पञ्चामृत
पञ्चामृत गाईको दूध, दही, घिउ, मह र सखर (उखुको रस) पाँच चिजहरू मिलाएर बनाइने एक प्रकारको पेय पदार्थ हो । हिन्दू धर्ममा पूजा पाठको समयमा पञ्चामृतको धेरै प्रयोग हुन्छ । भारत तथा नेपालका धेरै घरहरूमा पूजा पाठ को समयमा भगवानलाई पञ्चमृत चढाएर पिउने गरिन्छ । दीपावली आदि प्रमुख चाडपर्वहरूका दिनमा पञ्चामृतको विशेष महत्त्व हुन्छ । चाड पर्वहरूका दिनमा पञ्चामृतलाई पहिले मन्दिरमा भगवानलाई चढाएर प्रशादको रूपमा बाँटिन्छ ।
महात्म्य
[सम्पादन गर्नुहोस्]पञ्चामृत दिने समयमा ब्राह्मण अथवा पूजारीले अकाल मृत्यु हरणम् , सर्व रोग विनाशकम् । श्री विष्णु चरणोदकम् पूनर्जन्म न पिविभ्यत । भन्ने एक मन्त्र उच्चारण गर्दछन् । त्यो मन्त्रको अर्थ अकाल मृत्युलाई हरण गर्ने, सबै रोगहरूको नाश गर्ने , भगवान विष्णु चरणोदक पिएर पूनर्जन्म हुँदैन भन्ने हुन्छ । अर्को शब्दमा भन्ने हो भने श्रद्धा पूर्वक पञ्चामृतको पान गर्ने मान्छे संसारमा समस्त ऐश्वर्यहरूलाई प्राप्त गर्दै शरिर पतन पछि जन्म र मरणका चक्रबाट मुक्त हुन्छ । गाईको दूध, गाईको दही, गाईको घिउ र महको मिश्रणमा रोग निवारणका गुण विद्यमान हुन्छन् भन्य विज्ञान तथा चिकित्सा शात्रले पुष्टि गरेका छन् । त्यसैमा यो देवमुर्तीलाई स्पर्श गरायो भने मुक्ति कारक हुन जान्छ भन्ने अध्यात्मिक सत्यता रहेको छ ।