राक्षस ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राक्षस ताल
ལག་ངར་མཚོ
राक्षस ताल(दाया) र मानसरोवरको साथमा रहेको कैलाश पर्वतको भूउपग्रहबाट खिचिएको तस्बीर
रहेको स्थानतिब्बत, चीन
भौगोलिक निर्देशांक३०°४१′००″उ॰ ८१°१४′००″पू॰ / ३०.६८३३३°N ८१.२३३३३°E / 30.68333; 81.23333निर्देशाङ्कहरू: ३०°४१′००″उ॰ ८१°१४′००″पू॰ / ३०.६८३३३°N ८१.२३३३३°E / 30.68333; 81.23333

राक्षस ताल(तिब्बती: ལག་ངར་མཚོ།, ZYPY: Lagngar Co; विली भाषा: lag-ngar mtsho; चिनिया: 拉昂错, Pinyin: Lā'áng Cuò; संस्कृत: राक्षस ताल) तिब्बतको पश्चिमी भागमा मानसरोवर तथा कैलाश पर्वतको पश्चिममा अवस्थित ऐतिहासिक महत्त्वको ताल हो। राक्षस ताल सतलज नदीको उद्गमस्थान हो जुन नदी यो तालको उत्तर-पश्चिमी कुनाबाट निस्कन्छ। मानसरोवरको नजीकै रहेर पनि धार्मिक आश्थाले यहाँ पुग्ने पर्यटक निकै कम हुन्छन। संस्कृतमा राक्षसको तालको अर्थ दिनेगरी नामाकरण गरिएको यस ताललाई हिन्दू धर्मग्रन्थहरूमा वर्णित दश टाउका भएको लंकाको राजा रावणले महादेवको घोर तपस्या गरेको स्थानको रूपमा लिने गरिन्छ। बौद्ध धर्ममा भने गोलाकार मानसरोवर र अर्धचन्द्राकार राक्षसताललाई क्रमश: उज्यालो र अँध्यारो पक्ष मानिन्छ। सफा पानी पाइने मानसरोवरको नजीकै रहेर पनि यसमा नुनिलो पानी पाइने हुनाले यो तालमा कुनैपनि जलचर प्राणी तथा वनस्पती पाइदैन त्यसैले स्थानीय वासिन्दाहरू यसलाई विषालु पानीको ताल मान्ने गर्छन।

इतिहास[सम्पादन गर्नुहोस्]

हिन्दू शास्त्रहरूका अनुसार, यो ताल रावणद्वारा बनाइएको थियो। महाशक्ति जुटाउनका निम्ति भगवान शिवलाई रिझाउन सफल भएको थियो।