विकिपिडिया:प्रमुख लेख/कात्तिक, २०७८
|
विशेष सामग्रीहरू प्रमुख लेख औजारहरू |
२०७८ कात्तिक पहिलो
[सम्पादन गर्नुहोस्]कञ्चनजङ्घा हिमाल नेपालमा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल हो। यो हिमाल ८,५८६ मिटर (२८,१६९ फिट) अग्लो रहेको छ। पश्चिममा तमोर नदी, उत्तरमा ल्होनाक चु र जोङ्सोङ् ला र पूर्वमा टिस्टा नदीद्वारा कञ्चनजङ्घा हिमलको घेरिएको छ। यो भारत र नेपालको सिमानामा अवस्थित छ। यसका पाँच चुचुरामध्ये तीन वटा मुख्य, मध्य र दक्षिणमा सिधा सिमानामा पर्दछन्। यस हिमाल नेपालको ताप्लेजुङ जिल्लामा पर्दछ।
सन् १८५२ सम्म कञ्चनजङ्घा विश्वको सबैभन्दा अग्लो हिमाल मानिएको थियो। तर, सन् १८४९ मा भारतको विशाल त्रिकोणमितीय सर्वेक्षणले गरेको विभिन्न पठन पाठन र मापनका आधारमा गरिएको हिसाबले त्यतिबेला शिखर पन्ध्र भनेर चिनिने सगरमाथा सबैभन्दा उच्च रहेको थियो भन्ने निष्कर्षमा पुगेको थियो। सबै हिसाबको थप प्रमाणीकरणको लागि अनुमति दिँदै सन् १८५६ मा आधिकारिक रूपमा कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल भनि घोषणा गरिएको थियो। (पूरा पढ्नुहोस्...)
२०७८ कात्तिक दोस्रो
[सम्पादन गर्नुहोस्]पश्चिमी हरित माम्बा वा पश्चिम अफ्रिकी माम्बा एक लामो, पातलो र विश्वमा रहेका सबैभन्दा विषालु सर्पको एक प्रजाति हो। यो सर्प माम्बा परिवारको एक प्रजाति हो। यो प्रजातिको सर्पलाई पहिलोपटक जीव वैज्ञानिक एडबर्ड हेलोवेलले पत्ता लगाएका थिए। हरित माम्बा, माम्बा प्रजातिको मध्यम वर्गको सर्प हो। यो सर्प रूख र जमिन दुवैमा बसोबास गर्ने भएकाले यसले सिकार गर्नका लागि मुख्यतया जमिनमा बस्ने गर्दछ। यस प्रजातिको सर्पले मुसा, चराचुरुङ्गी, खरायो आदिको सिकार गर्ने गर्छ।
यो प्रजातिको सर्प पश्चिम अफ्रिकाको जङ्गलमा बस्ने अन्य सर्पहरू भन्दा एकदमै चनाखो र आक्रमक हुन्छ। इलापिडी परिवारमा पर्ने अन्य माम्बा सर्प जस्तो हरित माम्बा पनि उत्तिकै विषालु हन्छ। यस सर्पलाई केही वैज्ञानिकहरूले अन्य माम्बा भन्दा कम आक्रमक र विषालुको दर्जामा राख्छन् भने कसैले यसलाई एकदम आक्रमक र विषालु सर्पको दर्जामा राख्छन्। यस प्रजातिले पश्चिम अफ्रिकी जङ्गलहरूमा पाइने अन्य प्रजातिको सर्पले भन्दा मानिसलाई कम आक्रमण गर्ने गर्छ। यस सर्पको मृत्युदर एकदमै उच्च हुने गर्छ भने यस सर्पको टोकाईले कहिलेकाहीँ ज्यान पनि लिन सक्छ।(पूरा पढ्नुहोस्...)