रोन्डा राउजी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोन्डा राउजी
२०१२ मा राउजी
जन्मरोन्डा जिन राउजी
(1987-02-01) फेब्रुअरी १, १९८७ (उमेर ३७)
रिभरसाईड, क्यालिफोर्निया, संयुक्त राज्य
अन्य नामहरूराउडी (अङ्ग्रेजीमा: Rowdy)
दि आर्म कलेक्टर (अङ्ग्रेजीमा: The Arm Collector)[१][२]
गृह निवासवेनिस, क्यालिफोर्निया, संयुक्त राज्य
राष्ट्रियताअमेरिकी
उचाई५ फिट ७ इन्च (१७० सेमी)[३]
तौल१३५ पाउन्ड (६१ किग्रा; ९.६ स्टोन)[३]
विभागफिदरवेट (२०११)
बान्टमवेट
पहुँच६८.० इन्च (१७३ सेमी)[४]
शैलीजुडो, मुक्केबाजी
फाइटिङसान्ता, मोनिका, क्यालीफोर्निया, संयुक्त राज्य
टिमग्लेन्डेल फाइटिङ कल्ब
गोकर हायस्टन एकेडमी
एसके गोल्डन ब्वाईज
टेन्थ प्लानेट जि-जुत्सु
प्रशिक्षकग्रापलिङ (अल्झिएर भिड्ने कला): जिन लिवेल, रेनर ग्रेसी, गोकोर सिभिसायान, एन्नमरिया डि मार्स
मुक्केबाजी: एडमण्ड टार्वरडायन
क्रम     चौथौ दर्जा कालो बेल्ट जुडोमा[५]
सक्रिय वर्ष२०११ - अहिलेसम्म
मिश्रित मार्सल आर्ट्स रेकर्ड
जम्मा13
जितहरू12
नक आउट द्वारा3
आज्ञाकारिता द्वारा9
हारहरू1
नक आउट द्वारा1
एमेच्योर खेल क्यारियर
जम्मा3
जितहरू3
हारहरू0
अन्य जानकारी
उल्लेखनीय नातेदारहरूएन्नमरिया डि मार्स, 'आमा'
मरीया बर्न्स-अर्तिज , जेठी बहिनी
जेनिफर राओजी, जेठी बहिनी
जुलिया डिमार्स, कान्छी बहिनी'
वेबसाइटrondarousey.net
मिश्रित मार्सल आर्ट्स रेकर्ड शेरडगबाट

रोन्डा जिन राउजी (/ˈrzi/; जन्म फेब्रुअरी १, १९८७) एक अमेरिकी मिश्रित मार्सल कलाकार, जुडो खेलाडीअभिनेत्री हुन् । उनी पूर्व यूएफसी महिला बांटमवेट च्याम्पियन र अन्तिम स्ट्राईकफोर्स महिला ब्यान्टमवेट च्याम्पियन हुन । [६] उनले अहिलेसम्म मिश्रित मार्सल आर्ट अन्तर्गत १२ ओटा जीत पाउन सफल भएकी छिन, जसमध्ये ११ ओटा जित पहिलो राउन्डै भएको र ९ ओटा जित आर्मबारद्वारा हासिल गर्न सफल भएकि छिन । उनी सन् २००८ को ओल्मपिक खेलमा सहभागी भई जुडो तर्फ ब्रोंज मेडल हासिल गरेि जूडो तर्फ ओल्मपिक मेडल ल्याउने प्रथम संयुक्त राज्य बासि महिला बन्न पूगिन । रोन्डा राउजीलाई हायस्तान एमएमए एकेडेमी अन्तरगत गोकोर शिविच्यानले र ग्लान्डेल फाईटिंग क्लबबाट एडमंड टार्भरट्यानले प्रशिक्षण गराउछन । [७] उनी सन् २०१५ मा सर्वाधिक गुगलमा खोज गरिने व्यक्तिको अनुसुचिमा तेस्रो स्थान हासिल गरेकी छिन । [८] सन् २०१५ को डिसेम्बर महिना देखि अल्टिमेट फाईटिंग च्याम्पियनशिपले महिला ब्यान्टमवेट फाईटरलाई दर्जा स्थान दिने क्रममा उनलाई विश्वकै शर्वश्रेष्ठ नम्बर १ महिला फाईटरको अनुसुचिमा राखेको छ । [९] र त्यसैगरी शेरडगफाईट म्याट्रिक्स ले उनलाई दोस्रो स्थानमा राखेको छ । [१०][११] सन् २०१५ को मे महिनामा दुईटा अमेरिकी पत्रिका "स्पोर्ट्स ईलुस्ट्रेडेड्" र "बिजनेस ईन्साईडर" ले राउजीलाई सबैभन्दा मूख्य एवम् प्रवल खेलाडीको दर्जा प्रस्तुत गरेर सम्मान गरेको थियो । [१२][१३][१४] खेलकुद प्रसारण च्यानल ईयसपिएन ले मतदान द्वारा उनलाई अहिलेसम्मकै महान महिला खेलाडीको स्थान प्रस्तुत गरी सम्मान गरेको छ । [१५] २०१५ को सेप्टेम्बर महिनामा एक अन्तरवार्ताका क्रममा राउजीले आफूलाई युएफसीले सबै खेलाडी , महिला एवम् पुरुष, भन्दा बढी रकम आफूलाई तिरेको दाबी गरेकि छिन । [१६][१७] राउजीले पहिलो पल्ट चलचित्र क्षेत्रमा सन् २०१४ मा प्रदर्शन गरिएको दि एक्सपेनडेबल्स ३मा भुमिका निर्वाह गरेकी थिईन ।[१८] त्यसैगरी सन् २०१५ को हलिवुड चलचित्र फ्यूरियस सेभेन साथै ईन्टाउरेज मा पनि उनले आफ्नो भुमिका निर्वाह गरेकी छिन । [१९]

