कालो माम्बा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कालो माम्बा
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण edit
जगत: जन्तु
सङ्घ: हाड भएका
वर्ग: सरिसृप
गण: स्क्वामाटा
उपसमूह: सर्प
परिवार: एलापिडा
वंश: डेन्ड्रोएसपिस
अल्बर्ट गुन्थर, सन् १८६४[२]
प्रजाति: D. polylepis
वैज्ञानिक नाम
Dendroaspis polylepis
अल्बर्ट गुन्थर, सन् १८६४[२]
कालो माम्बा पाइने क्षेत्रहरू (रातो र खैरो)
पर्याय[३]

कोलो माम्बा वा काला माम्बा विश्वमा रहेका सबै भन्दा विषालु सर्पको एक प्रजाति हो। यो सर्प इलापिडी परिवारमा पर्छ भने यो सर्प विषेशगरि उप-साहारा क्षेत्रमा बसोबास गर्ने गर्छ। योसर्पलाई पहिलपटक सन् १८६४ मा वैज्ञानिक अल्वर्ट गुन्थरले वर्णन गरेका थिए। यो राज गोमन पछिको विश्वमा रहेका विषालु सर्प मध्ये सबैभन्दा लामो सर्प हो जसको एक वयस्कको अौसत लम्बाई २ मिटर (६.६ फिट) हन्छ भने सामान्यतया ३ मि (१० फिट) सम्म बढ्ने गर्दछ। यस प्रजातिको सर्पको सर्वाधिक लम्बाई ४.३ देखि ४.५ मिटर (१४.१ देखि १४.८ फिट) सम्म मापन गरिएको छ। यस प्रजातिको बाहिरी छालाको रङ्ग गाढा खैरो र फिका खैरो हुन्छ। सानो कालो माम्बा भने हल्का पहेँलो हुन्छ र वयस्क अवस्थामा प्रवेश गर्दा यसको रङ्ग खैरो हुन जान्छ।

यस प्रजातिको सर्प दुवै जमिनमा र विक्षेमा बसोबास गर्ने गर्छन्। यस प्रजाति विषेशगरि साभाना क्षेत्र वरिपरिको घना जङ्गल र पहाडी भूभागमा पाइने गर्छन्। यस प्रजातिले रातको समयमा पनि देख्न सक्ने भएकाले यसले ससाना चराचुरुङ्गी र साना स्थनधारी जनावरलाई आफ्नो आहारा बनाउने गर्छ। वातावरण अनुकूल भयो भने यसले छोटो दुरीका लागि १६ किमी प्रतिघण्टा (१० माइल प्रतिघण्टा) सम्म दगुर्न सक्छ। वयस्क कालो माम्बाको केही प्रकृतिक सिकारी पनि भेटिएका छन्।

यस जनावरले अगाडिको भाग र घाँटी तन्काउन सक्ने भएकाले यसले चरा र मुसाहरूलाई थाहा नदिइ आक्रमण गर्ने गर्छ। यसले सर्पको विष एकदमै खतरनाक भएकाले यसले टोक्यो भने जनावर र चराचुरुङ्गीहरूको १० मिनेट भित्रमै मृत्यु हुन्छ। यो प्रजातिको सर्प एकदमै रिसाहा र चलाख भएका कारण यदि मानिसहरूले यसलाई केही गर्ने प्रयास गर्‍यो भने यसले मानिसलाई पनि आक्रमण गरेको पाइएको छ। यस प्रजातिलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा कम चासोको प्रजातिको रुपमा वर्गीकरण गरिएको छ।

शारीरिक विवरण[सम्पादन गर्ने]

कालो माम्बाको मुखको भित्री भाग

कालो माम्बा एक लामो सुरिलो र बेलना आकारको सर्प हो। यस सर्पको कालो आँखा र हल्का थेप्चो परेको टाउको हुन्छ। एक वयस्क कालो माम्बाको अौसत लम्बाई २ देखि ३ मिटर (६ फिट ७ इञ्च देखि ९ फिट १० इञ्च) सम्म हुन्छ भने यस प्रजातिको सर्पको सर्वाधिक लम्बाई ४.३ देखि ४.५ मिटर (१४.१ देखि १४.८ फिट) सम्म मापन गरिएको छ। यो विषालु सर्पको दर्जामा संसारमै राज गोमन पछिको लामो सर्पको रुपमा परिचित छ।[४] यस प्रजातिको सर्पले आहारा निल्नका लागि मुख चौडा बनाउने गर्दैछ भने यसको वारिएको मुखको लम्बाई २० सेन्टिमिटर हुन्छ। यस प्रजातिको पुच्छर लामो र पातलो हुन्छ भने यसको अौसत तौल १.६ किलोग्राम (३.५ पाउण्ड) मापन गरिएको छ। [५]

