नेहा शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेहा शर्मा
Neha Sharma
शर्मा २०१२ जुलाईमा जयन्ताभाई की लभ स्टोरीको प्रोमो प्रक्षेपणमा
जन्म (1987-11-21) २१ नोभेम्बर १९८७ (उमेर ३६)
भागलपुर, बिहार, भारत
पेशाअभिनेत्री, मोडल
कार्यकाल२००७–वर्तमान
मातापिताअजीत शर्मा (बुबा)
आफन्तआयशा शर्मा (बहिनी)

नेहा शर्मा (उच्चारण [nɛːɦaː ʃrmaː]) (जन्म २१ नोभेम्बर १९८७) एक भारतीय अभिनेत्री र मोडल हुन्।[१] बिहारकी मूल निवासी, शर्मा भागलपुरको माउन्ट कार्मेल स्कूल गएकी थिइन् र नयाँ दिल्लीको नेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (एनआईएफटी)बाट फेसन डिजाइनको कोर्स गरेकी थिइन्।[२][३]

शर्माको पहिलो भूमिका सेप्टेम्बर २८, २००७ मा प्रदर्शित भएको तेलुगु चलचित्र चिरुथामा थियो। उनको पहिलो हिन्दी चलचित्र मोहित सूरीद्वारा निर्देशित क्रूक अक्टुबर ८, २०१० मा प्रदर्शित भएको थियो।[४] कुणाल कोहली निर्देशित २०१२ को प्रेमप्रसङ्गयुक्त हास्य चलचित्र तेरी मेरी कहानीमा शर्माले क्यामियो भूमिका खेलेकी थिइन्। उनी अर्ध-हिट क्या सुपर कूल है हममा धेरै प्रशंसनीय भएकी थिइन्।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

उनका बुबा अजीत शर्मा एक व्यापारीबाट राजनीतिज्ञ बनेका भारतीय राष्ट्रिय काङ्ग्रेस पार्टीको प्रतिनिधित्व गर्ने भागलपुरका विधायक हुन्। शर्माले विभिन्न चुनावमा बुबाको लागि प्रचार गरेकी थिइन्।[५][६] शर्माका तीन भाइ बहिनीहरू छन्। उनले बाल्यकालमा गम्भीर दममा रहेको कुरा स्वीकारिन् र शारीरिक रूपमा सँधै अस्वस्थ र कमजोर थिइन्। हैदराबादको परिवारको आशिष्मा उनी दम पूर्ण रूपमा निको भएको दाबी गरेकी थिइन्।[७]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

उनको निजी शौक खाना बनाउनु, सङ्गीत सुन्नु, पढ्नु र नृत्य गर्नु हो।[८] शर्मा भारतीय शास्त्रीय नृत्य कथकमा प्रशिक्षित छिन्। यसका साथै उनले लन्डनमा पाइनएप्पल डान्स स्टुडियोजबाट स्ट्रिट हिप हप, ल्याटिन डान्सिङ साल्सा, मेरेन्गु, जिभ र ज्याज पनि सिकेकी छिन्।[७] उनीले केट मोसलाई उनको शैली प्रेरणाको रूपमा मान्छिन्। शर्मा पनि आफ्नै कपडाको लेबल सुरु गर्न चाहन्छिन्15वर्ष पहिले कोठाभाडामा बस्ने नेहाको अहिले छ बङ्गला, भावुक हुँदै लेखिन यस्तो स्टाटस् !