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

राउजीको जन्म रिभरसाईड, क्यालीफोर्निया मा[२०] भएको थियो । आमा एनमरिया डी मार्श तथा बुवा रोन राउजीका तीन सन्तानमध्ये उनी सबैभन्दा कान्छि छोरी थिईन ।[२१] उनका आमा एक जुडो खेलाडी थिए र सन् १९८४ मा उनकी आमाले जुडो वल्ड च्याम्पियनशिप जितेर विश्व जुडो प्रतियोगिता जितेर सोही प्रतियोगिता जित्ने प्रथम संयुक्त राज्य नागरिक बनेकी थिईन ।[२२][२३] त्यसैगरी राउजीको कुल एवम् परिवारमा रहेका केही प्रख्यात नामहरू ईङ्लिस पिपुलपोलिश पिपुल रहेका छन ।[२४] उनका सौतेला बुबा ईन्जिनियर हुन ।[२५] भने उनलाई जन्म दिने बुवाले उनी आठ वर्षको उमेर छदा आत्महत्या गरेका थिए ।[२६][२७] राउजीकी आमा एनमरियाले उनी र उनका बहिनीहरूलाई हुर्काउने क्रममा मनोविज्ञान विषयतर्फ यूनिभरसिटी अफ रिभरसाईडबाट पि. एच. डी. पनि गरेकी छिन ।[२६][२८] उनि जन्मेको ६ वर्ष सम्म एप्राक्शिया (दिमागले बोल्न चाहेको सबै थाहा पाउने तर मुखमा रहेका मांसपेशीहरूलाई सहज रूपमा चलाउन गाह्रो हुने) भएकाले उनले सुगम वाक्य बोल्न सकिनन् ।[२९] जन्म पश्चात उनको घांटीमा नाल कोर्ड लपिटिएर आएको हुनाले उनमा यस्तो विशेषता आउनुको कारण मानिन्छ । सोही कुराले चिन्तित , उनी ३ वर्षको छदा, उनका आमाबुवाले माईनोट स्टेट युनिभरसिटीमा उनको बोली सुधार्न र चिकित्सा लिन रिभरसाईड, क्यालिफोर्नियाबाट जेम्सटाउन, डाकोटा पुगेका थिए ।[३०][३१] राउजीले हाईस्कुल छोडेपनि जि. ई. डी. गरिन जसमा चारओटा विषयको परीक्षा लिएर चारै विषयमा पास भई उनलाई हाईस्कुल तहको मान्यता दिएर प्रमाणपत्र प्रदान गरिएको थियो । उनको पालनपोषण साउथर्न क्यालिफोर्निया तथा जेम्सटाउन, नोर्थ डाकोटामा भएको थियो भने उनले २१ वर्षको उमेरमा जुडोबाट शन्यास लिई २२ वर्षको उमेरमा मिश्रित मार्सल आर्ट लाई आफ्नो पेशा बनाईन ।[३२]

