तेजस्वी मादिवाडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तेजस्वी मादिवाडा
Tejaswi Madivada
जन्म (1991-07-03) ३ जुलाई १९९१ (उमेर ३२)
हैदराबाद, आन्ध्र प्रदेश, भारत
(हाल तेलङ्गाना, भारतमा)
वासस्थानहैदराबाद, तेलङ्गाना, भारत
राष्ट्रियताभारतीय
जातीयतातेलुगु
शिक्षाबिए (आमसञ्चार र पत्रकारिता)
पेशामोडल, अभिनेत्री
कार्यकाल२०१३–वर्तमान
उचाइ५ फिट ४ इन्च

तेजस्वी मादिवाडा (तेलगु: తేజస్వి మదివాడ; जन्म ३ जुलाई, १९९१) एक भारतीय चलचित्र अभिनेत्री र मोडल हुन्, जो मुख्य रूपमा तेलुगु चलचित्र उद्योगमा काम गर्छिन्।[१] नर्तक प्रशिक्षकको रूपमा काम गरेकी उनले सन् २०१३ को तेलुगु चलचित्र 'सितम्मा वाकितलो शिरिमल्ले चेट्टु' बाट अभिनेत्रीको रूपमा चलचित्र क्षेत्रमा पदार्पण गरेकी थिइन्। उनले चर्चा भने 'आइसक्रिम' चलचित्रबाट प्राप्त गरेकी हुन्।

प्रारम्भिक जीवनी र शिक्षा[सम्पादन गर्नुहोस्]

मादिवाडाले बेगुम्पेटको वायुसेना विद्यालयबाट शिक्षा प्राप्त गरेकी थिइन्। उनले सेन्ट फ्रान्सिस कलेज, हैदराबादबाट आमसञ्चार र पत्रकारिता विषयको अध्ययन गरेकी थिइन्। शिक्षा प्राप्त गरिसकेपछि उनले एक स्वयं नृत्य प्रशिक्षकको रूपमा हैदराबादको विभिन्न व्यावसायिक नृत्य प्रशिक्षण केन्द्र र विद्यालयहरूमा अभ्यास गराएकी थिइन्।[२] उनले सन् २०११ मा मिस डाबर गुलाबरी नामक सौन्दर्य प्रतियोगितामा सहभागिता जनाएकी थिइन् जसमा उनले दोस्रो स्थान प्राप्त गर्न सफल भएकी थिइन्। यसै सफलताको कारण उनले पहिलो चलचित्रमा अभिनय गर्ने मौका पाएकी थिइन्। उनले यसपछि सन् २०१८ मा टेलिभिजन रियालिटी कार्यक्रम 'बिग बोस तेलुगु'को दोस्रो संस्करणमा भाग लिएकी थिइन्।[२]

चलचित्र करियर[सम्पादन गर्नुहोस्]

मादिवाडाले सन् २०१३ मा अभिनय पदार्पण गरेकी थिइन्। उनले तेलुगु भाषाको पारिवारिक नाट्य चलचित्र 'सितम्मा वाकितलो शिरिमल्ले चेट्टु'मा सहायक अभिनेत्रीको भूमिकामा अभिनय गरेकी थिइन्।[१] [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]