमा उमा देवी आफ्नो घरबाट भागी बम्बईमा सङ्गीतकार नौशादको दैलोमा पुगेकी थिइन् जहाँ उनले नौशादले उनलाई गाउने अवसर नदिए आफैँलाई समुद्रमा फाल्ने धम्की दिएकी थिइन् । नौशादले उनको प्रदर्शनलाई अवसर दिई त्यहीँ उनलाई आफ्नो कामदारको पदमा छानेका थिए । उनले सन् १९४६ मा नजिरको वामिक आजरामा पार्श्वगायिकाको रूपमा आफ्नो कार्य जीवनको सुरुवात गरेकी थिइन् ।[४][५] उनले केही समय पछि नौशादसँग काम गरिरहने निर्माता-निर्देशक अब्दुल रशीद करदारसँग साझेदारी गरी नूरजहाँ, राजकुमारी दुबे, खुर्शीद बानुजोहराबाई अम्बालेवाली जस्ता लोकप्रिय कलाकारसँग काम गर्ने मौका पाएकी थिइन् ।

सन् १९४७ मा नौशादको निर्देशनमा उनले करदारको दर्दमा अभिनेत्री मुनावर सुल्तानाको पार्श्वगयिकाको रूपमा "अफसाना लिख रही हूँ दिल-ए-बेकरार का", "यह कौन चला मेरी आँखों में समा कर" र "आज मची है धूम झूम खुसी से झूम" गाई लोकप्रिय बनेकी थिइन् । यसका साथै उनले सुरैयासँग "बेताब है दिल दर्द-ए-मोहब्बत के असर से" गाएकी थिइन् ।[६] टुन टुनले गएको "अफसाना लिख रही हूँ" सुनेर एक सज्जन यति मोहित भएका थिए कि उनी टुन टुनसँग समय बिताउन बम्बई सरेका थिए । अन्ततः उनीहरूको विवाह भई दुई छोरा र दुई छोरीको जन्म भयो । उनको पति, जसलाई उनले मोहन भन्थिन्, को सन् १९९२ मा मृत्यु भयो ।

दर्दको सफलता पछि सन् १९४८ मा टुन टुनले महबूब खानको अनोखी अदामा काम पाइन् जसमा "काहे जिया डोले" र "दिल को लगाके हमने कुछ नहीं पाया" जस्ता प्रख्यात एकल समावेश गरिएका थिए । यी गीतले उनलाई सबैभन्दा लोकप्रिय पार्श्वगायिका बनाएको थियो ।[७] त्यही साल उनले चेन्नईमा अवस्थित जेमिनाइ स्टुडियोजमा सुब्रमनियम श्रीनिवासनको चन्द्रलेखाका लागि गीत गएपछि दक्षिण भारतमा पनि लोकप्रिय बनेकी थिइन् । यस चलचित्रमा उनको प्रख्यात गान "सांझ की बेला" समावेश गरिएको थियो जसले गर्दा उनी उत्तर देखि दक्षिण भारत सम्म नै प्रख्यात त बनिन् तर श्रीनिवासनसँगको साझेदारीले गर्दा उनले पहिले करदारसँग गरेको साझेदारीको उल्लङ्घन भयो जसले गर्दा उनले टन्नै घाटा व्यहोर्नुपर्यो ।