ओलम्पिक र जुडो पेशा[सम्पादन गर्नुहोस्]

राउजीले ११ वर्षको उमेरमै विश्वविजेता जुडो च्याम्पियन आफ्नि आमासँग जुडोको प्रशिक्षण लिन सुरु गरेकी थिईन । त्यसैक्रममा १३ वर्षको उमेरमा उनले प्रशिक्षण लिदा अन्जानमैआमाको कलाई तोडीदिईन र त्यो वर्ष आमाबाट अन्तिम पल्ट उनले प्रशिक्षण पाएकी थिईन ।[३३] १७ वर्षको उमेरमा राउजी एथेन्समा हुनगईरहेको २००४ को ओल्मपिक खेलका निम्ती जुडोतर्फ खेल्न छनोट भईन र त्यो पुरै ओल्मपिक खेलमा उनी सबैभन्दा कम उमेर भएकी जुडो खेलाडी थिईन। त्यसैगरी सन् २००४ को हंगेरीमा समपन्न विश्व जुनियर जुडो प्रतियोगिता अन्तर्गत राउजीले स्वर्ण पदक हासिल गरेकी थिईन ।

सन् २००६ को अप्रिल महिनामा उनी लगभग १० वर्षको अन्तरालमा प्रथम महिला जुडो खेलाडी बन्न पुगिन जसले कुनै पनि हारको सामना नगरि ५-० को रेकर्ड राखी ग्रेट ब्रिटेनमा सम्पन्न भएको बर्मिंघम वर्लड कप प्रतियोगितामा स्वर्ण पदक जितेकि थिईन । त्यही वर्ष उनी १९ वर्षको उमेरमा दोस्रो पल्ट जुनियर वर्ल्ड च्याम्पियनशिप जितेर वर्ल्ड जुनियर च्याम्पियनशिप प्रतियोगिता दुईपल्ट जित्ने प्रथम यु.यस. खेलाडी बन्न पुगिन ।

सन् २००७ को फेब्रुररी महिनामा राउजीले बजन बढाएर ७० क्रिलोग्राममा प्रवेश गरिन जसले गर्दा उनलाई विश्वकै शर्वश्रेष्ठ तीन महिलाहरूको सुचीमा राखिएको थियो । २००७ को वर्ल्ड जुडो च्याम्पियनशिपमा उनले रजक पदक जित्न सफल भएकि थिईन भने २००७ प्यान अमेरिकन गेम्समा स्वर्ण पदक जितेकी थिईन ।

सन् २००८ को अगष्ट महिनामा बेईजिंग, चाईनामा समपन्न ओलम्पिक खेलकुदमा राउजीले जुडोतर्फ सहभागी भईन र सोही खेलको क्वाटरफाईनलमा उनले पूर्व विश्व च्याम्पियन, नेदरल्यान्ड कि डच खेलाडी एडिथ बोक्शसँग हारको सामना गर्नुपरेको थियो तर रेपिचेज ब्राकेट नियम अनुसार उनले कांस्य पदकका निम्ति खेल्न पाईन र सोही पदक एनेट बोहेमलाई पराजीत गर्दै जितेकी थिईन । त्यो जित संगै सन् १९९२ मा स्थापना भएपछि महिला जुडो तर्फ ओल्मपिक खेलमा मेडल ल्याउने प्रथम अमेरिकी महिला बन्न सफल भईन राउजी ।[३४][३५]

मिश्रित मार्सल आर्ट पेशा[सम्पादन गर्नुहोस्]

ओलम्पिकमा मेडल जितिसकेपछि, २१ वर्षको उमेरमा राउजीले जुडोबाट अवकाश लिने निर्णय गरिन । त्यस लगतै अवकाश लिएर उनले आफू लगायत आफ्नो पाल्तु कुकुरको गुजाराका निम्ति बारटेंडर र ककटेल वेट्रेस जस्ता तीन विभिन्न कामहरु पनि गरिन । [३६]