यस प्रजातिहरू हल्का पहेँलो, हल्का कालो, खैरो र।विषेशगरि गाढा खैरो रङ्गमा पाइने गर्छन् भने केही काला माम्बाको भने भेण्टा रङ्गको धब्बा पनि देखिने गरेको छ। कालो माम्बाको तल्लो भाग फितलो खैरो र सेतो हुन्छ भने यसको मुख भित्रको भाग गाढा निलो र खैरो देखिन्छ।[६] यस कालो माम्बाको आँखा खैरो देखि हल्का कालो हुन्छ र यसको आँखाको नानी हल्का सेतो र पहेँलो हुने गर्छ। वयस्क कालो माम्बा भन्दा युवा कालो माम्बाको रङ्ग पहेँलो देखिन्छ र उमेर बढेसँगै युवा कालो माम्बाहरू खैरो हुँदै जान्छ।

वितरण र बासस्थान[सम्पादन गर्ने]

दक्षिण अफ्रिका स्थित क्रुगर राष्ट्रिय निकुञ्जमा एक युवा कालो माम्बा

कालो माम्बा उप-साहारा क्षेत्रमा ठूलो भूभागमा बसोबास गर्छन् भने यसको बासस्थान क्षेत्र; बुर्किना फासो, क्यामेरून, सुडान, इथियोपिया, केन्या, युगाण्डा, गणतन्त्र कङ्गो, रुवाण्डा, मलावी, बोत्स्वाना, एङ्गोला, जिम्बाब्वे, एरिट्रिया, बुरूण्डी, सोमालिया, तान्जानिया, स्वाजिल्याण्ड, दक्षिण अफ्रिका, नामिबिया, मोजाम्बिक अादि रहेका छन्। पश्चिम अफ्रिकाका भागहरूमा कालो माम्बाको वितरण विवादित भएको छ। सन् १९५४ मा कालो माम्बा सेनेगल को घना जङ्गली क्षेत्रमा पनि फेला पारिएको थियो। यो अवलोकन र पछिको निरीक्षणले सन् १९५६ मा सेनेगलमा पनि यो प्रजातिको सर्प रहेको छ भन्ने पुष्टि गरेको थियो। [७]

यो प्रजातिको सर्पले मध्यम खालको तापमान रुचाउने भएका कारण यो विषेशगरि पहाडी भूभाग र घना जङ्गलमा पाइने गर्दछ। यो प्रजाति तल्लो भूभाग र अोसिलो साभानामा पनि बसोबास गर्दछ। यो प्रजातिको सर्प मुख्यतया समुन्द्री सतहबाट १,००० मिटर (३,३०० फिट) को उचाईमा पाइन्छ तर यो सर्प केन्यामा १,८०० मिटर (५,९०० फिट) र जिम्बाब्वेमा १,६५० मिटर (५,४१० फिट) को उचाईमा बस्दछ। यो प्रजातिको सङ्ख्या अझै बढ्दो क्रममा भएका कारण यस प्रजातिलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा कम चासोको प्रजातिको रुपमा वर्गीकरण गरिएको छ।

व्यवहार[सम्पादन गर्ने]

एक वयस्क कालो माम्बा

कालो माम्बा दुवै जमिन र रुखमा बसोबास गर्न सक्ने खालका हुन्छन्। जमिनमा बस्दा खेरी यो सर्पले आफ्नो टाउको र घाँटी हल्का ठडाएर हिड्ने गर्दछ र यसले घाँटीलाई एकैपटक लामो दुरी सम्म पनि लगेर सिकार गर्ने गर्छ। कालो माम्बाले दुवै बिहानी र रातीको समयमा देख्न सक्छ। अफ्रिकामा यस सर्पलाई बिहान ७ दखि १० सम्म र दिउँसो २ देखि ४ बजे सम्म सक्रिय भएको तथ्याङ्क रहेको छ।[८] यस प्रजातिको माम्बा एकदमै छिटो र दुर्त गतिमा आक्रमण गर्न सक्ने क्षमताको हुन्छ। घना जङ्गली क्षेत्रमा कालो माम्बाले मानवको आवतजावत र ४० मिटर (१३० फिट) भन्दा नजिक आयो भने यसले सामान्यतया आक्रमण गर्ने गर्छ। यस सर्पले डर र खतराको सङ्केत पाउने बित्तिकै दुलो र झाडीहरूमा लुक्ने गर्दछ भने कहिलेकाहीँ यसले आफ्नो घाँटी र मुखलाई ठूलो बनाउँछ र जिब्रो भित्र बाहिर गर्न गर्छ।

