सामग्रीमा जानुहोस्

पश्चिमी हरित माम्बा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पश्चिमी हरित माम्बा
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: सरिसृप
गण: स्क्वामाटा
उपसमूह: सर्प
परिवार: एलापिडा
उपपरिवार: एलापिना
वंश: डेन्ड्रोएसपिस
(इडवोर्ड हेलोवेल, सन् १८४४)[]
प्रजाति:
D. viridis
वैज्ञानिक नाम
Dendroaspis viridis
(इडवोर्ड हेलोवेल, सन् १८४४)[]
पश्चिमी हरित माम्बाको बासस्थान दायरा
पर्याय[][]
  • Leptophis viridis
    हलोवेल, सन् १८४४
  • Dendroaspis viridis hallowelli
    योमेन्स, सन् १९९३
  • Dendroaspis viridis hallowelli
    बोर्नेट र एम्स, सन् २००५

'पश्चिमी हरित माम्बा वा पश्चिम अफ्रिकी माम्बा एक लामो, पातलो र विश्वमा रहेका सबैभन्दा विषालु सर्पको एक प्रजाति हो। यो सर्प माम्बा परिवारको एक प्रजाति हो। यो प्रजातिको सर्पलाई पहिलोपटक जीव वैज्ञानिक एडबर्ड हेलोवेलले पत्ता लगाएका थिए। हरित माम्बा, माम्बा प्रजातिको मध्यम वर्गको सर्प हो। यो सर्प रूख र जमिन दुवैमा बसोबास गर्ने भएकाले यसले सिकार गर्नका लागि मुख्यतया जमिनमा बस्ने गर्दछ। यस प्रजातिको सर्पले मुसा, चराचुरुङ्गी, खरायो आदिको सिकार गर्ने गर्छ।

यो प्रजातिको सर्प पश्चिम अफ्रिकाको जङ्गलमा बस्ने अन्य सर्पहरू भन्दा एकदमै चनाखो र आक्रमक हुन्छ। इलापिडी परिवारमा पर्ने अन्य माम्बा सर्प जस्तो हरित माम्बा पनि उत्तिकै विषालु हन्छ। यस सर्पलाई केही वैज्ञानिकहरूले अन्य माम्बा भन्दा कम आक्रमक र विषालुको दर्जामा राख्छन् भने कसैले यसलाई एकदम आक्रमक र विषालु सर्पको दर्जामा राख्छन्। यस प्रजातिले पश्चिम अफ्रिकी जङ्गलहरूमा पाइने अन्य प्रजातिको सर्पले भन्दा मानिसलाई कम आक्रमण गर्ने गर्छ। यस सर्पको मृत्युदर एकदमै उच्च हुने गर्छ भने यस सर्पको टोकाईले कहिलेकाहीँ ज्यान पनि लिन सक्छ।

शारीरिक विवरण

[सम्पादन गर्नुहोस्]

पश्चिमी हरित माम्बा इलापिडा परिवारमा पर्ने एक लामो सुरिलो र लामो पुच्छर भएको सर्प हो। यस प्रजातिको सर्पको एक वयस्कको कुल लम्बाइ १.४ मिटर (४.६ फिट) देखि २.१ मिटर (६.९ फिट) हुन्छ भने कहिलेकाहीँ यस प्रजातिका सर्पहरू २.४ मिटर (७.९ फिट)सम्म लम्बाइ भएका पनि भेटिएका छन्। यस सर्पको टाउको पातलो र फैलिएको हुन्छ। यसको आँखा मध्यम वर्गको हुन्छ भने यसको आँखाको नानी फिका पहेँलो र खैरो हुन्छ।

वितरण र बसोबास क्षेत्र

[सम्पादन गर्नुहोस्]