जुडो प्रशिक्षणका सुरुका दीनहरूमा उनकी आमाले उनलाई आफ्ना खेलमित्रहरूले सञ्चालन गरेको जुडो क्लवमा लगेर प्रशिक्षण गराएकी थिईन । गोकोर शिविच्यानद्वारा संचालीत हायस्थान एमएमए एकेडेमी मा गएर रोन्डा राउजी आफ्ना निकट भविष्यका एमएमए संगी म्यानी ग्यामंब्यूरायनकारो परिश्यानसँग प्रशिक्षण लिन थालीन । राउजीका अनुसार हायस्थान एकेडेमी मा "जुडोको एकमै आक्रामक शैली र कलात्मक जापानीज शैली" को प्रशिक्षण गराईन्छ । राउजी खासगरी आफूभन्दा ठूला र बलशाली पुरुष प्रशिक्षकहरूसँग मात्र प्रशिक्षण लिने गर्थिन र निरासाले गर्दा उनी रुने पनि गर्थिन खासगरी जब उनी अरु प्रशिक्षार्थीलाई फ्यॉक्न सक्थिनन् भने उनलाई अरु प्रशिक्षार्थिहरु उनलाई सजिलै फ्यॉक्न सक्थे । एक अन्तरवार्ताका क्रममा राउजीले आफू सन् २००२ देखि २००५ सम्म प्रशिक्षणको हरेक रात रोएर बिताएको बताएकी छिन ।[३३]

प्रारम्भिक दिनहरु[सम्पादन गर्नुहोस्]

रोन्डा राउजीले मिश्रित मार्सल आर्ट मा सुरुवात(डिब्यू) एक एमेच्योरका रूपमा सन् २०१० अगष्ट महिनाको ६ तारिखका दिन गरेका हुन् । उनले आफ्ना प्रतिद्वन्दि हेडन म्युनोज लाई पहिलो राउन्डकै २३ सेकेन्ड भित्र आर्मबार शवमिसन (आज्ञाकारिता) द्वारा हराएर करियरकै पहिलो एमएमए जित पाउँन सफल भईन ।[३७]

नोभेम्बर १२, २०१० मा उनले टफ-एन-उफ प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरिन र १४५ पाउन्ड बजन तर्फ प्रतिस्पर्दा गर्दा आफ्ना प्रतिद्वन्दि अउटम रिचार्डशन लाई पहिलो राउन्डको ५७ सेकेन्डमै आर्मबार सबमिशनद्वारा जीत प्राप्त सफल भईन । [३८]

सन् २०११ को जनुअरी महिनामा समपन्न "टफ-एन-उफ" प्रतियोगिताको सेमी-फाईनल खेलमा उनले टेलर स्ट्राटफोर्ड लाई २४ सेकेन्डमै आर्मबार आज्ञाकारिता द्वारा हराएर जीत पाउन सफल भईन । त्यस जीतपछि उनले व्यावसायिक रुपमै मिश्रित मार्सल आर्ट खेल्ने निर्णय गरीन जसका कारण उनलाई प्रतिस्थापन गरियो ।[३९] रोन्डा राउजीको शौकिया (एमेच्योर) एम.एम.ए. रेकर्ड ३-० रहेको छ र संयुक्तमा मिलाएर उनले लडेका सबै खेलहरूको अवधि २ मिनेट भन्दा पनि कम रहेको छ । [३२] राउजीले व्यावसायिक मिश्रित मार्सल आर्टतर्फ सन् २०११, मार्च २७ मा समपन्न किंग अफ केज: टर्निंग प्वाईन्टमा डेब्यु गरेर खेल सुरु भएको २५ सेकेन्ड भित्रै एडियान गोम्श लाई आर्मबार आज्ञाकारिता द्वारा हराएर जित बटुल्न सफल भएकी थिईन ।[३७][४०] सन् २०११ को जुन महिनामा राउजीले क्यालगरी, क्यानडामा सम्पन्न भएको हार्ड नक फाईटिंग च्याम्पियनशिप मा किकबोक्सिंग च्यामपियन शार्मेन टुईट को एम.एम.ए खेलमा प्रतिसपर्धा गरिन ।[४१] उनले ४९ सेकेन्डमै आर्मबार आज्ञाकारिताद्वारा टुईटलाई हराएर जित पाउन सफल भएकी थिईन ।[४२][४३]

स्ट्राईकफोर्स[सम्पादन गर्नुहोस्]

