लक्ष्मीनाथ बेजबरुवा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लक्ष्मीनाथ बेजबरुवा
जन्मनोभेम्बर १८६४
आहतगुडी, नगाँव, असम, भारत
मृत्यु२६ मार्च १९३८
डिब्रूगढ, आसाम, भारत
जातीयताआसामी
पेशालेखक, उपन्यासकार, नाटककार, कवि, सम्पादक, व्यङ्गकार
जीवनसाथीप्रज्ञासुन्दरी देवी

लक्ष्मीनाथ बेजबरुवा (आसामी: লক্ষ্মীনাথ বেজবৰুৱা, हिन्दी: लक्ष्मीनाथ बेजबरुवा; जन्म: १९ नोभेम्बर १८६४–२६ मार्च १९३८) एक आसामी व्यक्तित्व र आधुनिक आसामी साहित्यको अग्रणी साहित्यकार थिए।[१] उनी जोनाकी युगका साहित्यिक पराकाष्ठिहरू हुन्। बेजबरुवाले आफ्नो साहित्य कार्यकालमा थुप्रै निबन्ध, नाटक, कथा, कविताहरू लेखेर आसामी साहित्यमा ठूलो योगदान पुर्‍याएका थिए।[२]

जन्म मितिलाई लिएर भ्रम[सम्पादन गर्ने]

लक्ष्मीनाथ बेजबरुवाको जन्म मिति र उनले लेखेको व्यक्तिगत जीवनको कथालाई लिएर भ्रम उत्पन्न भएको थियो। उनले आफ्नो जीवको भोगाई र व्यक्तिगत जीवनी लगायत आफूले गरेको सङ्घर्ष बारे 'मोर जीवन सोँवरण' (মোৰ জীৱন সোঁৱৰণ) नामक एक पुस्तक लेखका छन्। बेजबरुवाले उक्त पुस्तकको केही अघिल्ला पृष्ठहरूमा आफ्नो जन्म कसरी भयो भनेर लेखेका छन्। उक्त पुस्तकमा उनले लेखेका छन् कि उनका आमाबुबाले उनको वास्तविक जन्म मिति कति हो भन्ने कुरा उनले बिर्सिएको खुलाएका थिए तर उनी बढ्दै जाँदा र युवा अवस्थामा पुग्दा केही अत्यावश्यक कागजातका लागि उनले उनको जन्म मिति खुलाएका थिए। उनले पछि आफ्नो यथार्थ जन्म मिति पत्ता लगाएका थिए। उनका अनुसार उनको जन्म सन् १८६८ भएको हो भने वास्तवमा उनको जन्म १८६४ मा भएको थियो। उनले उनको जन्म कुण्डली र चिनाको जानकारी खोज्नेहरूका लागि प्रस्तुत गरेका थिए भने उनले यसका बारेमा पनि आफ्नो जीवनी पुस्तकमा लेखेका थिए। उक्त लेखको अर्को पृष्ठमा उनले धार्मिक चिना र जन्म कुण्डली अभिभावकहरूले केटाकेटीहरूलाई हेर्न नदिने हुँदा धार्मिक आधारमा जन्म कुण्डली बालबच्चाको हातमा नपरोस् भनेर अभिभावकले छुट्ट‌ै राख्ने गरेको पनि लेखेका थिए भने बेजबरुवाको अनुसार उनको जन्म कुण्डली र धार्मिक चिना हराएका कारण यस्तो अन्योल भएको भनि प्रष्ट पारेका थिए। [३]

लक्ष्मीनाथ बेजबरुवाले आफ्नो जन्म मितिका बारेमा अन्य कुराहरू पनि लेखेका छन्। बेजबरुवाद्वारा लिखित उनको आत्मकथा पुस्तकमा उल्लेख गरिए अनुसार उनको लक्ष्मी पूजाका दिन शरण ऋतुको पुर्णिमाका दिन भएको हो यस पूजा भारत र नेपाल लगायत हिन्दु धर्मवलम्बीको एक महत्वपूर्ण चाड हो। लक्ष्मी पूजाका दिन जन्मिएका कारण लक्ष्मीको (हिन्दु धर्मका भगवान विष्णुको श्रीमती) नामबाट उनको नाम लक्ष्मीनाथ राखिएको कुरा उक्त पुस्तकमा उल्लिखित छ। लक्ष्मी पूजा प्रत्यक वर्ष असोज महिनामा मनाइने गरिएको छ जुन अङ्ग्रेजी महिना अनुसार अक्टोबरमा पर्छ।