बलिउडकी चर्चित गायिका नेहा कक्कडलाई नचिन्ने सायद कमै होला । उनको आवाजको कारण उनलाई अहिले पुरै संसारले चिन्छन् । नेहा कक्कडले सोसल मिडियामा एक पोस्ट गरेकी छन् , जुन अहिले चर्चामा रहेको छ। नेहाले नयाँ घरको दुई तस्बिर शेयर गरेकी छन् । यी तस्बिरलाई शेयर गर्दै नेहाले आफ्नो 15 वर्षको सङ्घर्षको कहानी बताएकी छन् । नेहा कक्कड सिनेमा जगत्मा आउनुभन्दा पहिला एक कोठामा भाडामा बस्थिन् । यद्यपि अहिले उनीसँग शानदार घर रहेको छ ।आफ्नो पुरानो दिनलाई सम्झिँदै नेहाले इन्स्टाग्राममा दुई तस्बिर शेयर गरेकी छिन् । एक तस्बिर नेहाको पुरानो घरको हो, जहाँ उनी जन्मेकी थिइन् ।नेहा कक्कडले लेखेकी छिन्, ‘यो त्यो बङ्गला हो जुन अहिले हाम्रो छ । दोस्रो घर ऋषि केश जहाँ म जन्मिएकी थिए ।त्यस घरमा हामी कक्कड परिवार एउटा कोठामा बस्थ्यौ । त्यहाँ मेरी आमाले एक टेबल राखेकी थिइन, जुन हाम्रो किचेन थियो ।त्यो घर हाम्रो आफ्नै थिएन । हामीले भाडा तिर्थ्यौ । अहिले जब म एउटै सहरमा मेरो आफ्नै यस बङ्गलालाई देख्छु तब म सधैँ भावुक हुन्छु ।’ नेहाले अगाडी लेखिन् ,”मेरो परिवारलाई धन्यवाद ! आमाबुबा , हजुरआमा र मेरो शुभचिन्तकलाई पनि ।’नेहाको यस पोस्टमा थुप्रै स्टारले प्रतिक्रिया दिएका छन्। कमै मान्छेलाई यो थाहा छ कि सिनेमा जगत्मा आउनुभन्दा पहिला नेहा र उनको दिदी र दाइ भजन गाउँथे ।‘इन्डियन आइडल’ मा प्रतिस्पर्धीको रूपमा आएपछि नेहालाई सफलता मिल्यो र त्यसपछि उनले सफलताको सिडी चढिन् । नेहाले ‘इन्डियन आइडल’ मा प्रतिस्पर्धीको रूपमा भाग लिएपछि म्युजिक एल्बम निकालिन जसको नाम ‘नेहा द रक स्टार’ थियो । जुन २००८ सालमा आएको थियो । त्यसपछि उनलाई सिनेमा जगत्मा काम मिल्न थाल्यो ।।[९]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