जुलाई ३०, २०११ मा समपन्न स्ट्राईकफोर्स: फेडर भर्शश हेन्डरसन, स्ट्राईकफोर्स अन्तर्गत एक कार्यक्रम, मा शाराह डि'लेलियो को सामना गरेर रोन्डा राउजीको स्ट्राइकफोर्स डिब्यू निर्धारित गरिएको थियो[४४] तर त्यो खेल पछि सारेर स्ट्राईफोर्स च्यालेन्जर्स १८, सन् २०११ अगष्ट १२, लश भेगस, नेभाडामा खेलीयो ।[४५] त्यो प्रतिस्पर्धापनि रोन्डाले पहिलो राउन्डमै आर्मबारद्वार जित हासिल गर्न सफल भईन । तर रोन्डाको यो जीत विवादास्पद रह्यो । खेल चहिरहदा डि'लेलियो ले एक भन्दा बढी पल्ट "ट्याप" भन्दै कराएको कुरा राउजीले दाबी गरेकी छिन जसको अर्थ मिश्रित मार्सल आर्टमा हार स्विकार गर्नु हो तर डि'लेलियो यो कुरालाई असत्य मान्दै आफूले "ट्याप" नभनि "आ..ह.." भनेर चिच्याएको कुरा दाबी गरेकि छिन । राउजीका अनुसार अझै पनि ति मौखिक शब्दहरूको आज्ञाकारिता द्वारा उनले त्यो प्रतिस्पर्धा जितेकी छिन ।[४६]

लश भेगश, सन् २०११, नोभेम्बर १८ तारीखका दीन स्ट्राइकफोर्स च्यालेन्जर्स २० महोत्सवमा राउजीले जुलीया बड्ड को सामना गरिन ।[४७] त्यस खेलमा उनले आर्मबार आज्ञाकारिताद्वारा जुलीयाको कोहनी तोडेर जीत हासिल गरिन । त्यसपश्चात आफ्नो तौल घटाएर रोन्डा १३५ पाउन्ड पुग्ने र स्ट्राईकफोर्स महिला बॉटमवेट च्याम्पियन मिएशा टेटसँग भिड्ने घोषणा गरिन,जुन त्यतिबेला एक अर्काका प्रतिद्वन्दी एवम् दुस्मन थिए ।[४८][४९]जो रोगेन द्वारा संचालीत एक कार्यक्रम "एक्सपेरियन्स पोड्काष्ट ६९०" मा रोन्डा का प्रशिक्षक एडमन्ड टार्वरड्यान ले भने रोन्डाले १४५ पाउन्ड बिभाजनमा लड्नुको कारण ईच्छुक प्रतिद्वन्धि पाउनमा समस्या पर्नु हो बताएका छन् ।[५०]

पेशागत कुस्ती मा राउजी[सम्पादन गर्नुहोस्]

रोन्डा राउजी पेशागत कुस्ती का प्रशंसक हुन । उनको उपनाम "राउडी" पेशागत पेहलवान स्व. राउडी रोडी पाईपरबाट अनुमति मागेर लिईएको हो ।[५१] रिक फ्लेयरआर्न एन्डरशन को नेतृत्वमा रोन्डा ले आफू लगायत शायना ब्याज्लर, जेशाम् ड्यूक र मरीना शासीरलाई "द फोर होर्सवुमेन" को खिताब दिएकी छिन जुन पेशागत कुस्तीको समुह द फोर होर्सम्यानबाट साभार गरिएको हो ।[५२]

डब्लू. डब्लू. ई. (२०१५ - हालसम्म)[सम्पादन गर्नुहोस्]

रोन्डा राउजीले त्रिपल एचस्टेफ्नी मिकम्यान लाई रेशलमेनीया थर्टि वान मा एरिना (रिंग) छोड्न बाध्य बनाएपछि द रकसँग रमाउदै

"द फोर होर्सवुमेन" लाई डब्लू. डब्लू. ई का टिप्पणीकार एवम् क्यामेरा ले समेत स्विकारेको छ । यो समुह लाई डब्लू. डब्लू. ई. ले २०१४ अगष्ट महिनामा भएको समर सल्याम कार्यक्रम मा दर्शकहरूको माझ सबैभन्दा अगाडि स्थानमा अतिथी को रूपमा प्रस्तुत गरिएको थियो । त्यो कार्यक्रममा उनिहरूले पर्दापछाडी पल हेम्यान लाई भेटेका थिए ।[५३] त्यो रात राउजीलाई wwe.com ले अन्तरवार्ता लिएको थयो जसमा उनलाई ब्रक लेज्नर जस्तै एमएमएबाट पेशागत कुस्ती आउन सक्ने सम्भाबना को बारेमा प्रश्न गर्दा उनले "यू नेभर नो (You never know)" भनेर सोही कुराको सङ्केत गरिन ।[५४]