सङ्गीत र चलचित्रमा तीब्र गतिमा परिवर्तन भइरहेको बेलामा पनि उनले आफ्नो पुरातन साङ्गीतिक शैलीलाई अँगालिरहेको हुनाले उनले लता मङ्गेशकरआशा भोसले जस्ता आधुनिक पार्श्वगायिकासँग प्रतिस्पर्धा गर्न सकिनन् । अन्ततः उनको चुलबुले व्यक्तित्व र हास्यात्मक कलालाई ध्यानमा राखी नौशादले उनलाई अभिनयमा लाग्ने सुझाव दिए । टुन टुन दिलीप कुमारलाई अत्यन्तै मन पराउँथिन् र आफ्नो पहिलो चलचित्र दिलीप कुमारको साथमा नै खेल्ने सपना देखेकी थिइन् । उनको लगातार अनुनयको फलस्वरूप नौशादले आफ्नो साथी दिलीप कुमारलाई भनी सन् १९५० मा सार्वजनिक गरिएको बाबुलमा समावेश गरियो । उक्त चलचित्रमा नरगिसलाई प्रमुख महिला पत्रको भूमिकामा राखिएको थियो । उनको चुलबुले स्वभावको कारणले नै दिलीप कुमारले उनलाई "टुन टुन" नामले बोलाउन थालेका थिए र उनले पनि यही नामको प्रयोग गर्न थालिन् ।[३]

पछि गएर उनले सन् १९५४ मा सार्वजनिक गरिएको आरपार, सन् १९५५ मा सार्वजनिक गरिएको मिस्टर और मिसेज ५५ र सन् १९५७ मा सार्वजनिक गरिएको प्यासा जस्ता गुरु दत्तद्वारा निर्देशित चलचित्रमा भूमिका निर्वाह गरिन् ।[८] इस्वीको बीसौँ शताब्दीको छैटौँ र सातौँ दशकमा उनले कयौँ बलिउड हास्य चलचित्रमा विशेष भूमिका निभाइन् । उनले सन् १९८२ मा प्रकाश मेहराद्वारा निर्देशित र अमिताभ बच्चनद्वारा प्रमुख भूमिका निभाइएको नमक हलालमा पनि अभिनय गरेकी थिइन् ।[४]

पाँच वर्षको कार्य जीवनमा उनले भगवान दादा, आगा, सुन्दर, मुकरी, धुमाल, जोनी वाकरकेष्टो मुखर्जी लगायत अन्य हास्य कलाकारका साथ हिन्दी, उर्दूपञ्जाबी भाषाहरूमा करिब २०० चलचित्रमा काम गरेकी थिइन् ।[९] सन् १९९० मा सार्वजनिक गरिएको कसम धन्दे की उनको अन्तिम चलचित्र थियो ।

उमा देवी खत्रीको कारणले वर्तमानमा समेत भारतमा मोटी महिलालाई टुन टुन भन्ने गरिन्छ ।

मृत्यु[सम्पादन गर्ने]

चार सन्तान भएकी उमा देवी लामो समय देखि बिरामी थिइन् । अन्ततः २३ नोभेम्बर २००३ मा मुम्बईको अन्धेरीमा ८० वर्षको उमेरमा उनको मृत्यु भयो ।[१०]

अभिनय[सम्पादन गर्ने]

