ढाँचा:प्रमुख लेख/राष्ट्रिय प्रजातन्त्र पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
{{{2}}}

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको एक राजतन्त्रवादी र हिन्दू राष्ट्रवादी राजनीतिक दल हो।यसलाई पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापालोकेन्द्र बहादुर चन्दद्वारा गठन गरिएको थियो। राष्ट्रिय पञ्चायत समाप्त पश्चात् दुई प्रधानमन्त्री थापा र चन्दले यसको नेतृत्व दुई-दुई गरिसकेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख राजनीतिक दलहरू नेपाली काङ्ग्रेसनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)को वैकल्पिक शक्तिका रूपमा स्थापित भएको थियो। पार्टी प्रजातन्त्र, संवैधानिक राजतन्त्र, राष्ट्रवाद र आर्थिक उदारवादको सिद्धान्तमा स्थापित भएको थियो। २०६३ मा राजतन्त्रको अन्त्य भएसँगै नेपाललाई २०७३ जेठ ४ गते धर्मनिरपेक्ष राज्य घोषित गरिएको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजतन्त्रलाई समर्थन गर्न र हिन्दू राज्यको पुन: स्थापनाको लागि यसको संविधान परिवर्तन गरेको थियो।(पूरा  पढ्नुहोस्...)