भोजराज घिमिरे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डा. भोजराज घिमिरे
नेपाल सरकारको मुख्य सचिव
कार्यकाल
वि.सं. २०६३/४/१९ – वि.सं। २०६६/४/२१
प्रधानमन्त्रीगिरिजाप्रसाद कोइराला
पुष्पकमल दाहाल
माधवकुमार नेपाल
पूर्वाधिकारीमुकुन्द शर्मा पौडेल
व्यक्तिगत विवरण
जन्मझापा
राष्ट्रियतानेपाल
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय

वि. सं. २०१४ सालमा बुबा पद्मलाल घिमिरे र आमा लीलादेवी घिमिरेको कोखबाट जन्मिएका भोजराज घिमिरे बहुआयामिक व्यक्तित्व हुन्। नेपाल सरकारको उच्चतह (मुख्यसचिव)[१] बाट अवकास पाएको उनले राजदूतको [२] रूपमा काम गरेर कुटनीतिक अनुभव समेत लिएका छन्। सरकारी सेवा र कुटनीतिक दक्षताबाहेक उनको जीवनको अर्को पाटो साहित्यलेखन पनि हो। मुख्यतया गजल विधामा कलम चलाइरहेका उनी कविता, गीत, कथा र उपन्यास लेखनमा समेत सक्रिय छन्। वि. सं. २०३० सालमा एसएलसी परीक्षा दिएका उनले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। निर्बन्ध आकाश र उन्मुक्त किनारा उनको प्रकाशित गजल सङ्ग्रहको नाम हो।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]