बाल्यकाल तथा शिक्षा[सम्पादन गर्ने]

लक्ष्मीनाथ बेजबरुवाको जन्म सन् १८६४ नोभेम्बर १९ को पुर्णिमाको रात नगाँओ जिल्ला नजिक ब्रह्मपुत्र नदीको असीम जलप्रवाह बालुवाको विस्तृत किनारमा जन्मिएका थिए। उनको बुबाको नाम दीननाथ बेजबरुवा हो। लक्ष्मीनाथका बुबा दीनानाथ ब्रिटिस सरकारका उच्च अधिकारीको रुपमा काम गर्थे र कामको सिलसिलामा विभिन्न स्थानहरूमा सरुवा भैरहन्थे जसका कारण उनी उक्त क्षेत्रहरूमा जाने गर्दथे। तात्कालिक समयमा सडक यातायात विस्तार भैसकेको थिएन भने अधिकांश आवागमन नदीमार्गबाटै हुने गरेको थियो र कहिलेकाँही नदी यात्रा धेरै दिन लामो पनि हुन्थ्यो। उनका आमाबाबु नगाँओ जिल्लाबाट बरपेटा तर्फ जाँदै गरेका बेला अहटागुडी नामक स्थान नजिक नदीकिनारमा डुङ्गामा लक्ष्मीनाथ बेजबरुवाको जन्म भएको थियो। बेजबरुवाले आफ्नो बाल्यकाल आसामको विभिन्न ठाउँहरूमा विताएका थिए। उनका बुबा तीनवर्षेसम्म वैष्णव संस्कृतिको केन्द्र मानिने बरपेटामै बसेका थिए भने पछि दीनानाथ ऐतिहासिक नगर तेजापुरमा सरुवा भएका थिए जसका कारण लक्ष्मीनाथ पनि उनको बुबासँग उतै गएका थिए। बुबाको कार्यक्षेत्र परिवर्तन हुँद‌ जाँदा लक्ष्मीनाथ सुन्दर वस्ती लखिमपुर र प्रसिद्ध ठाउँ गुवाहाटीमा पनि पुगेका थिए। उनका बुबाले जागिरबाट अवकाश लिएपछि उनका अभिभावक शिवसागर भन्ने ठाउँमा स्थायी बसोबास गर्थ थाले जसका कारण लक्ष्मीनाथले प्रारम्भिक शिक्षा प्राप्त गर्ने मौका पाएका थिए। [४]


लक्ष्मीनाथ बेजबरुवाले शिवसागर स्थित शिवसागर सरकारी उच्च विद्यालयबाट आरम्भ शिक्षा लिएका थिए भने सन् १८८६ मा उनले सोही विद्यालयबाट प्रवेशिका परिक्षा उतिर्ण गरेका थिए। प्रवेशिका परीक्षा उतिर्ण गरेपछि उनी उच्च शिक्षा हासिल गर्नमा लागि कलकत्ता गएका थिए। सन् १८९० मा बेजबरुवाले कलकत्तामा रहेको एक क्याम्पसबाट स्नातक परीक्षा उतिर्ण गरेका थिए। बेजवरुवा थप शिक्षा हासिल गर्न बेलायती जान चाहन्थे तर उनको परिवारल जातधर्ममा अत्याधिक विश्वास राख्ने भएकाले उनका परिवारका सदस्यहरूले धर्मको उल्लङ्घन हुन सक्के आसाङ्का व्यक्त गरेका थिए जसका कारण उनी कलकत्तामै बस्न बाध्य बनेका थिए। बेजबरुवा एम.ए र बी. एल परीक्षामा सामेल भएका थिए तर उनी सफल हुन सकेनन् जसका कारण लक्ष्मीनाथको अौपचारिक शिक्षा यतिमै सीमित हुन पुग्यो।

साहित्यिक कार्यकाल[सम्पादन गर्ने]

