पञ्चतन्त्र
पंचतन्त्र छोटाछोटा कथाहरूको संगालो हो । यो संस्कृत साहित्यको अमर कृति हो । विश्वका धेरै भाषामा यसको अनुवाद भएको छ । यसमा पशुपंछीका कथाहरू छन् । केही कथामा मानिस पात्र पनि छन् । इसपका नीति कथाहरूजस्तै पंचतन्त्रका कथाहरू पनि विश्व प्रसिद्ध प्राचिन नीति कथा हुन् । सबै कथाले मानिसको जीवनलाई आदर्श र नैतिकवान बनाउने शिक्षा र सन्देश दिन्छन् । कथाका पात्र र परिवेशलाई हेर्दा यी कथाहरू भारत उपमहाद्वीपमा सिर्जना भएको सहजै अनुमान गर्नसकिन्छ ।
पञ्चतन्त्र कथासङ्ग्रह विश्वको उत्कृष्टतम कथासंग्रमा पर्दछ । यसमा नीति शिक्षा ईसप्स फेबेल्स र कथाको उत्कर्ष अरेबियन नाइट्स जस्तो छ । यो कथा सङ्ग्रह मूलरूपमा संस्कृतमा छ । अंग्रेजी भाषामा आर्थर रायडरद्वारा अनूदित र जयको पब्लिकेशनबाट प्रकाशित छ । यस कथा संग्रहमा मानिस, पशुपक्षी, कीट, पतंग इत्यादिलाई पात्र बनाइएको छ । कहांसम्म भने पञ्चतन्त्रमा उडुस र उपियांसम्मलाई पात्र बनाएर कथा रचना गरिएका छन् । यसबाट रचनाकारको अद्भुत कल्पनाशीलताको परिचय पाइन्छ ।
यो पं. विष्णु शर्मा द्वारा रचित संस्कृत नैतिक कथा हरूको संगालो हो। पञ्चतन्त्रको शाव्दिक अर्थ हुन्छ- पाँच सिद्धान्तमा आधारित कथा हरू। नैतिक कथा साहित्यमा यसको स्थान पहिलो मानिन्छ। श्रुति परम्पराबाट आजको रूपसम्म आईपुगेको यो नैतिककथाको मूल रूप नभेटिए तापनि उपलब्ध अनुवादहरूको आधारमा यसको रचना काल तेस्रो शताव्दी मानिएको छ। विश्वमा प्रचलित धेरै नैतिक कथाहरूको आधार पञ्चतन्त्रका कथाहरू मानिएका छन्। पञ्चतन्त्रको अर्थ हो पांच प्रकारका तन्त्र वा व्यवस्था । ती पांचवटा तन्त्र निम्नलिखित छन्
१. मित्रभेद-२३ कथा (सिंह र गोरुको मित्रतामा भेद)
२. मित्रलाभ-६ कथा (चरा हरू,मुसा,हरिण र कछुवाको मित्रता)
३. संधि- विग्रह-१६ कथा (काग र लाटोकोसेरोको झगडा र मिलाप)
४. लब्ध प्रणाश-१५ कथा (वादर र गोहिको मित्रतामा हानि )
५. अपरीक्षित कारक-१४ कथा (बिना सोच विचार काम गर्ने ब्राह्मणीको पछुतो सम्बन्धी कथा)
मित्र भेदमा गोरुसंग डराएका जंगलको राजाको कथा छ । राजा डराएको कुरा अरु कुनै जनावरले थाहा पाउंदैनन् । दुई जना मन्त्री करटक र दमनकले थाहा पाउंछन् । राजाले ती मन्त्रीहरूलाई पर्गेलेको हुन्छ र दुवै जनाले आफ्नो पुरानो स्थान प्राप्त गर्न प्रयास गरेका हुन्छन् । यो पहिलो खण्डको मूल कथा हो ।
मित्र लाभमा मित्रहरूबाट प्राप्त हुने सहयोग बताइएको छ । यसको मूल कथामा परेवा, काग, कछुवा, र हरिणका मित्रताको बारेमा बताइएको छ ।
आफुसंग प्राप्त हुन आएको उपलब्धि के कारणले नाश हुन्छ भन्ने कुरा व्याख्या गर्न बांदर र गोहीको कथामार्फत् बताइएको छ । यसलाई लब्धप्रणाश भनिएको छ ।
पांचौंमा परीक्षा नगरिकन कुनै निर्णय गर्दा कस्तो दुर्घटना हुन्छ भन्ने कुरा व्याख्या गर्न एक जना ब्राह्मण र नेउरी मुसाको मूल कथा छ । यस तन्त्रलाई अपरीक्षितकारकम् भनिएको छ ।
काकोलुकीयममा काग र लाटोकोसेरोको कथामा बलवान् र बलहीन हुने अवस्थाको सापेक्षिक तुलना गरिएको छ ।
नाम अनुसार प्रत्येक खण्डमा एक मुख्य कथा छ, त्यस मुख्य कथा भित्र अन्य कथा र उपकथाहरू उनिएका छन् ।
पञ्चतन्त्र कथा पढेपछि आचार्य विष्णुशर्माको भनाई अतिशयोक्ति लाग्दैन । लोकव्यवहारको सजिलो गरी शिक्षा दिन यो भन्दा उत्कृष्ट पुस्तक अर्को छैन भन्न सकिन्छ । मूर्ख शिष्यहरूलाई शिक्षा दिइएको भनेर घोषणा गरिएकोले यो शिक्षण विधि सिकाउने पुस्तक पनि हो भन्न सकिन्छ । ईसपका कथाहरूमा दिइएको नीतिशिक्षाभन्दा पञ्चतन्त्रका शिक्षा र प्रस्तुति दुवै उच्चकोटिको छ ।