कुञ्जी
चलचित्रहरू जुन अहिलेसम्म प्रदर्शित गरिएको छैन चलचित्रहरू प्रदर्शन गर्दछ जुन अझै प्रदर्शित गरिएको छैन
वर्ष शीर्षक भूमिका (हरू) निर्देशक (हरू) भाषा (हरू) टिप्पणीहरू सन्दर्भ
२००७ चिरुथा सञ्जना पुरी जगन्नाध तेलुगु तेलुगु डेब्यू
२००९ कुर्रादु हेमा सन्दीप गुन्नम [१०]
२०१० क्रूक सुहानी मोहित सूरी हिन्दी हिन्दी डेब्यू [११]
२०१२ तेरी मेरी कहानी मीरा कुणाल कोहली हिन्दी क्यामियो उपस्थिति [१२][१३]
क्या सुपर कूल है हम सिमरन सचिन यार्दी हिन्दी [१४]
२०१३ जयन्ताभाई की लभ स्टोरी सिमरन विनील मार्कन हिन्दी
यमला पगला दीवाना २ सुमन खन्ना सङ्गीत सिवन हिन्दी [१५]
२०१४ योङ्गिस्तान अन्विता चौहान सैयद अहमद अफजल हिन्दी
२०१६ कृति कृति शिरिष कुन्दर हिन्दी छोटो चलचित्र [१६]
हुयानसाङ कुमारी हुओ जिआन्की हिन्दी, मन्दारिन चिनियाँ डेब्यू [१७]
तुम बिन II तरन अनुभव सिन्हा हिन्दी [१८]
२०१७ मुबारकाँ अधिवक्ता नाफीसा कुरेशी अनीस बज्मी हिन्दी [१९]
सोलो अक्षरा बिजोय नाम्बियार मलयालम मलयालम डेब्यू [२०]
भामा तमिल तमिल डेब्यू
२०२० तन्हाजी कमला देवी ओम राउत हिन्दी
इक सन्धु हुँदा सी सिमरन राकेश मेहता पञ्जाबी पञ्जाबी डेब्यू [२१]
इलीगल निहारिका सिंह साहिर रजा हिन्दी भूट सेलेक्ट
तैशdagger TBA बिजोय नाम्बियार हिन्दी फिल्माङ्कन [२२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Pictures of the charming Bollywood actress Neha Sharma", India Times, ३१ अगस्ट २०१८, अन्तिम पहुँच २३ जुन २०१९ 
  2. "Neha Sharma Albums", FreeImagesGallery.com, ९ सेप्टेम्बर २०१२, मूलबाट १६ सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ सेप्टेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण १६ सेप्टेम्बर २०१२ मिति
  3. Kashyap, Pooja (२ अक्टोबर २०१०), "'Serial kisser' arrives in city to promote crook", The Times of India, अन्तिम पहुँच २७ जनवरी २०१९ 
  4. "Crook was satisfying after south flicks: Neha Sharma", The Indian Express, ५ अक्टोबर २०१०, अन्तिम पहुँच २७ अक्टोबर २०१६ 
  5. Jha, Giridhar (२० अगस्ट २०१४), "Glamour quotient in Bhagalpur campaign", India Today, अन्तिम पहुँच १७ जुलाई २०१९ 
  6. "बॉलीवुड की खूबसूरत एक्ट्रेस नेहा शर्मा के पिता बने विधायक", Aajtak.intoday.in (Hindiमा), २५ अगस्ट २०१४, अन्तिम पहुँच ३० जुलाई २०१९ 
  7. ७.० ७.१ Gupta, Priya (२१ मे २०१३), "Acting and looks don’t help, only box office does: Neha Sharma", The Times of India, अन्तिम पहुँच १६ फेब्रुअरी २०१९ 
  8. Calcutta Tube Team (५ अक्टोबर २०१०), "Crook- It's Good To Be Bad Hindi Film Actress Neha Sharma Interview", Calcutta Tube, मूलबाट ८ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जुलाई २०१२ 
  9. Sinha, Seema (५ मे २०११), "Neha Sharma reveals her beauty secrets", The Times of India, अन्तिम पहुँच १६ फेब्रुअरी २०१९ 
  10. "Shooting of ‘Kurradu’ with Varun Sandesh and Neha Sharma in the lead was completed recently.", The New Indian Express, ६ अक्टोबर २००९, अन्तिम पहुँच १९ नोभेम्बर २०१९ 
  11. "Neha Sharma to debut in Emraan Hashmi starrer Crook: It’s Good To Be Bad", Bollywood Hungama, ९ मार्च २०१६, अन्तिम पहुँच १९ नोभेम्बर २०१९ 
  12. "Neha Sharma is Shahid`s love interest in 'Teri Meri Kahaani'", Zee News, १२ मे २०१२, अन्तिम पहुँच १९ नोभेम्बर २०१९ 
  13. "Neha Sharma to star with Shahid in Teri Meri Kahaani", India Today, २ जुन २०१२, अन्तिम पहुँच १९ नोभेम्बर २०१९ 
  14. "Neha, Sarah make Kya Super Kool Hain Hum look fresh: Riteish", India Today, २८ जुन २०१२, अन्तिम पहुँच १९ नोभेम्बर २०१९ 
  15. "Yamla Pagla Deewana 2 my biggest film so far: Neha Sharma", India Today, ३ अप्रिल २०१३, अन्तिम पहुँच १९ नोभेम्बर २०१९ 
  16. "Shirish Kunder's short film Kriti released: Manoj Bajpayee, Radhika Apte & Neha Sharma starrer psycho thriller is gripping", India.com, २३ जुन २०१६, अन्तिम पहुँच १९ नोभेम्बर २०१९ 
  17. "Sonu Sood, Ali Fazal and Neha Sharma part of Xuanzang, China's official entry to Oscars", India Today, ५ नोभेम्बर २०१६, अन्तिम पहुँच १९ नोभेम्बर २०१९ 
  18. "'Tum Bin 2' sneak peek: Neha Sharma brings back the romance", The Times of India, २८ जनवरी २०१७, अन्तिम पहुँच १९ नोभेम्बर २०१९ 
  19. "Arjun Kapoor shares Mubarakan 'madness' with Neha Sharma", Hindustan Times, ३० नोभेम्बर २०१६, अन्तिम पहुँच १९ नोभेम्बर २०१९ 
  20. "Solo: Neha Sharma on her Tamil film debut, and working with Dulquer Salmaan, Bejoy Nambiar", Firstpost, ६ अक्टोबर २०१७, अन्तिम पहुँच १९ नोभेम्बर २०१९ 
  21. "Gippy Grewal welcomes Neha Sharma to Punjab", The Times of India, १ अगस्ट २०१९, अन्तिम पहुँच १९ नोभेम्बर २०१९ 
  22. "Bejoy Nambiar's next titled Taish to star Jim Sarbh, Amit Sadh, Harshvardhan Rane and Neha Sharma", Bollywood Hungama, २९ मे २०१९, अन्तिम पहुँच १९ नोभेम्बर २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]