मस्यौदा:पीताम्बर शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


पीताम्बर शर्मा
जन्मवि. सं. २००४
फलेवास, पर्वत
पेशालेखक, प्राध्यापक, अनुसन्धाता
राष्ट्रियतानेपाली
शिक्षाविद्यावारिधि
विधाभूगोल, जनसंख्या, बसाइँसराइ, सहरीकरण
उल्लेखनीय कार्यहरूनेपाली क्यान्भासका रङहरूः जातीयताको भौगोलिक पक्ष (पुस्तक)

पीताम्बर शर्मा (जन्मः वि. सं. २००४) नेपालका एक प्राज्ञ, लेखक, प्राध्यापक एवं अनुसन्धाता हुन् । भूगोल, सहरीकरण र बसाइँसराइ उनका विशेषज्ञताका मुख्य क्षेत्र हुन् । उनलाई नीतिनिर्माण तहलाई प्रभावित पार्न सक्ने सार्वजनिक बौद्धिक व्यक्तित्व मानिन्छ।[१]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

उनको जन्म पर्वतको फलेवासमा भएको हो । प्रारम्भिक शिक्षा पनि उनले पर्वतमै लिएका हुन् । उनले अमेरिकाको कर्नेल युनिभर्सिटीबाट 'अर्बनाइजेसन एन्ड रिजनल प्लानिङ' मा विद्यावारिधि गरेका छन् ।

मुख्य योगदान[सम्पादन गर्नुहोस्]

दुई दशकभन्दा बढी अध्यापन अनुभव रहेका शर्मा त्रिभुवन विश्वविद्यालयको भूगोल केन्द्रीय विभागमा आबद्ध थिए ।[२] इसिमोड मा उनले सन् १९८९ देखि १२ वर्ष क्षेत्रीय योजनाकारका रुपमा काम गरे ।[३] इसिमोडमै छँदा उनले नेपालका प्राकृतिक स्रोतसाधन र पर्वतीय पर्यटनसम्बन्धी अध्ययन तथा अनुसन्धान गरेका थिए । ‘टुरिजम एज डिभलपमेन्ट’ पुस्तक पनि त्यही बेला लेखेका हुन् । नेपाल जनसंख्या आयोगमा छँदा उनले नै नेपालको पहिलो जनसंख्या नीति एवं रणनीति बनाएका थिए ।[४] सन् २००८ मा उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पनि भए ।[५] २०६३ को परिवर्तनपछि उनले संविधानसभाबाट संविधान निर्माण र राज्यको पुनःसंरचना गर्ने क्रममा बहस र पैरवी गरेर बौद्धिक हस्तक्षेप गरेका थिए । उनले त्यसक्रममा राज्य पुनःसंरचनासम्बन्धी ढाँचा नै प्रस्ताव गरेका थिए ।[६][७][८][९]

प्रकाशित कृति[सम्पादन गर्नुहोस्]

  1. सम आस्पेक्टस् अफ सोसल डेमोग्राफी
  2. नेपाली क्यानभासका रङहरूः जातीयताको भौगोलिक पक्ष (२००८)
  3. अनरिभलिङ द मोज्याकः स्पाटियल एस्पेक्टस् अफ इथ्निसिटी इन नेपाल (२००८)
  4. मार्केट टाउन्स इन द हिन्दुकुश–हिमालयज (२००१)
  5. टुरिज्म एज डेभलपमेन्ट (२०००)
  6. अर्बनाइजेसन इन नेपाल (१९८९)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

श्रेणी:नेपाली लेखकहरू {{subst:Drafts moved from mainspace}}