ढाँचा:प्रमुख लेख/कञ्चनजङ्घा हिमाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कञ्चनजङ्घा हिमाल

कञ्चनजङ्घा हिमाल नेपालमा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल हो। यो हिमाल ८,५८६ मिटर (२८,१६९ फिट) अग्लो रहेको छ। पश्चिममा तमोर नदी, उत्तरमा ल्होनाक चु र जोङ्सोङ् ला र पूर्वमा टिस्टा नदीद्वारा कञ्चनजङ्घा हिमलको घेरिएको छ। यो भारतनेपालको सिमानामा अवस्थित छ। यसका पाँच चुचुरामध्ये तीन वटा मुख्य, मध्य र दक्षिणमा सिधा सिमानामा पर्दछन्। यस हिमाल नेपालको ताप्लेजुङ जिल्लामा पर्दछ।

सन् १८५२ सम्म कञ्चनजङ्घा विश्वको सबैभन्दा अग्लो हिमाल मानिएको थियो। तर, सन् १८४९ मा भारतको विशाल त्रिकोणमितीय सर्वेक्षणले गरेको विभिन्न पठन पाठन र मापनका आधारमा गरिएको हिसाबले त्यतिबेला शिखर पन्ध्र भनेर चिनिने सगरमाथा सबैभन्दा उच्च रहेको थियो भन्ने निष्कर्षमा पुगेको थियो। सबै हिसाबको थप प्रमाणीकरणको लागि अनुमति दिँदै सन् १८५६ मा आधिकारिक रूपमा कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल भनि घोषणा गरिएको थियो। (पूरा  पढ्नुहोस्...)