पद्मकुमारी अर्याल
पद्म कुमारी अर्याल | |
|---|---|
| कृषि तथा पशुपंक्षी विकास मन्त्री | |
| कार्यकाल सन् २०२० डिसेम्बर २५ – सन् २०२१ जुन ४ | |
| राष्ट्रपति | विद्यादेवी भण्डारी |
| प्रधानमन्त्री | खड्गप्रसाद ओली |
| भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री | |
| कार्यकाल सन् २०१८ अगस्ट ३ – सन् २०२० डिसेम्बर २५ | |
| राष्ट्रपति | विद्यादेवी भण्डारी |
| प्रधानमन्त्री | खड्गप्रसाद ओली |
| स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री | |
| कार्यकाल सन् २०१८ मार्च १६ – सन् २०१८ अगस्ट ३ | |
| राष्ट्रपति | विद्यादेवी भण्डारी |
| प्रधानमन्त्री | खड्गप्रसाद ओली |
| प्रतिनिधि सभाको सदस्य | |
| कार्यकाल सन् २०१७ – सन् २०२१ | |
| निर्वाचन क्षेत्र | स्याङ्जा २ (निर्वाचन क्षेत्र) |
| दोस्रो संविधानसभा सदस्य | |
| कार्यकाल सन् २०१४ – सन् २०१७ | |
| निर्वाचन क्षेत्र | समानुपातिक प्रणाली |
| व्यक्तिगत विवरण | |
| जन्म | २१ डिसेम्बर १९६८ वालिङ नगरपालिका, स्याङ्जा |
| राष्ट्रियता | नेपाली |
| राजनीतिक दल | नेकपा (एमाले) |
| वेबसाइट | padmaaryal |
पद्मा कुमारी अर्याल एक नेपाली कम्युनिष्ट राजनीतिज्ञ, प्रतिनिधि सभाको सदस्य,[१], पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा कृषि तथा पशुपंक्षी विकास मन्त्री हुन्।[२][३] उनी यसअघि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री पनि थिइन्। [४]
राजनीतिक जीवन
[सम्पादन गर्नुहोस्]वि.सं. २०३९ सालदेखि उनले नेकपा एमालेको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मार्फत राजनीति सुरु गरेकी थिइन्। उनी वि.सं. २०६९ देखि नेकपा एमालेकी केन्द्रीय समिति सदस्य र पार्टीको स्याङ्जा जिल्लाको जिल्ला अध्यक्ष छिन्।[५]
निर्वाचन इतिहास
[सम्पादन गर्नुहोस्]वि.सं. २०७४ को सङ्घीय व्यवस्थापिकाको निर्वाचनमा उनी नेकपा एमालेको स्याङ्जा–२ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट उम्मेदवारी दिएकी थिइन्।[६] उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपालमान श्रेष्ठलाई ३ हजार ५ सयभन्दा बढी मतले पराजित गर्दै विजयी भएकी हुन्। उनले ३५ हजार १४२ मत प्राप्त गरेकी थिइन् भने श्रेष्ठले ३१ हजार ४३६ मत प्राप्त गरेका थिए।[७] उनी वि.सं. २०७४ को प्रतिनिधि सभा निर्वाचनमा जनताको प्रत्यक्ष मतदानबाट संसदमा निर्वाचित हुने मात्र आठ जना महिलाहरू मध्ये एक थिइन्।[५]
| राजनीतिक दल | उम्मेदवार | प्राप्त मत | |
|---|---|---|---|
| नेकपा (एमाले) | पद्म कुमारी अर्याल | ३५,१४२ | |
| नेपाली कांग्रेस | गोपालमान श्रेष्ठ | ३१,४३६ | |
| नतिजा | विजयी | ||
| स्रोत: पहिलो पोस्ट[८] | |||
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Padma Kumari Aryal", na.parliament.gov.np (अङ्ग्रेजीमा), अन्तिम पहुँच ६ नोभेम्बर २०१९।
- ↑ "After widespread condemnation, government backtracks on Guthi Bill", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच ६ नोभेम्बर २०१९।
- ↑ "‘New system will help govt find excess land’", The Himalayan Times (अङ्ग्रेजीमा), २०१९-०८-१२, अन्तिम पहुँच ६ नोभेम्बर २०१९।
- ↑ "'Act will be developed to protect women's reproductive right'", The Himalayan Times (अङ्ग्रेजीमा), २०१८-०४-१०, अन्तिम पहुँच ६ नोभेम्बर २०१९।
- 1 2 Republica, "I deliver whatever I promise: Padma Kumari Aryal", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच ६ नोभेम्बर २०१९। अभिलेखिकरण ६ नोभेम्बर २०१९ वेब्याक मेसिन
- ↑ Republica, "I deliver whatever I promise: Padma Kumari Aryal", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच ६ नोभेम्बर २०१९। अभिलेखिकरण ६ नोभेम्बर २०१९ वेब्याक मेसिन
- ↑ "Syangja : Province 4 - Nepal Election Latest Updates and Result for Federal Parliament", election.ekantipur.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच ६ नोभेम्बर २०१९।
- ↑ "१० जायन्टलाई ढाल्ने १० असाधारण", पहिलोपोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१९।
- नेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)का राजनीतिज्ञहरू
- स्याङ्जा जिल्लाका मानिसहरू
- जीवित मानिसहरू
- नेपालका महिला राजनीतिज्ञहरू
- नेपालको पहिलो संविधान सभाका सदस्यहरू
- सन् १९५२ मा जन्म
- नेपाल सरकारका मन्त्रीहरू
- नेपालका सांसदहरू २०७४–२०७९
- खस जाति
- २१औँ शताब्दीका नेपाली महिला राजनीतिज्ञहरू
- २१औँ शताब्दीका नेपाली राजनीतिज्ञहरू