मिन (टेलर स्विफ्टको गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"Mean"
Taylor Swift is shouting forward with both of her hands tied up with a coil of rope. She is sitting atop a railway line. Above Taylor the words "Taylor Swift" and "Mean" are written in grey color. Next to her is a man with a handlebar moustache wearing a black top hat. He is standing astride with an open clasp and his eyes are looking towards Taylor Swift.
टेलर स्विफ्टको एकल
सार्वजनिक१३ मार्च २०११ (2011-03-13)
ढाँचा
  • सिडी एकल
  • डिजिटल डाउनलोड
लम्बाई:५७
लेबलबिग मेसिन
गीतकार(हरू)टेलर स्विफ्ट
रेकर्ड निर्माता(हरू)
  • नेथन च्यापमेन
  • टेलर स्विफ्ट
टेलर स्विफ्ट एकल कालक्रम
"ब्याक टु डिसेम्बर"
(२०१०)
"Mean"
(२०११)
"द स्टोरी अफ अस"
(2011)
साङ्गीतिक भिडियो
"मिन" युट्युबमा हेर्नुहोस्

"Mean" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट द्वारा लेखिएको गीत हो जुन उनको तेस्रो स्टुडियो एल्बम Speak Nowका लागि रेकर्ड गराइएको थियो। यो गीत १३ मार्च २०११ का दिन स्पिक नाउ साङ्गितीक सङ्गालोको तेस्रो सङ्गीतको रूपमा संयुक्त राज्यको रेडियोमा सार्वजनिक गरिएको थियो। यय गीतको प्रयोग गरिएको शब्दका लागि यसले विश्लेषकहरू द्वारा शकरात्मक समिक्षा प्राप्त गरेको थियो। यस गीतले व्यवसायीक रूपमा राम्रो सफलता प्राप्त गरेको थियो जहाँ यो गीत बिलबोर्ड हट १०० को साङ्गीतिक तालिकामा ११ अौँ स्थानमा पर्दापण गरेको थियो भने क्यानडाको क्यानडेली हट १०० मा १०अौँ स्थानमा पर्दापण गरेको थियो। यो गीत अस्ट्रेलियाली एरिया तालिमा शीर्ष ४५ मा पर्न सफल भएको थियो।

यस गीतको आधिकारिक सङ्गीत श्रव्य दृश्य डिक्लेन ह्वाइटब्लुम द्वारा निर्देशित गरिएको थियो जसले स्विफ्टसँग दृश्यको अवधारणा विकास गरेका थिए। यसले विश्लेषकहरू द्वारा मिश्रित समीक्षा प्राप्त गरेको थियो। यस गीतलाई स्विफ्टले पहिलोपटक ३ अप्रिल २०११ मा दिन ४६अौँ वार्षिक एकेडेमी अफ कन्ट्रि म्युजिक पुरस्कार कार्यक्रममा प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्। ५४अौँ ग्र्यामी पुरस्कारको समारोहमा यस सङ्गीतले उत्कृष्ट कन्ट्रि सङ्गीत र उत्कृष्ट कन्ट्रि एकल प्रस्तुति विधामा ग्र्यामी पुरस्कार हासिल गरेको थियो। अमेरिकी पत्रिका रोलिङ स्टेनले यस सङ्गीतलाई १०० उत्कृष्ट सङ्गीतको सूचीमा २४अौँ स्थान दिएको थियो जसका कारण यो गीत सन् २०१० को दशकको तेस्रो उत्कृष्ट गीतहरू मध्ये एक गीत बन्न सफल भएको थियो।

व्यवसायीक सफलता[सम्पादन गर्नुहोस्]

सन् २०१० अक्टोबर १९ का दिन यस गीतलाई स्विफ्टको तेस्रो साङ्गीतिक सङ्गालो स्पिक नाउको तेस्रो एकलको रूपमा आइट्युन्स स्टोरमा सार्वजनिक गरिएको थियो।[१][२] सार्वजनिक गरे लगत्तै यस गीतका १६३,००० प्रतिलिटरहरू बिक्री भएका थिए जसका कारण यो अमेरिकी हट डिजिटल सङको तालिकामा शीर्ष दुई स्थानमा पर्दापण गरेको थियो।[३] अमेरिकी बिलबोर्ड हट १००को तालिकामा पनि यो गी ३० अक्टोबर २०१० का दिन तालिकामा प्रवेश गरेको थियो। [४][५] यस गीत बिलबोर्ड हट १०० को शीर्ष ११ मा आउन सफल भएको थियो। स्पिक नाउ एल्बम सार्वजनिक हुनु भन्दा अगाडि सार्वजनिक गरिएको गीतहरू खरिद गरेका ग्राहकले त्यसलाई फिर्ता गरी एल्बम खरिद गरेका कारण यो गीत त्यस पछिका हप्ताहरूमा ओरालो लागेको थियो।[४][५] ६ नोभेम्बर २०१० मा यस गीतले हट कन्ट्रि सङको आधिकारिक चार्टमा ५५अौँ स्थान अ‍गट्दै चार्टमा पर्दापण गरेको थियो।[६][७] स्पिक नाउ एल्बमको आधिकारिक एकलको रूपमा सार्वजनिक भएपछि यो गीत पुन हट १०० चार्टमा ९० अौँ स्थान र हट कन्ट्रि सङ्गीतको १७अौँ स्थानमा फर्किएको थियो। १४ मे २०११ मा स्विफ्टले एक कीर्तिमान बनाएकी थिइन् जहाँ उनको गीत १२ अौँ स्थानबाट ९अौँ स्थानमा आएको थियो। [८][९]