वर्ष शीर्षक भूमिका टिप्पणी
सन् १९९० कसम धन्दे की प्रेमा
सन् १९८९ शहजादे हिटलरकी बेहुली अश्रेयित
सन् १९८८ एक आदमी
सन् १९८७ दीवाना तेरे नाम का
सन् १९८६ खेल मोहब्बत का नोकर्नी
सन् १९८५ लभर बोइ फूलमती
सन् १९८५ घर द्वार
सन् १९८५ सलमा गायिका - "मुमताजको विवाह"
सन् १९८४ शोरगुल
सन् १९८४ कमला
सन् १९८४ राजा और रानी हवल्दारकी श्रीमती टुन टुनको रूपमा श्रेयित
सन् १९८४ ऊँची उडान
सन् १९८३ कुली ७ बालककी आमा
सन् १९८३ हादसा महिला स्वास्थ्य समिति सदस्य
सन् १९८३ पेन्टर बाबु कोयल
सन् १९८२ हीरों का चोर
सन् १९८२ डिस्को डान्सर बेहुली अश्रेयित
सन् १९८२ मेहेरबानी
सन् १९८२ हथकडी
सन् १९८२ अपराधी कौन ? नर्स
सन् १९८२ मैंने जीना सीख लिया मिस टुन टुन
सन् १९८२ नमक हलाल कुकुर पालेकी महिला अतिथि
सन् १९८२ सम्राट जहाजमा चढेकी महिला अश्रेयित
सन् १९८२ यह तो कमाल हो गया
सन् १९८१ सन्नाटा
सन् १९८१ बीवी-ओ-बीवी मिसेज सिंहकी साथी - पौडी खेलने पुलमा बेहोस हुनछिन् अश्रेयित
सन् १९८१ साजन की सहेली मरिया
सन् १९८० अँधेरा
सन् १९८० कुरबानी कारमा रहेकी मोटी महिला
सन् १९८० गोरी दीआं झांजरां बुलबुलकी आमा
सन् १९८० साजन मेरे में साजन की
सन् १९८० यारी दुश्मनी
सन् १९७९ बातों बातों में काल्पनिक न्यान्सीकी आमा
सन् १९७९ सरकारी मेहमान बैङ्क कर्मचारी
सन् १९७९ लोक परलोक सुन्दरी
सन् १९७८ दिल और दीवार म्याडम
सन् १९७८ फन्देबाज
सन् १९७८ अँखियों के झरोखे से नाट्यशालामा मोटी महिला
सन् १९७८ नसबन्दी टोनिका
सन् १९७८ आँख का तारा
सन् १९७८ हीरालाल पन्नालाल
सन् १९७८ प्रेमी गङ्गाराम
सन् १९७८ सत्यम शिवम सुन्दरम मोटी महिला
सन् १९७७ पण्डित और पठान चम्पाकली
सन् १९७७ आप की खातिर नर्तकी/गायिका
सन् १९७७ कविता
सन् १९७७ त्याग
सन् १९७७ अगर चम्पाकली (अग्रवाल नोकर्नी)
सन् १९७७ अमानत रेफरी
सन् १९७७ चाचा भतीजा केस्टोकी बेहुली
सन् १९७७ दो शोले अतिथि भूमिका
सन् १९७७ गायत्री महिमा
सन् १९७७ पापी लैला
सन् १९७७ ट्याक्सी ट्याक्सी ९ बालककी आमा
सन् १९७७ आफत
सन् १९७६ हेरा फेरी मिसेज धनीराम
सन् १९७६ नागिन नोकर्नी
सन् १९७६ आप बीती लोर्ड्स शुजमा ग्राहक
सन् १९७६ भगवान् समय संसार में टुन टुनको रूपमा श्रेयित
सन् १९७६ बुन्दल बाज राजारामको ग्राहक
सन् १९७६ रङ्गीला रतन
सन् १९७५ आग और तूफान टुन टुनको रूपमा श्रेयित
सन् १९७५ धोती लोटा और चौपाटी नायिकाकी आमा
सन् १९७५ स्त्री पुरुष
सन् १९७४ अमिर गरिब शासिका
सन् १९७४ नया दिन नई रात मानसिक बिरामी
सन् १९७४ दिल दीवाना
सन् १९७४ हमराही
सन् १९७४ माँ बहन और बीवी
सन् १९७४ माइ फ्रेन्ड
सन् १९७४ सच्चा मेरा रूप है
सन् १९७४ शैतान मीना आडवाणी
सन् १९७४ ठोकर मुक्तिकी श्रीमती
सन् १९७३ कच्चे धागे रामसवन्ती भरोसे
सन् १९७३ बन्धे हात कविता
सन् १९७३ हीरा
सन् १९७३ जलते बदन चमेली
सन् १९७३ नाग मेरे साथी
सन् १९७२ गोमती के किनारे पेट्रोल पम्पको मालिककी श्रीमती
सन् १९७२ ललकार दन्को
सन् १९७२ आँखों आँखों में मिसेज परेरा
सन् १९७२ अपराध मिसेज फर्नान्डिज
सन् १९७२ बेइमान
सन् १९७२ बिन्दिया और बन्दुक
