सामग्रीमा जानुहोस्

मञ्जरी (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मञ्जरी
निर्मातागणेशदेव पाण्डे
मुख्य कलाकारगौरव पहारी
वितरक
कम्पनी
दुर्गेश फिल्म्स
देशनेपाल
भाषानेपाली

मञ्जरी (चलचित्र) एक नेपाली कथानक चलचित्र हो ।

वि सं २०७०मा प्रर्दशित नेपाली चलचित्र

धनी गुन्डा बावु की एक्ली छोरी मन्जरी (सुजाता)ले मोटरसाइकल वर्कशपमा काम गर्ने मिस्त्रि ईश्वर (गौरव) लाई मन पराउनु नै फिल्म 'मञ्जरी' को मूलकथा हो । बुबा सम्पन्न भए पनि किशोरीमा साधारण जीवनशैलीको सोख हुन्छ। प्रेममा परेको यो जोडीले एक दिन भागेर काठमाडौँ जाने निर्णय गर्छ। काठमाडौँ आइपुग्न तीन दिन लाग्छ। उता, केटीका बाबु विभिन्न ठाउँमा भौँतारिन्छन् र छोरीलाई फिर्ता ल्याउन अनेक हतकन्डा प्रयोग गर्छन्, यस बीचमा। काठमाडौँबाहिरको सहरबाट हिँडेपछिका तीन दिनसम्मका संघर्षको कथामा आधारति कथा नै मञ्जरी हो। आर्थिकदेखि जातीयस्तरको बेमेलले गर्दा प्रेम जोडीबीच आइपर्ने अवरोध प्रायः फिल्मका चल्तीका मसला हुन् ।कुर्कुरे बैंसमा गरिने आवेगको निर्णयलाई सहज निकास दिन नसक्ने प्रेमी- प्रेमिका वा पहिलो प्रेमको आत्मीयतालाई स्तरको तराजुमा दाँजेर विच्छेद गराउने परिवारबीचको द्वन्द्व हाम्रा आफ्नै भोगाइ झैं लाग्छन् । यसलाई कलाकारको विषेशत: गौरव पहाडी र सुजाता कोइरालाको अभिनय प्रशंसायोग्य छ ।

गौरव पहाडी[स्रोत नखुलेको]
सुजाता कोइराला[स्रोत नखुलेको]
टिका पहाडी
विष्णु रिजाल[स्रोत नखुलेको]
सुजन थापा
रेशम फिरिरी[स्रोत नखुलेको]

'मञ्जरी' कथा सामान्य मात्रै नभई सन् २००८ को सर्वाधिक कमाइ गरेको बङ्गाली फिल्म 'चिरोदिनी तूमी जे अमर'बाट हुबहु उतारिएको हो । उक्त चलचित्रमा मोटरसाइकल वर्कशपमै काम गर्ने सिलिगढीको कृष्णको त्यहीँकी एक विद्यालय छात्रा पल्लवीसँग आँखा जुध्दाजुध्दै घनिष्ठ प्रेम बस्छ । अनि कृष्णले पल्लवीलाई भगाएर कलकत्ता लान्छ । भगाउँदा प्रेमिकालाई घडी समेत फुकालेर -घरको केही पनि नल्याई) आउन भनेको कृष्णले शहरमा साथीभाइको सहयोगले बिहे गर्छ । तर केटीका गुन्डा प्रवृत्तिको बाबु र काकाले भने उनीहरूलाई फेला पार्छन् र फिर्ता ल्याउँछन् । त्यसपछि फिल्मले दर्दनाक अन्त्य लिन्छ । सिलिगढी र कलकात्ताको परिवेशमा बनेको 'चिरोदिनी तुमी जे अमर' फिल्म आफैं पनि मौलिक होइन। सन् २००४ को तामिल चलचित्र 'काढल'को पुन बनाइ हो । 'काढल'लाई सन् २००७ मा कन्नड भाषामा 'चेलुभिना चित्तारा' नामले पनि पुन बनाइ गरिसकेको छ।

निर्देशक गणेशदेव पाण्डेकै लेखन भनिएको फिल्म 'मञ्जरी' उक्त कथाबाट किञ्चित फरक छैन । फरक छ केवल पात्र, भाषा, स्थान र फिल्म युनिट । 'मञ्जरी'मा भर्खर १७मा टेकेकी मञ्जरी पनि ईश्वरको मायामा एकोहोरिएपछि घरबाट कपडा समेत नलिइकन भाग्छे । बङ्गाली फिल्ममा झै मञ्जरीले एक कपडा पसलमा गएर केटाका पहिरन किनेर लगाउँछे र बुटबलदेखि भागेर काठमाडौँ आउँछन्, बिहे गर्छन् । तर यहाँ पनि गुन्डा प्रवृत्तिकै बाबु र अंकलले पक्रेर फिर्ता लान्छन् र अन्त्य उस्तै हुन्छ । पुराना चलेका फिल्मको कपिराइट स्वीकृति लिएर यतिबेला रिमेक फिल्म बनाउने चलन रहेको समयमा 'मञ्जरी'ले पनि सोही बाटोमा आफूलाई प्रस्तुत गरेको भए कम्तीमा चोरीको ट्यागबाट बच्न सक्थ्यो । तर फिल्म गीत/संगीतदेखि नै चोर्नमा प्रेरित छ । प्रवृत्ति गलत भए पनि नेपाली रूपान्तरण भने फिल्मको सबल पक्ष हो । निर्देशक पाण्डेले टिनएजर लभर्सका लागि नयाँ कलाकार गौरव र सुजाताबाट गजबको काम लिन सफल छन् । यी दुई मुख्य कलाकारको अभिनयले दर्शकलाई हलचल गर्न दिँदैन । चरित्र अभिनयमा यी दुवै भविष्यका जबरजस्त कलाकार हुने छनक देखिन्छ । फिल्ममा ईश्वरको हेल्परको रूपमा अभिनय गरेका बालकलाकार सुरज थापाले पनि असाधारण अभिनय गरेका छन् । कतिपय क्यामेरा फ्रेम पनि हुबहु मिल्ने भएकाले छायाङ्कन उत्कृष्ट हुँदाहुँदै पनि जस पाउने एक्लो अधिकार महेश पौडेलले गुमाएका छन् । फिल्मको पाश्र्व संगीत पनि राम्रो छ ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

फिल्म : प्रेम-संघर्षको मञ्जरी[स्थायी मृत कडी]

ढंग पुर्‍याएर चोरिएको कथा-सुशील पौडेल वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-१० मिति

फिल्म समीक्षा: मञ्जरी- चालीस लाखको झुठ!