यस सर्प डरायो अथवा यसले खतराको सङ्केत पाएपछि यसको नजिक केही हलचल भयो भने यसले एकदमै दुर्त गतिमा धेरै पटक आक्रमण गर्ने गर्छ। यस प्रजातिको सर्पले आफ्नो कुल लम्बाईको लगभग ४०% लम्बाई सम्म टाउको उठाउन सक्छ त्यसकारण विषेशगरि मानिसलाई तल्लोभागमा आक्रमण गर्दछ। यस सर्पले छोटो समयका लागि अधिकतम १६ किलोमिटर प्रति घण्टा (१० माइल प्रति घण्टा) सम्म कुद्न सक्छ।

प्रजनन र आयु[सम्पादन गर्ने]

कालो माम्बाको एक समूह

कालो माम्बाको प्रजनन मौसम सेप्टेम्बर महिना देखि फेब्रुअरी महिना सम्म हुन्छ र तापक्रमको गिरावटसँग प्रजनन दायरा अप्रिल देखि जुन महिना सम्म पनि जारी रहन्छ। प्रजनन गर्नका लागि यस प्रजातिको भाले सर्पहरू एक अर्कासँग घाँटीको सहायताले लढाई गर्ने गरेछन् भने उक्त लढाईको विजेताले प्रजनन गर्न पाउँछ। संभोगको समयमा भालेले आफ्नो जिब्रो हल्लाउने गर्छ भने पोथीले संभोगका लागि तयारी भएकामा पुच्छर ठडाउने गर्छ। संभोगको समयमा भालेले पोथीको तल्लो भाग र पुच्छरमा डल्लो परेर बस्छ। यसरी संभोग दुई घण्टा सम्म चल्छ र त्यतिबेला दुवै भाले र।पोथी स्थिर रहन्छन्।

यस प्रजातिको सर्पको पोथीले एकपटकको संभोगमा ७ देखि १७ वटा अण्डा पार्ने गर्छ। यस सर्पको अण्डा लाम्चो हुन्छ भने यसको कुल लम्बाई ६० देखि ८० मिलिमिटर (२.४ देखि ३.१ इञ्च) र ब्यास ३० देखि ३६ मिलिमिटर (१.२ देखि १.४ इञ्च) हुन्छ। अण्डाबाट सर्प निस्किएपछि यसको लम्बाई अौसतमा ४०-६० सेन्टिमिटर (१६-२४ इञ्च) हुन्छ। जन्मिएको एक वर्ष भित्रमै यस प्रजातिको सर्प २ मिटर (६ फिट ७ इञ्च) सम्म हुन्छ। युवा कालो माम्बा पनि एक वयस्क जत्तिकै विषालु र आक्रमक हुने गर्छ। कालो माम्बा ११ अथवा सो भन्दा बढी वर्ष सम्म बाँच्ने तथ्याङ्कले देखाएको छ।

आहारा[सम्पादन गर्ने]

कालो माम्बा विषेशगरि रुख र झाडीहरूमा बस्ने भएकाले यसले ससाना स्थनधारी जनावर र चराचुरुङ्गीहरूको सिकार गर्ने गर्छ। यसले चराको गुणमै आक्रमण गर्ने गर्छ भने यसले मुसा, खरायो, चमेरा अादिको सिकार गर्छ। यसले सामान्यतया तातो रगत भएका जनावरको सिकार गर्छ। यस प्रजातिको सर्पले आफ्नो आहारालाई एकपटक टोकीसकेपछि केही समय छाड्छ र उक्त जनावरको मृत्युु पश्चात् यसले सिकार एकैपटकमा निल्ने गर्छ। यस सर्पलाई आफ्नो सिकार पूर्ण रुपमा पचाउनका लागि अाठ देखि दश घण्टा सम्म लाग्ने गर्छ।

सिकारी[सम्पादन गर्ने]

