पुरानो ढाका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ढाका सहरको पुरानो भाग
पुरानो ढाकम
क्षेत्र
सन् १८६१ को चित्रकलामा बुढीगङ्गा नदी पारिपट्टी ढाका सहर[१]
सन् १८६१ को चित्रकलामा बुढीगङ्गा नदी पारिपट्टी ढाका सहर[१]
ब्रिटिस शासनकाल अन्तर्गत ढाका सहरको नक्शाको अवस्थिति
ब्रिटिस शासनकाल अन्तर्गत ढाका सहरको नक्शा
निर्देशाङ्क: २३°४२′२५″उ॰ ९०°२४′३४″पू॰ / २३.७०६९४°N ९०.४०९४४°E / 23.70694; 90.40944निर्देशाङ्कहरू: २३°४२′२५″उ॰ ९०°२४′३४″पू॰ / २३.७०६९४°N ९०.४०९४४°E / 23.70694; 90.40944
देश बङ्गलादेश
जिल्लाढाका जिल्ला
सहर निगमढाका दक्षिण सहर निगम
बस्ती बसेकोलगभग सन् ७०० देखि
स्थापनासन् १६०८
विस्तारसन् १९१० देखि

पुरानो ढाका बङ्गलादेशको राजधानी ढाकाको ऐतिहासिक पुरानो सहरलाई बुझाउन प्रयोग गरिने शब्द हो। यसको स्थापना सन् १६०८ मा बङ्गालको मुगल प्रान्तको राजधानी जहाङ्गीरावाद वा जहाङ्गीरनगरको रूपमा गरिएको थियो भने यसको नाम मुगल सम्राट जहाङ्गीरको नाममा राखिएको थियो। यो बूढीगङ्गा नदीको किनारमा अवस्थित छ। यो दक्षिण एसियाको सबैभन्दा ठूलो र सबैभन्दा समृद्ध सहरहरू मध्ये एक थियो भने यो विश्वव्यापी रूपमा नरम कपडाको व्यापार केन्द्र थियो। बङ्गालका तत्कालीन नवाब मुर्शिदकुली खानले १८औँ शताब्दीको सुरुवातमा राजधानीलाई ढाकाबाट मुर्शिदावादमा स्थानान्तरण गरेका थिए। ब्रिटिस शासनकालमा कलकत्ताको उदयसँगै ढाकाको पतन हुन सुरु भयो र यसलाई "शानदार भग्नावशेषहरूको सहर" को रूपमा चिनिन थालिएको थियो। यद्यपि अङ्ग्रेजहरूले १९औँ शताब्दीको मध्यदेखि आधुनिक सहरको विकास गर्न थालेका थिए।[२]

- आहसान मञ्जिल, ढाका नवाबहरूको बासस्थान
लालबाघ किल्ला

पुरानो ढाका विभिन्न प्रकारका खाना र सबै धर्मका मानिसहरूको सद्भावपूर्ण जीवनको लागि प्रसिद्ध छ। यहाँ उल्लासपूर्ण रूपमा मनाइने प्रमुख इस्लामी चाडहरूमा ईद-उल-फित्र, ईद-उल-अजहा र आशुरा पर्दछन् भने हिन्दू चाडहरूमा दुर्गा पूजा, काली पूजा, र सरस्वती पूजालाई पनि उत्साहका साथ मनाइन्छ।[३][४] सबै धार्मिक समुदायहरूले धेरै भव्यताका साथ मनाउने चाडहरूमा पौष सङ्क्रान्ति, पोहेला फाल्गुन[५], र हलखाता समावेश छन्।[६] धर्मको हिसाबले पुरानो ढाकामा मुस्लिम जनसमुदायको बाहुल्यता छ भने त्यसपछि यहाँ हिन्दूहरूको बाहुल्यता रहेको छ। इसाई र बौद्ध धर्मावलम्बीहरू पनि यहाँ थोरै सङ्ख्यामा रहेका छन्। पुरानो ढाकाका बासिन्दाहरूलाई ढकाइयाको रूपमा चिनिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Painting - De Fabeck, Frederick William Alexander", Victoria and Albert Museum, अन्तिम पहुँच २३ जनवरी २०१८ 
  2. "Saving Dhaka's heritage", BBC Travel 
  3. "Taazia processions held in Dhaka amidst tight security", bdnews24.com, अन्तिम पहुँच २०१७-०३-०१ 
  4. "Durga Puja testifies for religious harmony", Dhaka Tribune (अङ्ग्रेजीमा), २०१६-१०-१२, अन्तिम पहुँच २०१७-०३-०१ 
  5. "Pohela Falgun being celebrated", Dhaka Tribune (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०३-०२ 
  6. "Saraswati Puja tomorrow", Prothom Alo, अन्तिम पहुँच २०१७-०३-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-०१ मिति