कथाहरू भित्र तथा प्रत्येक कथाको अन्तमा नीति श्लोकहरु छन् । यी श्लोकहरु पुराण, स्मृति, नीतिशास्त्र आदि प्राचीन पुस्तकहरूबाट लिइएका छन् । जुन जुन आचार्यका विचार प्रयोग गरिएका छन्, तिनीहरूको नाम ग्रनथको प्रारम्भमा सादर उच्चारण गरिएको छ । पञ्चतन्त्रमा लेखिएको प्रत्येक श्लोक सफल जीवन र लोक व्यवहारका लागि मार्गदर्शक सूत्र जस्तो छ ।
यस ग्रन्थमा सयभन्दा बढी साना र ठूला कथाहरू छन् । यसका भएका कैयौँ प्रसंग, नीति श्लोक र उक्ति रामायण, महाभारत र कौटिलीय अर्थशास्त्रमा पाइन्छन् । केही कथाहरू ईसपका कथामा पनि पाइन्छन् ।
पञ्चतन्त्र कथासङ्ग्रह विश्वको उत्कृष्टतम कथासंग्रमा पर्दछ । यसमा नीति शिक्षा ईसप्स फेबेल्स र कथाको उत्कर्ष अरेबियन नाइट्स जस्तो छ ।
मनोविज्ञान, व्यवहारिकता तथा राजकाज का सिद्धान्तहरूलाई सरल एवं सरस लवजमा प्रस्तुतिकरण नै यसको मूल विशेषता हो।
पूर्वीयनीति कथा हरूको अर्को उल्लेख्य ग्रन्थ हितोपदेश का रचना कार पं. नारायणले स्वयं पञ्चतन्त्रको प्रभावलाई स्वीकार गरेका छन्।
पंचतन्त्रान्तथाडन्यस्माद् ग्रन्थादाकृष्य लिख्यते।
पंचतन्त्रका कथाहरू किन लेखिए भन्ने बारेमा रमाइलो कथा छ । महिलारोप्य नगरमा अमरशक्ति नाम भएका महादानी र प्रतापी राजा थिए । उनीसित धनसम्पत्तीको कमी थिएन । तर उनका तीन भाइ छोराहरू उद्दंड र मूर्ख थिए । छोराहरूलाई कसरी सपार्ने भनेर राजा पिरोलिरहन्थे ।
मूर्ख राजकुमारहरूलाई सपार्न सक्ने शिक्षक राज्यभित्र नभेटिएपछि सुमति नाम गरेका मन्त्रीले विष्णु शर्मा नाम गरेका विद्वन पंडितलाई बोलाएर ल्याए । मन्त्रीले राजकुमारहरूलाई विष्णु शर्माको जिम्मा लगाउन राजालाई सल्लाह दिए ।
राजाले विष्णु शर्मालाई मूर्ख राजकुमारहरूलाई सकेसम्म चाँडै राजनीतिज्ञ बनाइदिन अनुरोध गरे । राजाले उनलाई धेरै धन र जग्गा जमीन इनाम दिने बचन दिए । विष्णु शर्माले भने, ूमैले विद्या बेच्ने काम गर्दिन । तर छ महिनाभित्र यी राजकुमारहरूलाई राजनीति जान्ने बनाउन सकिन भने मैले आफ्नो नाम नै फेर्छु ।ू
मूर्ख राजकुमारहरूलाई विष्णु शर्माको जिम्मा लाएर राजा निश्चिन्त भए । विष्णु शर्माले राजकुमारहरूलाई शिक्षा दिनका लागि अनेक कथाहरू रचे । कथाहरूको माध्यमबाट नै उनले राजकुमारहरूलाई राजनीति, कूटनीति र व्यावहारिक ज्ञानको शिक्षा दिए ।
यसका कतिपय कथाहरू कथाहरूभित्र कथा र कथाभित्रका कथाभित्र पनि कथा छन् । संस्कृत साहित्यको यो प्राचिन शैली हो । यसैले यसभित्र कति वटा कथा छन् भनेर स्पष्टसँग छुट्याउन गाह्रो छ । तै पनि सामान्यतः बजारमा उपलब्ध पंचतन्त्र कथाका पुस्तकहरूमा ४० देखि ८० वटासम्म कथा पाइन्छन् ।[२] http://www.balsansar.com/panchatantra.php.</ref>
नेपाली जनजीवनमा पञ्चतन्त्र कतिसम्म भिजेको छ भने यसबाट अनेक प्रचलित उखान बनिसकेका छन्–
- १. नेउरी मारी पछुतो
- २. बाघको छालामा स्यालको रजाईं
- ३. झर्ला खाउंला
- ४.खुरु खुरु जाना खुरु खुरु आना, सय बुद्धिका परे उत्ताना
- ५. गोहीका आंसु
- ६. देवशर्मा जस्तो कल्पना गर्नु
- ७. काग र उल्लुको जस्तो सम्बन्ध हुनु
- ८. चराले समुद्र सुकाउने कुरा गर्नु
स्रोत
[सम्पादन गर्नुहोस्]- ↑ Johannes Hertel (1915), The Panchatantra : a collection of ancient Hindu tales in its oldest recension, the Kashmirian, entitled Tantrakhyayika, Harvard University Press, page 1
- ↑ http://www.balsansar.com