वयस्क कालो माम्बाको प्राकृतिक रुपमा विभिन्न सिकारीहरू छन् जसमा सिकारी पन्छी पनि समावेश छ। युवा कालो माम्बालाई केप फाइल सर्प र अन्य ठूला आकारका सर्पहरूले पनि सिकार बनाउने गर्छन्।[९] यस सर्पलाई न्याउरी (जसलाई यस सर्पको टोकाईबाट न्युनतम असर गर्ने गर्छ)ले पनि सिकार बनाउने गर्छ तर यसले कतिपय समयमा न्याउरीलाई पनि डस्ने गर्छ।[१०][११][१२] त्यस्तैगरि यो सर्पको असर रतेललाई पनि न्युनतम भएकाले रतेलले कालो माम्बालाई सिकार बनाउने गर्छ। [१३][१४]

विष[सम्पादन गर्ने]

कालो माम्बालाई अफ्रिकामा यसको आकार, लम्बाई र विषालु भएका कारण सबैभन्दा डरलाग्दो र खतरनाक सर्पको रुपमा लिइन्छ भने यसलाई विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक महत्त्वपूर्ण सर्पको रुपमा पनि लिइन्छ।[१५] सन् १९५७ देखि १९७९ सम्म दक्षिण अफ्रिकामा गरिएको एक सर्वेक्षणमा २५५३ सर्पले टोकेका मानिसहरू रहेका थिए जसमा ७५ जना मानिसलाई कालो माम्बाले टोकेको भन्ने कुरा पुष्टि भएको थियो। ७५ जना मानिस मध्ये ६३ जनाको अवस्था गम्भीर रहेको थियो भने २१ जनाको मृत्यु भैसकेको थियो।[१६] सन् १९६२ मा यस सर्पले डसेका मानिसहरूले एन्टि भेनम लिएका थिए तर उक्त अौसधिले कालो माम्बाको विषलाई केही पनि असर नगरेका कारण १५ जना अौषधि लिएका मानिसहरूको पनि मृत्यु भएको थियो।[१७] कालो माम्बाको विषलाई मार्ने अौषधि सन् १९६२ मा ल्याइएको थियो भने यसलाई सन् १९७१ देखि पूर्ण रुपमा मानिसहरूको पहुँचमा पुर्‍याइएको थियो भने तात्कालिक समयमा ३८ मानिस मध्ये ५ मानिसको मृत्यु भएको थियो। सन् १९९१ मा अफ्रिकी मुलुक जिम्बाब्वे गरिएको एक जनगणनामा कालो माम्बाले टोकाइ पिडित २७४ मानिस मध्ये ५ को मृत्यु भएको थियो।[१८] यस प्रजातिको सर्प विषेशगरि प्रजनन गर्ने समयमा सबैभन्दा आक्रमक हुन्छ भने यसले मानिसलाई पनि त्यहि समयमा बढी टोक्ने गर्दछ। कालो माम्बा अफ्रिका बाहिर निकै कम मात्रामा भेटिने गर्दछन्।[१९]

उपचार[सम्पादन गर्ने]

कुनै पनि विषालु सर्पले टोक्नो बित्तिकै घरेलु उपचार भनेको सर्पले टोकेको क्षेत्र वरपर कसिने गरि कुनै पनि डोरी अथवा कपडाको टुक्राले बाँध्नु पर्ने हुन्छ र पिडित मानिसलाई हलचल वा हिड्डुल गर्न दिनु हुँदैन र यथाशीघ्र नतिकैको अस्पताल पुर्‍याउन पर्छ।[२०] यस सर्पले टोकेपछि पहिलोपटक दक्षिण अफ्रिका स्थित साउथ अफ्रिकन इन्स्च्युट फर मेडिकल रिसर्चले उत्पादन गरेको थियो[२१] भने कालो माम्बाको विषलाई पूर्ण रुपमा मार्ने अौषधि कोष्टा रिकाले उत्पादन गरेको थियो। [२२]