पश्चिमी हरित माम्बा विश्वमा मुख्यतया पश्चिम अफ्रिकामा पाइने गर्छ। यस प्रजातिको बारेमा विभिन्न स्रोतहरूले विभिन्न बसोबास स्थान उल्लेख गरेतापनि यस प्रजाति जाम्बिया, सेनेगल देखि बेनिनसम्म पाइने गर्छ भने पश्चिम देखि पुर्वमा यो सर्प गिनी-बिसाउ, गिनी, सिएरे लियोन, लाईबेरिया, आइभोरी कोस्ट, घानाटोगोसम्म फैलिएको छ। टोगोमा यस प्रजातिको उत्तरी वितरण क्षेत्र समाप्त हुन्छ तर यो सर्प टोगो भन्दा पनि उत्तरी भूभागको कारा क्षेत्रमा पाइने गर्छ। केही स्रोतहरूले यो सर्प सुदूर दक्षिणी क्षेत्रका माली र आइभोरी कोस्ट र पश्चिममा क्यामेरूनगाबोनसम्म पाइने उल्लेख गरेको छ।[]

पश्चिमी हरित माम्बा मुख्यतया पश्चिम अफ्रिकाको वर्षावनमा बसोबास गर्छ।[] वर्षवनमा यो सर्प गिनी देखि गिनी बिसाउसम्म बसोबास गर्ने गरेको तथ्याङ्कले देखाएको छ। यो सर्प बोक्रा नभएको रूखमा बसोबास गर्छ जहाँ यसलाई प्रशस्त आहारा मिल्छ।[] यो प्रजातिको सर्प वर्षमा १,५०० मिलिमिटर (१५० सेन्टिमिटर) पानी पर्ने क्षेत्र वा जङ्गलमा बढी पाइने गर्छन्। टोगोमा यस सर्पको बसोबास उत्तरमा क्षेत्र खुला जङ्गल र पश्चिममा गिनील साभानासम्म फैलिएको छ।[]

संरक्षण स्थिती

[सम्पादन गर्नुहोस्]

सन् २०११ मा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यस प्रजातिका सर्पलाई कम चासोका प्रजातिको सूचीमा सूचीकृत गरेको छ। यस प्रजातिलाई सन् २०१२ मा उक्त।सूचीमा।राखिएको थियो भने सन् २०१३ मा यो तथ्याङ्क सार्वजनिक गरिएको थियो। यस सर्प पश्चिम अफ्रिकामा विभिन्न स्थानहरूमा प्रशस्त मात्रामा पाइने गर्छन्।

पश्चिमी हरित माम्बा दुवै जमिन र रूखमा बसोबास गर्ने भएता पनि यो सर्प विषेशगरि रूखमा बढी बस्ने गर्छ। जमिनमा बस्दा यो सर्पले आफ्नो टाउको र घाँटी हल्का ठडाएर हिड्ने गर्दछ र यसले घाँटीलाई एकैपटक लामो दुरीसम्म पनि लगेर सिकार गर्ने गर्छ। हरित माम्बाले दुवै बिहानी र रातीको समयमा देख्न सक्छ। अफ्रिकामा यस सर्पलाई बिहान ७ दखि १०सम्म र दिउँसो २ देखि ४ बजेसम्म सक्रिय भएको तथ्याङ्क रहेको छ। घना जङ्गली क्षेत्रमा हरित माम्बाले मानवको आवतजावत र ४० मिटर (१३० फिट) भन्दा नजिक आयो भने यसले सामान्यतया आक्रमण गर्ने गर्छ। यस सर्पले डर र खतराको सङ्केत पाउने बित्तिकै दुलो र झाडीहरूमा लुक्ने गर्दछ भने कहिलेकाहीँ यसले आफ्नो घाँटी र मुखलाई ठूलो बनाउँछ र जिब्रो भित्र बाहिर गर्न गर्छ। यस सर्प डरायो अथवा यसले खतराको सङ्केत पाएपछि यसको नजिक केही हलचल भयो भने यसले एकदमै दुर्त गतिमा धेरै पटक आक्रमण गर्ने गर्छ।[]

