रङ दे बसन्ती
रङ दे बसन्ती | |
---|---|
![]() प्रचार पोस्टर | |
निर्देशक | राकेश ओमप्रकाश मेहरा |
निर्माता | राकेश ओमप्रकाश मेहरा रोनी स्क्रूवाला |
लेखक | राकेश ओमप्रकाश मेहरा कमलेश पाण्डे रेन्सिल डि'सिल्भा |
कथा | कमलेश पाण्डे |
कलाकार | आमिर खान सिद्धार्थ अतुल कुलकर्णी शर्मन जोशी कुणाल कपूर एलिस प्याटन सोहा अली खान |
सङ्गीत | ए आर रहमान |
छायाङ्कन | विनोद प्रधान |
सम्पादक | पी एस भारती |
उत्पादन कम्पनी | राकेश ओमप्रकाश मेहरा पिक्चर्स |
वितरक | युटिभी मोसन पिक्चर्स |
प्रदर्शन मिति |
|
समयावधि | १५७ मिनेट |
देश | भारत |
भाषा | हिन्दी |
लगानी | ₹२८० मिलियन[१] |
कमाइ | अनुमान₹९७० मिलियन[२][३] |
रङ दे बसन्ती (पञ्जाबी: ਰੰਗ ਦੇ ਬਸੰਤੀ; उर्दू: رنگ دے بسنتى) एक भारतीय हिन्दी चलचित्र हो।[४] यो चलचित्र २६ जनवरी २००६ मा प्रदर्शित भएको थियो। यस चलचित्रको निर्देशक राकेश ओमप्रकाश मेहरा हुन्। चलचित्रमा मुख्य कलाकारहरूमा आमिर खान, सिद्धार्थ नारायण, सोहा अली खान, कुणाल कपूर, आर. माधवन, शर्मन जोशी, अतुल कुलकर्णी र ब्रिटिस अभिनेत्री एलिस प्याटन सामेल छन्।
पच्चीस करोडको लगानीमा बनेको यो चलचित्र नयाँ दिल्ली, मुम्बई, राजस्थान र पञ्जाबमा छायाङ्कन गरिएको थियो। कहानी एक ब्रिटिस वृत्तचित्र निर्माताको हो जो आफ्नो हजुरबुबाको डायरी प्रविष्टिहरूको आधारमा भारतीय स्वतन्त्रता फाइटरहरूको बारेमा एक चलचित्र बनाउनका लागि भारत आउछिन्।
यस चलचित्रलाई सर्वश्रेष्ठ विदेशी भाषा चलचित्रको लागि सन् २००६ बाफ्टा पुरस्कारमा नामाङ्कित गरिएको थियो। रङ दे बसन्तीलाई सर्वश्रेष्ठ विदेशी भाषा चलचित्र वर्गमा गोल्डन ग्लोब पुरस्कार र एकेडेमी पुरस्कारको लागि भारतको आधिकारिक प्रविष्टिको रूपमा चुनिएको थियो। ए आर रहमानको सङ्गीतलाई पनि दुई एकेडेमी पुरस्कार नामाङ्कन मिलेको थियो।[५]
यस चलचित्रलाई दर्शकहरू र समीक्षकहरूद्वारा समान रूपमा प्रशंसित गरिएको थियो।
कलाकार[सम्पादन गर्ने]
- आमिर खान दलजित 'डिजे' / चन्द्रशेखर आजाद सिंहको रूपमा
- सिद्धार्थ करण सिङ्घानिया / भगत सिंहको रूपमा
- अतुल कुलकर्णी लक्ष्मण पाण्डे / राम प्रसाद 'बिस्मिल'को रूपमा
- शर्मन जोशी सुखी राम / शिवराम राजगुरुको रूपमा
- कुणाल कपूर असलम खान / अशफाकउल्ला खानको रूपमा
- एलिस प्याटन सू म्याकिन्लेको रूपमा
- सोहा अली खान सोनिया / दुर्गा वोहराको रूपमा
- किरण खेर मित्रोको रूपमा, डिजेकी आमा
- वहीदा रहमान श्रीमती राठोडको रूपमा, अजयकी आमा
- ओम पुरी अस्मुल्लाह खानको रूपमा, असलमको बुबा
- अनुपम खेर राजनाथ सिङ्घानियाको रूपमा, करणको बुबा
- मोहन आगाशे रक्षामन्त्री शास्त्रीको रूपमा
- स्टिभन म्याकिनटोश जेम्स म्याकिन्लेको रूपमा, सुको हजुरबुबा
- लेख टण्डन डीजेको हजुरबाको रूपमा
- केके रैना रघुवीर मिश्राको रूपमा
- माधवन फ्लाइट लेफ्टिनेन्ट अजय सिंह राठोडको रूपमा (क्यामियो उपस्थिति)
- साइरस साहुकर राहुलको रूपमा (रेडियो जकी)
- बद्रुल इस्लाम रवि / सुखदेव थापरको रूपमा
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Rang De Basanti - Movie - Box Office India", www.boxofficeindia.com, अन्तिम पहुँच १५ जनवरी २०२०।
- ↑ http://www.boxofficeindia.com/movie.php?movieid=369
- ↑ "Top Lifetime Grossers Worldwide (IND Rs)", Boxofficeindia.com, मूलबाट २१ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०११।
- ↑ "'रंग दे बसंती'", बीबीसी हिंदी, २६ सितंबर २००६।
- ↑ "ऑस्कर के लिए जाएगी 'रंग दे बसंती'", बीबीसी हिंदी, २६ सितंबर २००६, मूलबाट २८ अगस्त २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ सितंबर २००६।