कालो माम्बाको टोकाइका केही घटनाहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. स्प्वाल्स, स्टिफन (२०१०), "कालो माम्बा", प्रकृति संरक्षण सङ्घको कम चासोका प्रजाति २०१०: e.T१७७५८४A७४६१८५३, डिओआई:10.2305/IUCN.UK.2010-4.RLTS.T177584A7461853.en, अन्तिम पहुँच २८ नोभेम्बर २०१७ 
  2. "Dendroaspis polylepis", Integrated Taxonomic Information System, अन्तिम पहुँच १२ डिसेम्बर २०१३ 
  3. उट्ज, पिटर; हेलरम्यान, ज्याकोब, "कालो माम्बा", सरिश्रिप डाटाबेस, जियोलोजिकम म्युजिएम, अन्तिम पहुँच १० सेप्टेम्बर २०१८ 
  4. स्प्वाल्स, स्टिफन; हावेल, किम (२०१७) (दृतिय संस्करण). ब्लुम्सबर्ग. pp. १२०१–१२०२. . 
  5. फिट्ज सिमन, भिभियान (१९७०). दक्षिण अफ्रिकी सर्पहरू (Second संस्करण). हार्पर कोलिन्स. pp. १६७–१६९. . 
  6. म्याटिसन, क्रिस (१९८७). विश्वमा रहेका सर्पका प्रजातिहरू. फ्याक्ट्स अन फाइल इङ्क. pp. ८४, 120. . 
  7. ह्याकन्ससन, थोमस; म्याडसिन, थोमस (१९८३), "पश्चिम अफ्रिकामा कालो माम्बाको वितरण क्षेत्र", जर्नल अफ हर्पेटोलोजी १७ (२): १८६–१८९, जेएसटिओआर 1563464, डिओआई:10.2307/1563464 
  8. "कालो माम्बा", नेसनल जियोग्राफिक सोसाइटी, १० सेप्टेम्बर २०१०, अन्तिम पहुँच ३ डिसेम्बर २०१० 
  9. ह्याङ्गर, जिभी; मोर्गेन, डिआर (१९९४), "कालो माम्बा", अन्तर्राष्ट्रिय जु नोटबुक ३२ (१): १९१–१९६, डिओआई:10.1111/j.1748-1090.1993.tb03534.x 
  10. "न्याउरी र कालो माम्बाको लढाई", नेसनल जियोग्राफिक सोसाइटी, ३ अक्टोबर २०१७, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१८ 
  11. "न्याउरी विरुद्ध सर्प" (भिडियो), नेट जियो वाइल्ड, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१८ 
  12. कालो माम्बाको भेनम २६४ (२), २००१, पृ: २८१–२८६, डिओआई:10.1046/j.1432-1327.1999.00623.x 
  13. "भ्वाईश अफ बोत्स्वाना", रक्सेन Reid (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०५-०१ 
  14. ड्रबेक, ड्यानियल; डिन, एन्थोनी; जेन्स, सारोन (२०१५), "रतेलले कालो माम्बालाई आक्रमण गर्छ", टेक्सिकन ९९ (१): ६८–८२, डिओआई:10.1016/j.toxicon.2015.03.007, पिएमआइडी 25796346 
  15. Hodgson, Peter S.; Davidson, Terence M. (१९९६), "Biology and treatment of the mamba snakebite", Wilderness and Environmental Medicine 7 (2): 133–145, डिओआई:10.1580/1080-6032(1996)007[0133:BATOTM]2.3.CO;2, पिएमआइडी 11990107 
  16. WHO Expert Committee on Biological Standardization, "Guidelines for the production, control and regulation of snake antivenom immunoglobulins", WHO Technical Report Series, No. 964, पृ: 224–226, अन्तिम पहुँच १ जनवरी २०१९ 
  17. Christensen, P.A. (१९८१), "Snakebite and the use of antivenom in southern Africa", South African Medical Journal 59 (26): 934–938। 
  18. Nhachi, Charles FB; Kasilo, Ossy M. (१९९४), "Snake poisoning in rural Zimbabwe – A prospective study", Journal of Applied Toxicology 14 (3): 191–193, डिओआई:10.1002/jat.2550140308, पिएमआइडी 8083480 
  19. Závada, J.; Valenta, J.; Kopecký, O.; Stach, Z.; Leden, P. (२०११), "Black Mamba Dendroaspis Polylepis Bite: A Case Report", Prague Medical Report 112 (4): 298–304, पिएमआइडी 22142525 
  20. Gutiérrez, José María; Calvete, Juan J.; Habib, Abdulrazaq G.; Harrison, Robert A.; Williams, David J.; Warrell, David A. (२०१७), "Snakebite envenoming", Nature Reviews Disease Primers 3 (3): 17063, डिओआई:10.1038/nrdp.2017.63, पिएमआइडी 28905944 
  21. Davidson, Terence, "Immediate First Aid", University of California, San Diego, अन्तिम पहुँच १२ मे २०१० 
  22. Sánchez, Andrés (२०१७), "Expanding the neutralization scope of the EchiTAb-plus-ICP antivenom to include venoms of elapids from Southern Africa", Toxicon 125: 59–64, डिओआई:10.1016/j.toxicon.2016.11.259, पिएमआइडी 27890775 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]