सन् १९७२ चोरी चोरी
सन् १९७२ दिल दौलत दुनिया बालककी आमा
सन् १९७२ एक हसीना दो दीवाने फूल कुमारी
सन् १९७२ गरम मसाला क्वीन खटोरिया
सन् १९७२ मेले मित्रन दे पञ्जाबी चलचित्र
सन् १९७२ मोम की गुडिया डेजीकी आमा
सन् १९७२ सबसे बडा सुख
सन् १९७२ समाधि कलावती
सन् १९७१ हङ्गामा जगदीपकी आमा
सन् १९७१ उपासना
सन् १९७१ एक पहेली लिली
सन् १९७१ हलचल फिलोमेना डिकोस्टा
सन् १९७१ जोहर मेहमूद इन हङ कङ सोनियाकी काकी
सन् १९७१ प्रीत की डोरी
सन् १९७१ श्री कृष्ण लीला रसिलीकी काकी
सन् १९७१ तुलसी विवाह सेनापतिकी सासु
सन् १९७१ वह दिन याद करो
सन् १९७० हीर राँझा अल्लाह राखी
सन् १९७० द ट्रेन अतिथि भूमिका
सन् १९७० आँसु और मुस्कान भगवन्ती
सन् १९७० एहसान मिसेज चतुर्मुख
सन् १९७० गीत चम्पावती
सन् १९७० हिम्मत टाइगरकी आमा
सन् १९७० पेहचान गङ्गाकी सम्भाव्य बेहुली
सन् १९७० रूठा ना करो नीताकी नोकर्नी टुन टुनको रूपमा श्रेयित
सन् १९७० शराफत चम्पाकली टुन टुनको रूपमा श्रेयित
सन् १९६९ दो रास्ते पौडी खेल्ने पुलको परिचर
सन् १९६९ अन्जाना मिसेज कपूर
सन् १९६९ अनमोल मोती
सन् १९६९ बडी दिदी
सन् १९६९ शर्त पार्लरकी महिला
सन् १९६९ तलाश कामिनी
सन् १९६८ दुनिया छबीली अश्रेयित
सन् १९६८ आबरू ह्विस्की रानी
सन् १९६८ अभिलाषा मोती महिला गीत: "यारों हमारा क्या"
सन् १९६८ बहारों की मन्जिल ग्लोरी डिसिल्भा
सन् १९६८ दिल और मोहब्बत
सन् १९६८ हर हर गङ्गे
सन् १९६८ कन्यादान बन्सीकी सासु
सन् १९६८ किस्मत
सन् १९६८ परिवार सीतारामको कर्मचारी
सन् १९६८ साधु और शैतान सुन्दरी
सन् १९६८ सुहाग रात तितली बानू
सन् १९६७ पिण्ड दी कुडी पञ्जाबी चलचित्र
सन् १९६७ आग फूलमती
सन् १९६७ बद्रीनाथ यात्रा वेश्यालयमा नोकर्नी
सन् १९६७ सिआइडी ९०९ जुली फर्नान्डिज डिसिल्भा घोबेवाली
सन् १९६७ दिल ने पुकारा कमला
सन् १९६७ दुनिया नाचेगी
सन् १९६७ गुनाहों का देवता
सन् १९६७ हरे काँचकी चूडियां जुलीकी आमा टुन टुनको रूपमा श्रेयित
सन् १९६७ उपकार लखपतिकी श्रीमती टुन टुनको रूपमा श्रेयित
सन् १९६६ आखरी खत
सन् १९६६ अफसाना
सन् १९६६ दिल दिया दर्द लिया मिसेज मुरलीधर
सन् १९६६ दिलगी
सन् १९६६ कुंवारी
सन् १९६६ लडका लडकी राजकुमारी निर्मला देवी
सन् १९६६ फूल और पत्थर मिसेज अलोपीनाथ (गुडकी) टुन टुनको रूपमा श्रेयित
सन् १९६६ सगाई अनारकली
सन् १९६६ टार्जन और जादुई चिराग
सन् १९६६ ठाकुल जरनैल सिंह
सन् १९६६ अलीबाबा और ४० चोर
सन् १९६५ जोहर मेहमूद इन गोवा सिम्मीकी साथी
सन् १९६५ एक सपेरा एक लुटेरा बिन्दु
सन् १९६५ जब जब फूल खिले मेरी अतिथि भूमिका
सन् १९६५ काजल अम्बा
सन् १९६५ लुटेरा
सन् १९६५ महाराज विक्रम
सन् १९६५ मोहब्बत इसको कहते है बेबी टुन टुनको रूपमा श्रेयित
सन् १९६५ राका
सन् १९६५ रुस्तम-ए-हिन्द
सन् १९६५ सहेली ५ बालककी आमा
सन् १९६४ चा चा चा मोहनकी आमा
सन् १९६४ राजकुमार चम्पाकली
सन् १९६४ आया तूफान महादासी
सन् १९६४ दारासिंह: आयरनम्यान रङ्गीलीकी आमा
सन् १९६४ फरियाद
सन् १९६४ गङ्गा की लहरें नोकर्नी
सन् १९६४ कश्मीर की कली रमा देवी