चलचित्र तर्फ[सम्पादन गर्नुहोस्]

वर्ष चलचित्र को शिर्षक पात्र टिप्पणी
२०१३ दि एक्सपेनडेवल्स ३ लूना
२०१५ ईन्टाउरेज आफ्नै
२०१५ फ्यूरियस ७ कारा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "MMA Champ Ronda Rousey On Being "The Arm Collector" - CONAN on TBS", Youtube.com, अन्तिम पहुँच २०१५-०३-२५ 
  2. "Video: Ronda Rousey on Jimmy Fallon, forces Tonight Show host to tap out", MMAmania.com, अन्तिम पहुँच २०१५-०३-२५ 
  3. ३.० ३.१ ""Rowdy" Ronda Rousey - Official UFC Fighter Profile", UFC.com, अन्तिम पहुँच अगस्ट २, २०१५ 
  4. "Fight Card - UFC 175 Weidman vs. Machida", UFC.com, अन्तिम पहुँच जुलाई ११, २०१४ 
  5. Gary Goltz (अप्रिल २०१०), "Faster, Higher, Stronger - Up Close With Olympic Bronze-Medalist Ronda Rousey", blackbeltmag.com, अन्तिम पहुँच अगस्ट २, २०१५ 
  6. "Dana White UFC 154 Post-Fight Scrum (Complete)", Youtube.com, अन्तिम पहुँच २०१५-०३-१३ 
  7. Grinberg, Emanuella (३ अगस्ट २०१५), "Why Ronda Rousey is such a big deal", CNN 
  8. Sebastian, Michael (डिसेम्बर १६, २०१५), "Here Are the 10 Most Popular People of the Year According to Google", Cosmopolitan, अन्तिम पहुँच १६ डिसेम्बर २०१५ 
  9. "UFC Fighter Rankings". UFC. Retrieved December 11, 2015.
  10. "Sherdog’s Official Mixed Martial Arts Rankings". Sherdog. November 22, 2015
  11. "Women's Bantamweight (129-139.9 lbs) fighter ranks" (Official Release: #462). December 10, 2015. Fight Matrix.
  12. Manfred, Tony; Davis, Scott; Gaines, Cork (मे ६, २०१५), "The 50 Most Dominant Athletes Alive", Business Insider, "She's not just undefeated, she's effectively untouched" 
  13. Wertheim, L. Jon (मे १३, २०१५), "The unbreakable Ronda Rousey is the world's most dominant athlete", Sports Illustrated 
  14. Bieler, Des (मे १३, २०१५), "Ronda Rousey lands on Sports Illustrated cover as 'the world’s most dominant athlete'", Washington Post। 
  15. Arth, Susie (सेप्टेम्बर ९, २०१५), "Best Female Athlete Ever Bracket", ESPN। 
  16. Martin, Damon (September 16, 2015). "Ronda Rousey says she’s highest paid fighter in UFC during Ellen Show appearance". Fox Sports.
  17. "Video of Ronda Rousey on Ellen DeGeneres show: 'I'm the highest paid fighter in UFC'", MMA Mania, सेप्टेम्बर १४, २०१५। 
  18. "Ronda Rousey to Star In 'The Expendables 3'", MMA Insider.net, जुलाई २४, २०१३।  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १८, २०१३ मिति
  19. Garcia, Victor (अगस्ट १२, २०१३), "UFC's Ronda Rousey Adds Another Blockbuster Role, Stirs Debate", en:Fox News Latino  
  20. Avila, David A. (मार्च २, २०१५), "Rousey lifts female fighters into the spotlight", Riverside Press-Enterprise, अन्तिम पहुँच जुलाई ३१, २०१५ 
  21. Martin, Brian (फेब्रुअरी २२, २०१३), "'Rowdy' Ronda Rousey defends her title at UFC 157, first women's main event", en:Los Angeles Daily News 
  22. "Judo in the US: Interview with AnnMaria DeMars", Judoinfo.com, २००९-०८-२४, अन्तिम पहुँच २०१३-०५-२३ 
  23. "Five outtakes with Ronda Rousey", Sports Illustrated, २०१२-११-०२। 
  24. Rousey, Ronda (फेब्रुअरी २७, २०१२), "(Untitled)", टुईटर 
  25. "Ronda Rousey" वेब्याक मेसिन अभिलेखिकरण २०१८-०७-२० मिति. Sportsclash. Retrieved January 11, 2016.
  26. २६.० २६.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Esquire
