सामग्रीमा जानुहोस्

तुम्लिङटार विमानस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तुम्लिङटार विमानस्थल
स्तरोन्नती हुनुपुर्वको धावनमार्ग
विवरण
विमानस्थल प्रकारसार्वजनिक
मालिकनेपाल सरकार
सञ्चालकनेपाल नागरिक उड्डयन प्राधिकरण
सेवा गर्ने स्थानतुम्लिङटार, सङ्खुवासभा जिल्ला, नेपाल
उचाइ समुद्री सतह१,७०० ft / ५१८ m
निर्देशाङ्क२७°१८′५४″उ ०८७°११′३६″पू / 27.31500°N 87.19333°E / 27.31500; 87.19333
नक्सा
तुम्लिङटार विमानस्थल मा पर्दछ नेपाल
तुम्लिङटार विमानस्थल
तुम्लिङटार विमानस्थल
नेपालमा विमानस्थलको अवस्थिती
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
१६/३४ १,२१९ ४,००० कालोपत्रे
स्रोत:[][]

तुम्लिङटार विमानस्थल एक घरेलु विमानस्थल हो जुन तुम्लिङटार मा अवस्थित नेपालको कोशी प्रदेशको सङ्खुवासभा जिल्लामा सेवा प्रदान गर्दछ। यो मकालु बरुण राष्ट्रिय निकुञ्जको मुख्य पर्यटकीय प्रवेशद्वार हो।

मेची, कोशी र सगरमाथा अञ्चलका दुर्गम क्षेत्रमा हवाई यातायात सुविधा पुर्‍याउने उद्देश्यले यो विमानस्थल पहिलो पटक निर्माण गरिएको हो। [] तुम्लिङटार उपत्यका बासी बाट वि.सं २०२१ मा विमानस्थलका लागि जग्गा अधिग्रहण गरिएको थियो । [] एयरपोर्ट सुरुमा DC-3s को लागि डिजाइन गरि,३३०० फिटको लम्बाइ भएको धावनमार्ग बनाइएको थियो। [] आर्थिक वर्ष २०२७-२८ मा स्वच्छ मौसममा उडान हुने विमानस्थल निर्माणका लागि २ लाख ६० हजार बजेट विनियोजन गरिएको थियो। [] विमानस्थलले २०२९ असोज १५ गतेदेखि उडान सञ्चालन सुरु गरेको थियो।

विमानस्थल १,७०० फिट (५१८ मी) को उचाइमा अवस्थित छ औसत समुद्र सतह माथि। यसमा एउटा धावनमार्ग छ जुन ४,००० फिट (१,२०० मी) लम्बाइमा।

विमानसेवा र गन्तव्यहरू

[सम्पादन गर्नुहोस्]
विमानसेवागन्तव्य(हरू)
बुद्धविराटनगर,काठमाडाैँ
गुणकाठमाण्डाैं
सीताकाठमाडौँ
समिटकाठमाडौँ
ताराकाठमाडौँ
यतीकाठमाडौँ
  1. Airport information for Tumling Tar, Nepal (VNTR / TMI) at Great Circle Mapper.
  2. "Tumlingtar Airport", Civil Aviation Authority of Nepal, अन्तिम पहुँच १ जुलाई २०२० 
  3. "Government of Nepal - Fourth Plan", National Planning Commission  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-१४ मिति
  4. Kattel, S. P. (२०२३-०१-१३), "Sustainability or Sustainable Development: An Anthropological Perspective", web.archive.org, अन्तिम पहुँच २०२३-०१-१३ 
  5. ५.० ५.१ Fourth-plan (1970-1975)., १९७२।