सन् १९६४ खुफिया महल
सन् १९६४ मिस्टर एक्स इन बम्बई कामिनी
सन् १९६३ ब्लफ मास्टर लजवन्ती
सन् १९६३ एक दिल सौ अफसाने विवाहमा उपस्थित अतिथि
सन् १९६३ एक राज चम्पाकली
सन् १९६३ गहरा दाग सुन्दरी टुन टुनको रूपमा श्रेयित
सन् १९६३ गोदान
सन् १९६३ जब से तुम्हे देखा है किटीकी नोकर्नी
सन् १९६३ कौन अपना कौन पराया
सन् १९६३ नागरानी चन्दकी साथी अश्रेयित
सन् १९६३ फूल बने अङ्गारे कमलाकी जेठानी
सन् १९६३ शिकारी
सन् १९६३ उस्तादों के उस्ताद कवाली प्रतिस्पर्धाको आयोजक
सन् १९६३ सपनी पञ्जाबी चलचित्र
सन् १९६२ चाइना टाउन महाकाली
सन् १९६२ हाफ टिकट असली मुन्नाकी आमा
सन् १९६२ झूला आमा
सन् १९६२ प्रोफेसर फूल रानी
सन् १९६२ सन अफ इन्डिया गोपालकी सौतेनी आमा
सन् १९६२ उम्मीद
सन् १९६२ वल्लाह क्या बात है
सन् १९६१ चौदहवी की चाँद नसीबन उमा देवीको रूपमा श्रेयित
सन् १९६१ गङ्गा जमुना भाजीवाली अश्रेयित
सन् १९६१ पासपोर्ट रीता र शेखरलाई शरण दिने महिला
सन् १९६१ शमा वी आपा
सन् १९६० बम्बई का बाबु
सन् १९६० दिल अपना और प्रीत पराई हसीना
सन् १९६० दिल भी तेरा हम भी तेरे मोतीकी आमा
सन् १९६० एक फूल चार काँटे जमुनाबाई
सन् १९६० जाली नोट मिसेज मलिक अश्रेयित
सन् १९६० किकली
सन् १९६० कोहिनूर
सन् १९५९ बैङ्क प्रबन्धक
सन् १९५९ भाई बहन जुली
सन् १९५९ ब्ल्याक क्याट मिसेज रमणलाल अश्रेयित
सन् १९५९ चाचा जिन्दाबाद
सन् १९५९ जङ्गल किङ
सन् १९५९ कागज के फूल टेलिफोन सञ्चालक
सन् १९५९ कवि कालिदास कालिदासकी सौतेनी आमा
सन् १९५९ कैदी नम्बर ९११
सन् १९५९ उजाला
सन् १९५८ १२ ओक्लक कुमारी नटेश सुन्दरी उमा देवीको रूपमा श्रेयित
सन् १९५८ आखरी दाव मुथुस्वामीकी छोरी
सन् १९५८ आजी बस शुक्रिया
सन् १९५८ लजवन्ती टुन टुन अश्रेयित
सन् १९५८ मालिक
सन् १९५८ क्रिमिनल लजवन्ती 'लाजो'
सन् १९५८ फिर सुबह होगी रामकी जग्गाधनी अश्रेयित
सन् १९५८ सोलवाँ साल आकाङ्क्षी अभिनेत्री/गायिका
सन् १९५७ प्यासा पुष्पलता
सन् १९५७ क्याप्टेन किशोर
सन् १९५७ दो रोटी
सन् १९५७ मिर्जा साहिबान
सन् १९५७ राम लक्ष्मण
सन् १९५६ अनुराग
सन् १९५६ सिआइडी प्रहरी स्टेसनमा शिकायतकर्ता उमा देवीको रूपमा श्रेयित
सन् १९५६ फिफ्टी फिफ्टी
सन् १९५६ जागते रहो सतीकी आमा अश्रेयित
सन् १९५६ पकेटमार शुकलकी सम्भाव्य सासु अश्रेयित
सन् १९५६ राज हात
सन् १९५६ किस्मत का खेल उमा देवीको रूपमा श्रेयित
सन् १९५५ श्री ४२० मायाकी छिमेकी उमा देवीको रूपमा श्रेयित
सन् १९५५ अलबेली
सन् १९५५ बहू
सन् १९५५ हातिमताई की बेटी
सन् १९५५ मरिन ड्राइभ जोनीकी पत्नी उमा देवीको रूपमा श्रेयित
सन् १९५५ मिलाप मिसेज अखरोडवाला
सन् १९५५ मिस्टर और मिसेज ५५ लिली डिसिल्भा उमा देवीको रूपमा श्रेयित
सन् १९५५ पहली झलक नर्तकी गीत: "अच्छी सूरत हुई"
सन् १९५५ उडन खटोला हिराकी प्रेमिका टुन टुनको रूपमा श्रेयित
सन् १९५४ आरपार रुस्तमकी आमा
सन् १९५४ गुल बहार उमा देवीको रूपमा श्रेयित
सन् १९५३ बाज मालिस गर्ने महिला
सन् १९५३ गुनाह
सन् १९५१ दीदार रायकी नोकर्नी उमा देवीको रूपमा श्रेयितi
सन् १९५० बाबुल

