फुस्रो सानो कोइली
| फुस्रो सानो कोइली | |
|---|---|
| भाले - केरला, भारतमा | |
| पोथी - नेपालको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा | |
| वैज्ञानिक वर्गीकरण | |
| Kingdom: | जनावर |
| Phylum: | रज्जुकी |
| वर्ग: | चरा |
| गण: | Cuckoo |
| परिवार: | Cuckoo |
| वंश: | Cacomantis (Vahl, 1797) |
| प्रजाति: | C. passerinus |
| वैज्ञानिक नाम | |
| Cacomantis passerinus (Vahl, 1797) | |
फुस्रो सानो कोइली कोइलीको प्रजातिकोनेपाल लगायत दक्षिणी एसियामामा पाइने एक प्रकारको चरा हो।
विवरण
[सम्पादन गर्नुहोस्]फुस्रो सानो कोइली कोइली सानो प्रजाति मध्ये एक हो। यसको कुल लम्बाइ लगभग २३ सेन्टोलीिटर हुन्छ। मुख्यतया वयस्क चराहरूको तल्लो पेट र पुच्छर मुनी सेतो मिसिएको खैरो हुन्छन्। यसको पखेटाहरूमा सेतो बुट्टा हुन्छ। केही पोथीहरूको माथि गाढा मिश्रित रातो खैरो तथा रातो खैरो पुच्छर र पेटको भागमा गाढा खैरो मिश्रित सेतो भागहरू हुन्छन्।
वितरण र बासस्थान
[सम्पादन गर्नुहोस्]फुस्रो सानो कोइलीले दक्षिणी एसियामा नेपाल देखि श्रीलङ्का तथा दक्षिणी चीन देखि इन्डोनेसियासम्मको उष्णकटिबन्धीय क्षेत्रमा प्रजनन गर्दछ। यो चरा नेपाल, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, म्यानमार, पाकिस्तान, र श्रीलङ्कामा पाइएको अभिलेख छ।[१] यो चरा छोटो दूरी पार गर्ने आप्रवासी हो। यस प्रजातिहरूले हल्का खुल्ला जङ्गल र खेती गरिएका क्षेत्रहरूमा वसोबास गर्न मन पराउँछन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 BirdLife International (२०१६), "Cacomantis passerinus", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२२६८३९२०A९३००७६७८, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22683920A93007678.en, अन्तिम पहुँच १२ नोभेम्बर २०२१।