दलबहादुर गुरुङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


दल बहादुर गुरुङ(सन् १९२२–१९९२)को प्रसिद्द नाम हम जाएगा हो। यिनिलाई चुटकिला र स्थानीय लोक कथाहरूमा एउटा बिदुशकको रूपमा प्रस्तुत गरिन्छ। विशेष गरी हम जाएगा पूर्बी नेपाल, दार्जीलिङ, कालिम्पोङ, सिक्किम, आसाममणिपुर तिरका क्षेत्रमा चर्चित छन्।[१] अपत्यारिला चुटकिलाका पात्र भएकाले यिनी बास्तबिक मान्छे नै हुन् भनेर धेरैले पत्याउदैन थिए। हम जाएगा मरेबोंङ चिया बगान, दार्जीलिङमा १९२२ सन्को मार्चमा जन्मेका थिए।[२] तिनका पूर्खा धुज्बीर गुरुङ पाँचथरको मक्लुवा बाट दार्जीलिङमा सन् १८१४मा बसाइ सरेका थिए।[३]

सन् १९३६मा यी कोलकाता भागे [३] तर यिनको पाइलट बन्ने सपना शिक्षाको कमिको कारणले पूरा हुन सकेन। निकै दुख पछि यिनले एक इन्जिनीरिंग कलेजका प्राध्यापकसँग गाडी हाक्न सिके [२]। सन् १९४८मा उनी दार्जीलिङ फर्केर गाडी चलाउन थाले[२][३]। यहा गाडी चलाउदा अरु जान डराउने अप्ठ्यारा ठाउमा पनि 'हम जाएगा (हिन्दीमा: "म जान्छु")' भनेर गाडी लैजाने उनको बानीकै आधारमा उनलाई 'हम जाएगा' भन्न थालियो[२][४]. उनी निकै शूरा चालक थिए र पहिलो पटक टाइगर हिल र तुम्लिङको चुचुरोमा यिनैले गाडी पुर्याए।[३]

हम जाएगाका प्रख्यात चुट्किलाहरू ३ वोटा पुस्तिकामा उनले प्रकाशित पनि गरेका थिए भने केही अरु मानिसहरूले पनि उनको नाममा किताब छपाएर बेचेका थिए।[२] अहिले उनका चुट्किलाहरू इन्टरनेटमा सजिलै पाइन्छन्।[५][६][७][८] साथै उनका समर्थकहरूले फेसबुक पनि खोलेका छन्।[९][१०] सन् १९८०को पूर्वार्धमा उनीलाई कुसुमे रुमाल नामक चलचित्रमा पनि खेलाईयो [११] र धेरै मानिसहरूले उनी बास्तबिक मानिस नै हुन् भनेर थाहा पाए।

उनि ५३ वर्ष हुन्जेल गाडी चलाए र त्यसपछि चुटकिलाका किताब लेख्न थाले। उनकी छोरीका अनुसार हम जाएगा जिम्मेवार बाबु बनेर श्रीमतीको मृत्यु पछि पनि छोराछोरीको राम्रो हेरचाह गर्दथे र शिक्षाको लागि चिन्तित रहन्थे। [२] उनका सात छोरी र तीन छोरा थिए। केही मानिसहरूको भनाइमा भने धेरै रक्सि खाने गरेकाले हम जाएगाले सम्पत्ति सबै सकेर परिवारलाई गरीब बनाएका तैपनि उनी सधै खुसि देखिन्थे र हसाइरहन्थे। उनीको मृत्यु सन् १९९२को अप्रिलमा भयो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]