टेलिटक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टेलिटक बङ्गलादेश
मौलिक नाम
টেলিটক
व्यवसाय प्रकार
सार्वजनिक कम्पनी
उद्योगदूरसञ्चार
स्थापित२६ डिसेम्बर २००४; १९ वर्ष पहिले (२६ डिसेम्बर २००४)
केन्द्रीय कार्यालयढाका, बङ्गलादेश,
ढाका
,
बङ्गलादेश
सेवा क्षेत्र
देशव्यापी
मुख्य व्यक्ति
साहाब उद्दिन कार्यकारी
उत्पादनहरूमोबाइल सेवा, एज, विमोसप्र, जिपिआरएस, विमोदूस एचएसपिए, दीर्घकालीन सञ्जाल
मालिकबङ्गलादेश सरकार
वेबसाइटटेलिटक.कम.बीडी

टेलिटक बङ्गलादेश लिमिटेड (बङ्गाली: টেলিটক), बङ्गलादेशको एकमात्र राज्यको स्वामित्वामा रहेको विश्वव्यापी मोबाइल सञ्चार प्रणाली, तेस्रो पुस्ता र दीर्घकालीन सञ्जालमा आधारित दूरसञ्चार सेवा प्रदायक कम्पनी हो। यसले सन् २००४ मा, आफ्नो सेवा सञ्चालन गर्न सुरु गरेको थियो[१] भने ३१ सेप्टेम्बर २०१९ सम्ममा, टेलिटकका ०.४५२७ करोड ग्राहकहरू रहेका छन्।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

टेलिटक बङ्गलादेशलाई एक मात्र सार्वजनिक दूरसञ्चार कम्पनी र देशको पाँचौँ मोबाइल सञ्जाल सञ्चालकको रूपमा गठन गरिएको थियो। यसले देशभर विश्वव्यापी मोबाइल सञ्चार प्रणाली सञ्जाल फैलाउनका लागि करीव २ अर्ब टाका लगानी गरेको थियो। सन् २०१२ मा यसले उच्च गति प्याकेट पहुँच सञ्जालको उद्घाटन गरेको थियो भने पछि, १६ डिसेम्बर २०१८ मा, यसले यसको दीर्घकालीन सञ्जालको उद्घाटन गरेको थियो। यसलाई देशको सस्तो मोबाइल सेवा प्रदायकको रूपमा लिइन्छ।[३]

सेवा[सम्पादन गर्नुहोस्]

टेलिटक सिम कार्ड

यसले दूरसञ्चार सेवा पूर्व-भुक्तान र पश्चात्-भुक्तानमा प्रदान गर्दछ। हाल यसका सञ्जालहरू देशका ६४ जिल्ला र ४०२ उपजिल्लाहरूमा छरिएर रहेका छन् भने यसले देशको सबै राजमार्गहरू समावेश गरेको थियो। [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. ব্লুমবার্গ টেলিটক বাংলাদেশ লিমিটেডের সংক্ষিপ্তসার पहुँचमिति ११ जुलाई २०१४।
  2. "BTRC Report"द डेली स्टार। सङ्ग्रह मिति २०१९-१०-२१ 
  3. ३.० ३.१ "টেলিটক নিয়ে প্রধানমন্ত্রীর যে নির্দেশ"চ্যানেল অনলাইন। টেলিটক। सङ्ग्रह मिति १३ जुलाई २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]