लक्ष्मीनाथ बेजबरुवा आसमेली भाषा र साहित्यका अनुराग हुन्। बेजबरुवाले सी.के अग्रवाल (सन् १८६७-१९३८) र हेम गोस्वामीसँग (सन् १८७२-१९३८) सहकार्य गर्दै तीन जनाको प्रयासमा सन् १८८९ "जोनाकी" नाकम पत्रिका शुरूवात गरेका थिए। बेजबरुवाकै सहयोगमा असमिय भाषा उन्नति सन्धानी संस्थाको पनि स्थापना गरिएको थियो। बेजबरुवाको निर्देशनमा शेक्सपियरको नाटक "द कमेडी अफ एरर्स" को आसमेली भाषामा अनुवाद भएको थियो। यी विभिन्न कार्यहरू बेजबरुवा र उनका सहयोगीहरूले ६-७ वर्षको सीमित अवधिमै सम्पन्न भएको थियो। आसामेली भाषा र साहित्यको उन्नतिका लागि उनका कार्यहरू दूरगामी बन्न सफल भएको थियो। यसै पृष्ठभूमिबाट अघि बढेका बेजबरुवा आसमेदी साहित्यका अविस्मरणीय प्रतिभा हुन सफल भएका थिए। [५]

बेजबरुवाले कविता सङ्ग्रह, नाटक सङ्ग्रह, कथा सङ्ग्रह, निबन्ध, इतिहास र जीवन विधामा कलम चलाएका थिए। बेजबरुवाले हास्य तथा उपन्यासमा समेत कलम चलाएका छन्। बेजबरुवाको एकमात्र काव्यसङ्ग्रह कदमकली (सन् १९१३) हो। उनले बेलिमार चक्रध्वाजसिंह (सन् १९१५), जयमती कुँगर, लिटिकाई, नोमाल, पचनी आदि नाटक लेखेका छन्। सुरभी (सन् १९०९), जुनुका (सन् १९१०), बुडियार साधु, जोनबिरी, काकादेउता आरू नाति लोर्रा, पदम कुँवरी, आदि कथा कृति रचना गरेका छन्। बाखर (सन् १९१५), तत्वकथा आदि निबन्धकृति पनि लेखेका छन्। बेजबरुवाले श्री शङ्करदेव आरू श्री माधवदेव (सन् १९१४), गदाधर सिंह बेजबरुआर वंशवली आदि इतिहास र जीवनसम्बन्धीत कृतिहरू पनि लेखेका छन्। कृपावर बरूआ, ओभातानी (सन् १९०९), बरबख्आर भावन बरबुरानी आदि कृतिहरू लेखेर आफ्नो हास्यव्यङ्ग्यत्मक क्षमता पनि देखाएका थिए। बेजबरुवाले एक राष्ट्रियता झलकाउने सङ्गीत ओ मर अपुनार देश पनि लेखेका छन्।

सम्मान[सम्पादन गर्ने]

लक्ष्मीनाथ बेजबरुवालाई २९ डिसेम्बर १९३१ का दिन शिवनगरमा आसाम साहित्य सभाले रसराजको उपाधि दिएको थियो। आसाम साहित्य सभाले सार्वजनिक गरेको विज्ञप्तिमा बेजबरुवा "साहित्यरथी" (नेपाली - साहित्यका रथचालक) कहलाउनु पहिलो साहित्यकार बन्न सफल भएका थिए।[६] उनले आमासी साहित्य क्षेत्रका विभिन्न विधाहरूमा कृति रचना तथा कलम चलाएका कारण उनलाई उक्त उपाधिले सम्मान गरिएको थियो। सन् १९२१ मा सम्पूर्ण आमास विद्यार्थी सभामा बेजबरुवा उपस्थित भएका थिए। सन् १९२४ गुवाहाटीमा भएको आसाम साहित्य सभाको सातौँ वार्सिक साधरण सभामा पनि उनी उपस्थित भएका थिए।[७] बेजबरुवाको निधन २६ मार्च १९३८ मा ७० वर्षको उमेरमा भएको थियो। उनको मृत्यु हुन भन्दा केही वर्ष अगाडि उनी आसाममा स्थायी बसोबासका लागि आएका थिए। [८]

