दुप्चेश्वर महादेव मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दुप्चेश्वर महादेवको मूर्ति

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । पशुपतिनाथको दोश्रो रुप मानिने नुवाकोट जिल्लाको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर महादेवको मेला सुरु भएको छ । जिल्ला सदरमुकामदेखि ३५ किलोमिटर पूर्वको राउतवेशी गाविसको गौचरनमा रहेको मन्दिरमा विशेषत सन्तान नहुनेहरू सन्तान माग्न आउने गरेको विश्वास गरिन्छ । पौराणिक कथनअनुसार चार सय वर्षअघि स्थानीय एक तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरोमा दुध चढाइरहेको भेटिएकाले उक्त ठाउँमा दुग्धेश्वर महादेव रहेको विश्वासमा प्रत्येक वर्ष धान्य पूर्णिमाका दिन विशेष मेला लाग्दै आएको छ । मेला भर्न राजधानी काठमाडौँ, धादिङ, रसुवालगायत मुलुकका विभिन्न भागबाट भक्तजन पुग्ने गर्दछन् । मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन र स्थानीय उत्पादनहरूको बिक्री वितरण समेत हुने गरेको छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]