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "...THE DEATH OF ACTRESS TUN TUN", सूचना एवम् प्रसारण मन्त्रालय, भारत सरकार, २५ नोभेम्बर २००३। 
  2. पाण्ड्या, हरेश (८ जनवरी २००४), "Obituary: Tun Tun", द गार्डियन (बेलायती अङ्ग्रेजीमा), आइएसएसएन 0261-3077, अन्तिम पहुँच २४ फेब्रुअरी २०१९ 
  3. ३.० ३.१ "Hindi cinema's first-ever comedienne", द ट्रिब्युन, ७ डिसेम्बर २००३, मूलबाट २२ डिसेम्बर २००३-मा सङ्ग्रहित। 
  4. ४.० ४.१ "Obituary: Uma Devi", दी इन्डिपेन्डेन्ट, १७ डिसेम्बर २००३। 
  5. "Obituary – Tun Tun", द गार्डियन, ८ जनवरी २००४। 
  6. "Afsana Likh Rahi Hoon" युट्युबमा हेर्नुहोस्
  7. "Tun Tun (Uma Devi) — a tribute", द ट्रिब्युन, १३ डिसेम्बर २००३, मूलबाट २८ मार्च २००८-मा सङ्ग्रहित। 
  8. "Unfair fun", ट्रिब्युन इन्डिया 
  9. इन्टरनेट चलचित्र डेटाबेसमा Tun Tun
  10. "Tun Tun", लाइफ इन लेगसी 

बाह्य कडी[सम्पादन गर्ने]