यस गीत जुन महिनाका ३ हप्ता सम्म दोस्रो स्थानमा रह्यो भने तात्कालिक समयमा ब्लेक सेल्टनको हनि बी नामक गीत शीर्ष स्थानमा रहेको थियो। [१०] सन् २०११ जुलाई २८ मा यो गीत एयरचेक कन्ट्रि एकल तालिकामा शीर्ष स्थानमा पर्न सफल भएको थियो। १४ अगष्ट २०११ का दिन यस गीतका दश लाख प्रतिलिपीहरू बिक्री भएका थिए भने यसअघि स्विफ्टका १३ गीतहरूका पनि दश लाख भन्दा बढी प्रतिलिपीहरू बिक्री भएका थिए। सन् २०११ को वर्ष समाप्ति तालिकामा यो गीत बिलबोर्ड हट १०० को २४अौँ स्थानमा थियो। यस गीतले अमेरिकी रेकर्ड सङ्घ द्वारा तीन प्लाटिनम प्रमाणपत्र प्राप्त गरेको थियो। [११] सन् २०१९ जुलाईका अनुसार यस गीतका २५ लाख प्रतिलिपीहरू बिक्री भएका छन्।

आधिकारिक एकल सङ्गीतको रूपमा सार्वजनिक हुनु भन्दा अघि यस गीत थुप्रै अन्तर्राष्ट्रिय साङ्गीतिक तालिकाहरूमा अटाएको थियो। [१२][१३] क्यानडामा यो गीत शीर्ष १० मा पर्न सफल भएको थियो। ७ नोभेम्बर २०१० मा यो गीत अस्ट्रेलियाली एरिया चार्टमा शीर्ष ४५ मा पर्न सफल भएको थियो।[१४]

प्रत्यक्ष प्रस्तुति[सम्पादन गर्नुहोस्]

टेलर स्विफ्टले यस गीतको प्रत्यक्ष प्रस्तुति २०११ अप्रिल ३ का दिन ३६अौँ वार्सिक एकेडेमी अफ कन्ट्रि म्युजिक पुरस्कार कार्यक्रममा दिएकी थिइन्। सन् २०११ मे महिनामा स्विफ्टले यस गीतको प्रत्यक्ष प्रस्तुति द एलेन डिजेनेरेस सोमा पनि दिएकी थिइन्। १२ फेब्रुअरी २०१२ का दिन स्विफ्टले यस गीतको प्रत्यक्ष प्रस्तुति ५३अौँ ग्र्यामी पुरस्कारको समारोह कार्यक्रममा पनि दिएकी थिइन्। स्विफ्टले यस गीतको प्रत्यक्ष प्रस्तुति स्पिक नाउ विश्व भ्रमणमा पनि दिएकी थिइन् भने उनले १९८९ विश्व भ्रमणका बेलामा पनि थुप्रै सहरहरूमा यो गीत गाएकी थिइन्। रेपुटेसन विश्व भ्रमणमा आयरल्यान्डको डब्लिनमा पनि स्विफ्टले यो गीतको प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।

साङ्गीतिक तालिका[सम्पादन गर्नुहोस्]

साप्ताहि चार्ट[सम्पादन गर्नुहोस्]

तालिका (सन् २०१०–११) शीर्ष
स्थान
 अस्ट्रेलिया (एरिया तालिका)[१५] ४५
 क्यानडा (क्यानडेली हट १००)[१६] १०
 क्यानडा (क्यानडा कन्ट्री)[१७]
दक्षिण कोरियादक्षिण कोरिया अन्तर्राष्ट्रिय एकल (गाओन चार्ट)[१८] ९२
 संयुक्त राज्य अमेरिका बिलबोर्ड हट १००[१९] ११
 संयुक्त राज्य अमेरिका (हट कन्ट्रि गीत) (बिलबोर्ड)[२०]

वर्ष-समाप्ति तालिका[सम्पादन गर्नुहोस्]

तालिका (सन् २०११) स्थान
संयुक्त राज्य अमेरिका संयुक्त राज्य कन्ट्रि सङ्गीत (बिलबोर्ड) २४