पश्चिमी हरित माम्बाहरू प्रजनन मौसम बाहेक अन्य मौसममा बासस्थान क्षेत्रमा एक्लै भेटिन्छन्। यस प्रजातिको सर्पको प्रजना मौसम हरेक वर्षको वर्षा ऋतुमा अप्रिल महिना देखि जुन महिनासम्म जारी रहन्छ। प्रजनन गर्नका लागि यस प्रजातिको भाले सर्पहरू एक अर्कासँग घाँटीको सहायताले लढाई गर्ने गरेछन् भने उक्त लढाईको विजेताले प्रजनन गर्न पाउँछ। लडाइँ गर्ने क्रममा दुई भाले सर्पहरू घाँटीको सहायताले लढेतापनि टोक्ने भने गर्दैनन्। यिनीहरूको लडाइँ केही घण्टासम्म चलिरहन्छ भने यिनीहरूको लडाइँ गोमन सर्पको लडाइँसँग तुलना गर्न सकिन्छ। भाले र पोथी सर्प बीच संभोग जमिनमा नभई रूखमा हुने गर्दछ। अक्टोबर र नोभेम्बरको महिनामा पोथी सर्पले अण्डा पर्दछ जसले एकपटकमा ४ देखि १७ अण्डाहरू पार्ने गर्दछ जुन अण्डा पोथीले रूखको हाँगामा कोप्रो परेको भागमा पार्ने गर्दछ। अण्डा पारिसकेपछि १० देखि १२ हप्तामा अण्डाबाट सर्पहरू निस्किन थाल्दछन्। भर्खरै अण्डाबाट बाहिर निस्किएका सर्पहरूको लम्बाइ १२ देखि १६ इञ्च (३० देखि ४० सेमी) सम्म हुन्छ भने यस प्रजातिको सर्पको जन्मिने बित्तिकैदेखि विषालु हुन्छन्। एक वर्षको उमेरमा यस प्रजातिका सर्पहरू २० देखि ३१ इञ्च (५० देखि ८० सेमी) सम्मको लम्बाइ आर्जन गर्दछन्।

शिकार र शिकारी

[सम्पादन गर्नुहोस्]

पश्चिमी हरित माम्बा विषेशगरि रूख र झाडीहरूमा बस्ने भएकाले यसले ससाना स्थनधारी जनावर र चराचुरुङ्गीहरूको सिकार गर्ने गर्छ। यसले चराको गुणमै आक्रमण गर्ने गर्छ भने यसले मुसा, खरायो, चमेरा, भ्यागुतो, लोखर्के, छेपारो आदिको सिकार गर्छ। यसले सामान्यतया तातो रगत भएका जनावरको सिकार गर्छ। यस प्रजातिको सर्पले आफ्नो आहारालाई एकपटक टोकीसकेपछि केही समय छाड्छ र उक्त जनावरको मृत्यु पश्चात् यसले सिकार एकैपटकमा निल्ने गर्छ। यस सर्पलाई आफ्नो सिकार पूर्ण रूपमा पचाउनका लागि आठ देखि दश घण्टासम्म लाग्ने गर्छ।

हरित माम्बा एकदमै विषालु भएकाले यसलाई सिकार।गर्ने जनावर न्यून हुन्छन्। वयस्क पश्चिमी हरित माम्बाको प्राकृतिक रूपमा विभिन्न सिकारीहरू छन् जसमा सिकारी पन्छी पनि समावेश छ। यस सर्पको शिकारी विषेशगरि मानिस र शिकारी पन्छी हुन्।[१०]

पश्चिमी हरित मम्बाको विष माम्बा वर्गका अन्य सर्पहरूसँग मिल्दोजुल्दो हुन्छ तर विष र विषको संरचनामा यस सर्पको विष अन्यको तुलनामा केही भिन्नताहरू भेटिन्छन्। यस प्रजातिको सर्पको विषमा प्रि साइन्याप्टिक, पोस्ट साइन्याप्टिक न्युरोटक्सिनस, कार्डओ टक्सिनस र फास्किक्लुडिन जस्ता यौगिकहरू रहेका हुन्छन्। यस प्रजातिको सर्पको विषको स्तर तथा विषाक्तता भौगोलिक स्थान, उमेर, आहार तथा अन्य वातावरणीय कारकहरूमा निर्भर गर्दछ। पश्चिमी हरित माम्बा यसको खतरानाक विषका कारण विश्वमा पाइने विषालु सर्पहरूको सूचीमा अटाएको छ। यस प्रजातिको सर्प विषेशगरि प्रजनन गर्ने समयमा सबैभन्दा आक्रमक हुन्छ भने यसले मानिसलाई पनि त्यहि समयमा बढी टोक्ने गर्दछ। पश्चिमी हरित माम्बा अफ्रिका बाहिर निकै कम मात्रामा भेटिने गर्दछन्।