  27. "UFC 190: Extended Preview". अल्टिमेट फाईटिंग च्याम्पियनशिप. YouTube. July 18, 2015 3:32 mark
  28. Alexander, Jim (July 24, 2015). "ALEXANDER: Rousey's stardom goes way beyond UFC boundaries". en:The Press Enterprise.
  29. Foss, Mike (अगस्ट ६, २०१५), "Ronda Rousey discusses the rare disorder that made her think she was stupid as a child", USA Today 
  30. "Ronda Rousey: The World's Most Dangerous Woman", अन्तिम पहुँच २०१५-०८-०९ 
  31. "Raising Ronda Rousey by AnnMaria De Mars (aka Ronda Rousey's Mom)", YouTube.com, MMAWeekly.com, फेब्रुअरी २१, २०१३। 
  32. ३२.० ३२.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named UFCProfile
  33. ३३.० ३३.१ Kelly, Seth (२०१५), "Can Anyone Beat Ronda Rousey?", UFC: The Official Magazine: ५४।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-०५ मिति
  34. "Ronda Rousey, Annett Boehm", en:LA Times  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०२-०५ मिति
  35. Mihoces, Gary (१३ अगस्ट २००८), "Rousey's bronze makes U.S. history in women's judo", USA Today 
  36. Kelly, Seth (२०१५), "Can Anyone Beat Ronda Rousey?", UFC: The Official Magazine: ५२।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-०५ मिति
  37. ३७.० ३७.१ "Weekend Recap: Ronda Rousey Wins Pro MMA Debut", MMARising.com, २०११-०३-२८, अन्तिम पहुँच २०११-०३-२८ 
  38. "Ronda Rousey, Tay Stratford Advance At Tuff-N-Uff", MMARising.com, २०१०-११-१२, अन्तिम पहुँच २०१०-११-१३ 
  39. "Gray Edges Swinney, Rousey Wins Quickly At Tuff-N-Uff", MMARising.com, २०११-०१-०८, अन्तिम पहुँच २०११-०३-२८ 
  40. "Weekend Rundown: Drwal Demolishes ‘Chocolate’ in Homecoming", Sherdog, २०११-०३-२८, अन्तिम पहुँच २०११-०३-२८ 
  41. "Ronda Rousey vs Charmaine Tweet Set For June 17th", MMARising.com, २०११-०५-०५, अन्तिम पहुँच २०११-०५-०६ 
  42. "Ronda Rousey Wins Quickly In Hard Knocks 12 Co-Feature", MMARising.com, २०११-०६-१७, अन्तिम पहुँच २०११-०६-१७ 
  43. Martin, Brian (जुलाई २९, २०१५), "Ronda Rousey: pro-fight No. 2 - defeated Charmaine Tweet via submission", Los Angeles Daily News 
  44. "Strikeforce Adds Two More Women's Bouts To July 30 Card", MMARising.com, जुलाई १, २०११। 
  45. "Ronda Rousey vs Sarah D'Alelio Now Set For August 12th", MMARising.com, जुलाई ३, २०११। 
  46. Martin, Brian (July 29, 2015). "Ronda Rousey: Pro fight No. 3 - defeated Sarah D'Alelio via technical submission (armbar), 0:25, first round". Los Angeles Daily News.
  47. "Julia Budd vs. Ronda Rousey booked for November Strikeforce Challengers event", en:MMAjunkie.com, अगस्ट ३१, २०११। 
  48. "Ronda Rousey Submits Julia Budd, Plans Drop To 135", MMARising.com, २०११-११-१८, अन्तिम पहुँच २०११-११-१८ 
  49. "Ronda Rousey interview: pro-fight No.4 - defeated Julia Budd via submission", Los Angeles Daily News 
  50. "Joe Rogan Experience podcast 690", Joe Rogan.net।  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-०३ मिति
  51. "Roddy Piper Tells Story of Ronda Rousey Asking Permission to Use "Rowdy" Nickname", MMA News, अन्तिम पहुँच १२ जुलाई २०१५ 
  52. ढाँचा:Ref cite web
  53. "WWE News: Ronda Rousey and the Four Horsewomen backstage at SummerSlam", अन्तिम पहुँच १२ जुलाई २०१५ 
  54. "Exclusive interview: Ronda Rousey spotted backstage at SummerSlam 2014", WWE, अन्तिम पहुँच १२ जुलाई २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]