प्रमाणपत्र[सम्पादन गर्नुहोस्]

देशहरू प्रमाणपत्र बिक्री
 क्यानडा (क्यानडा म्युजिक) गोल्ड
[२१]
+ ४०,०००
 संयुक्त राज्य अमेरिका (आरआइएए) ३× प्लेटिनम

[२२]

+ २,५०,००,००

सार्वजनिक इतिहास[सम्पादन गर्नुहोस्]

देश मिति ढाँचा रेकर्ड लेबल
 संयुक्त राज्य अमेरिका[२३] १३ मार्च २०११ कन्ट्रि रेडियो बिग मेसिन रेकर्ड्स

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Taylor Swift Countdown to Speak Now", iTunes Store, Apple, Inc, अन्तिम पहुँच डिसेम्बर १९, २०१० 
  2. "SPEAK NOW 3-WEEK ITUNES COUNTDOWN!", Taylorswift.com, सेप्टेम्बर २७, २०१०, मूलबाट जनवरी ७, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १९, २०१० 
  3. Pietroluongo, Silvio (अक्टोबर २८, २०१०), "Far*East Holds on Hot 100, Swift Makes Another Top Debut", Billboard (Nielsen Business Media, Inc), अन्तिम पहुँच डिसेम्बर १९, २०१० 
  4. ४.० ४.१ "Chart Moves: Taylor Swift, Michael Jackson, Rihanna, Kanye West", aCharts.us, अन्तिम पहुँच डिसेम्बर १९, २०१० 
  5. ५.० ५.१ "Taylor Swift – Mean – Music Charts", billboard.biz, अन्तिम पहुँच नोभेम्बर ४, २०१० 
  6. "Hot 100: Week of April 09, 2011 (Biggest Jump)", Billboard, Prometheus Global Media, अन्तिम पहुँच मार्च ३१, २०११ 
  7. "Hot Country Songs Chart Week of March 26, 2011" 
  8. Trust, Gary (मे ५, २०११), "Weekly Chart Notes: Taylor Swift, Adele, Richard Marx", Billboard, Nielsen Business Media, Inc, अन्तिम पहुँच मे ११, २०११ 
  9. "Advertisement Taylor Swift, Carrie Underwood Make Chart History", WTMA, मूलबाट जुलाई २२, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १०, २०११  वेब्याक मेसिन अभिलेखिकरण जुलाई २२, २०११ मिति
  10. "Mean Marks Taylor's 8th #1", Taylor Swift, TaylorSwift.com, जुन २८, २०११, मूलबाट अक्टोबर ११, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ९, २०११ 
  11. "Week Ending Aug. 7, 2011. Songs: Place Your Bets", Yahoo! Music, Yahoo!, अगस्ट १०, २०११, मूलबाट डिसेम्बर १, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ११, २०११ 
  12. "Best of 2011: Country Songs", Billboard, Prometheus Global Media, २०११, अन्तिम पहुँच डिसेम्बर १०, २०११ 
  13. "Recording Industry Association of America", RIAA, मूलबाट डिसेम्बर २६, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १, २०११ 
  14. "Canadian Hot 100: Week of November 6, 2010 (Biggest Jump)", Billboard, Nielsen Business Media, Inc, नोभेम्बर ६, २०१०, अन्तिम पहुँच नोभेम्बर १, २०१० 
  15. "Australian-charts.com – Taylor Swift – Mean" एरिया शीर्ष ५० एकल अन्तिम पहुँच मिति- January 11, 2012.
  16. "Taylor Swift – चार्ट इतिहास" क्यानडेली हट १०० Taylor Swift. अन्तिम पहुँच मिति January 11, 2012.
  17. "Taylor Swift – चार्ट इतिहास" Billboard Canada Country for Taylor Swift. अन्तिम पहुँच मिति January 11, 2012.
  18. "South Korea Gaon International Chart (Week: January 15, 2012 to January 21, 2012)", Gaon Chart, डिसेम्बर १५, २०१२, मूलबाट डिसेम्बर १९, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २१, २०१२ 
  19. "Taylor Swift – चार्ट इतिहास" बिलबोर्ड हट १०० for Taylor Swift. अन्तिम पहुँच मिति January 11, 2012.
  20. "Taylor Swift – चार्ट इतिहास" Billboard Hot Country Songs for Taylor Swift. अन्तिम पहुँच मितिJanuary 11, 2012.
  21. "टेलर स्विफ्ट मिन" (अङ्ग्रेजीमा), क्यानडा म्युजिक, ४ जुलाई २०११। 
  22. "टेलर स्विफ्टको मिन गीत" (अङ्ग्रेजीमा), आरआइएए, २१ अगष्ट २०१४। 
  23. http://gfa.radioandrecords.com/publishGFA/GFANextPage.asp?sDate=03/13/2011&Format=4[dead link]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]