भेडिचौर शिवालय मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाल्पा जिल्ला साबिकको फेक गाउँ विकास समिति हालको रिब्दीकोट, वडा ८, ताल्तुङ्ग, भेडिचौर क्रिकेट ग्राउन्ड सँगै जोडीएको २०७५ सालमा बनेको मन्दिर भेडिचौर शिवालय मन्दिर हो । भेडिचौर शिवालय मन्दिरमा मुख्य रूपमा शिवजीको पूजा हुने भएकाले शिवरात्रि पर्व विशेष महत्त्वका साथ मनाइन्छ । शिवरात्रि नेपालभरि धुमधामसँग मनाइने राष्ट्रिय पर्व हो । प्रत्येक वर्ष फागुन कृष्णपक्ष चतुर्दशीका दिनमा शिवरात्रि पर्व मनाइन्छ ।

भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]

रिब्दीकोट गाउँपालिकाको क्षेत्रफल १२४.५५ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ८ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा तानसेन नगरपालिका, पश्चिममा रैनादेवी छहरा गाउँपालिका, उत्तरमा तानसेन नगरपालिकागुल्मी जिल्ला तथा दक्षिणमा तिनाउ गाउँपालिका रहेका छन् ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]