तिनीहरू प्राय जसो सकेसम्म मानव शरीरबाट टाढा हुन्छन् र प्राय जसो मानवको बाटोमा हुँदैनन्, त्यसकारण मानिसहरूलाई आक्रमण गर्ने वा मार्न यो विरलै हुन्छ। तर प्रमाणले देखाए अनुसार मानवहरू यस प्रजातिको माम्बाको बासस्थान क्षेत्रमा देखा पर्दा यिनीहरूले आक्रमण गर्ने गरेको पाइन्छ। यस प्रजातिको माम्बा प्रायः मानव बस्तीतथा मानव आवतजावत क्षेत्रहरूबाट टाढा बस्ने गर्दछन् जसकारण यिनीहरूको मानिसलाई आक्रमण गर्ने गर्दैनन्। पश्चिमी हरित माम्बाको तीनै प्रजातिहरूमा विषको तीव्रता र प्रतिक्रियाशीलता यस्तै गम्भीर र द्रुत र अन्य कोब्रा प्रजातिको विषाक्त गतिविधिसँग तुलना गर्न सकिन्छ।यद्यपि, हरित मम्बा प्रजातिको टोकाई छोटो अवधिमा धेरै घातक र पीडादायी मानिन्छ। कुनै पनि विषालु सर्पले टोक्नो बित्तिकै घरेलु उपचार भनेको सर्पले टोकेको क्षेत्र वरपर कसिने गरी कुनै पनि डोरी अथवा कपडाको टुक्राले बाँध्नु पर्ने हुन्छ र पिडित मानिसलाई हलचल वा हिड्डुल गर्न दिनु हुँदैन र यथाशीघ्र नतिकैको अस्पताल पुर्‍याउन पर्छ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. लुसिलिल, L. & जि (२०१३), "हरित माम्बा", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा सूचीकृत जीवहरू २०१३: e.T१३२६५७९९A१३२६५८०८, डिओआई:10.2305/IUCN.UK.2013-1.RLTS.T13265799A13265808.en 
  2. "Dendroaspis viridis", Integrated Taxonomic Information System, अन्तिम पहुँच ४ मार्च २०१४ 
  3. जर्जिया अल्बर्ट सन् १९९६ बेलायती सङ्ग्रहलयमा रहेका माम्बाहरू (इतिहास), तेस्रो शृङ्खला, लण्डन, पृष्ठ ४३५
  4. Dendroaspis viridis at the Reptarium.cz Reptile Database. Accessed २ फेब्रुअरी २०१६.
  5. ओ सिए, M. (२००५), विश्वका सबैभन्दा विषालु सर्पहरू, संयुक्त अधिराज्य: न्यू होल्याण्ड, आइएसबिएन 978-0-691-12436-0 
  6. Spawls, S., ब्राञ्च बी (१९९५), अफ्रिकाका खतरनाक सर्पहरू, ब्ल्याण्डफोर्ड, पृ: ५१–५२, आइएसबिएन 978-0-88359-029-4 
  7. Trape, JF., माने (१८ अक्टोबर २००६), Guide des serpents d'Afrique occidentale : Savane et désert, आइआरडी, आइएसबिएन 978-2-7099-1600-4 
  8. Segniagbeto, जिएच; Trape, J-F.; डेभिड; Ohler, A.; Dubois, A.; Glitho, IA. (सेप्टेम्बर २०११), "टोगोमा पाइने सर्पहरू", जु सिष्टम 33 (3): ३२५–३६०, डिओआई:10.5252/z2011n3a4, अन्तिम पहुँच ४ मार्च २०१४ 
  9. Ernst, Carl H.; Zug, George R. (१९९६), Snakes in Question: The Smithsonian Answer Book, Washington D.C., USA: Smithsonian Institution Scholarly Press, आइएसबिएन 978-1-56098-648-5 
  10. बार्गर; जोनसन, लिण्डा (१९८७), माम्बाहरू, अमेरिका: रिकि इन्टरप्राइजेज्, आइएसबिएन 978-0-86592-960-9 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
  • [१] - हरित माम्बासँग सम्बन्धित केही भिडियोहरू