महर्षि देवेन्द्रनाथ ठाकुरीको दोस्रो सुपुत्री प्रख्यात साहित्यकार तथा लेखक रवीन्द्रनाथ टेगोरीकी भतिजी प्रजासुन्दरी देवी बङ्गाली भाषामा खाना पकाउने विधि सिकाउने पहिलो पुस्तक लेखेकी थिइन् जसको नाम अमिस ओ निरमिस आहार रहेको थियो। प्रजा सुन्दरीले पुन्या नामक एक पत्रिकामा सम्पादन गर्ने गर्थिन्।[९]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

सन् १८९१ मा बेजबरुवाले महर्षि देवेन्द्रनाथ ठाकुरीको सुपुत्री प्रख्यात साहित्यकार तथा लेखक रवीन्द्रनाथ टेगोरीकी भतिजी प्रजासुन्दरी देवीसँग विवहा गरेका थिए। ब्रहम्मसमाजको सुधानितीअनुसार भएको विवहामा पनि बेजबरुवाले दाइजोका रुपमा दस हजार रुपैयाँ दिन खोजिएको थियो तर उनले उक्त दाइजो अस्वीकार गरिदिएका थिए भने उनले दाइजो प्रथाको विरोध पनि जनाएका थिए।[१०]

साहित्यिक कार्य[सम्पादन गर्ने]

कविता सङ्ग्रह

  • कदम कलि (কদম কলি) (सन् १९१३)
  • पदुम कलि (পদুম কলি) (सन् १९६८)

उपन्यास:

  • पदुम कुवँरी (পদুম কুৱঁৰী)
कथा सङ्ग्रह:
  • सुरभि (সুৰভি)(छोटो कथा, सन् १९०९)
  • साधुकथार कुँकि (সাধুকথাৰ কুঁকি)(छोटो कथा, सन् १९१२)
  • जोनबिरि (জোনবিৰি)(छोटो कथा, सन् १९१३)
  • केहोँकलि (কেহোঁকলি)
बाल साहित्य:
  • जुनुका (জুনুকা) (काल्पनिक कथा, सन् १९१०)
  • बुढी आइर साधु (বুঢ়ী আইৰ সাধু)(काल्पनिक कथा, सन् १९११)
  • ककादेउता आरु नाति लेरा (ককাদেউতা আৰু নাতি-ল'ৰা)(काल्पनिक कथा, सन् १९१२)
  • बाखर (বাখৰ)
व्याङ्ग्य निबन्ध सङ्ग्रह
  • कृपाबर बरबरुवार काकतर टोपोला (কৃপাবৰ বৰবৰুৱাৰ কাকতৰ টোপোলা) (सन् १९०४)
  • कृपाबर बरबरुवार ओभोतनि (কৃপাবৰ বৰবৰুৱাৰ ওভোতনি)(सन् १९०९)
  • बरबरुवार भाबर बुरबुरणि (বৰবৰুৱাৰ ভাবৰ বুৰবুৰণি)
  • बरबरुवार बुलनि (বৰবৰুৱাৰ বুলনি)
 हास्यव्यङ्ग्य नाटक:
  • लिटिकाइ (লিটিকাই)
  • नोमल (নোমল)
  • पाचनि (পাচনি)
  • चिकरपाति निकरपाति (চিকৰপতি নিকৰপতি)
 नाटक:
  • जयमती कुँवरी (জয়মতী কুঁৱৰী) (सन् १९१५)
  • चक्रधबज सिङ्ह (চক্ৰধ্বজ সিংহ) (सन् १९१५)
  • बेलिमार (বেলিমাৰ) (सन् १९१५)
  • लिटिकाइ (লিটিকাই) (सन् १८८०)
  • चिकरपाति-निकरपाति (চিকৰপতি-নিকৰপতি) (सन् १९१३)
  • नोमद (নোমল) (सन् १९१३)
  • पाचनि (পাচনি) (सन् १९१३)
 जीवनी:
  • दीनानाथ बेजबरुवा सङ्क्षिपु जीवन चरित (দীননাথ বেজবৰুৱাৰ সংক্ষিপ্ত জীৱন চৰিত)
  • श्री श्री शङ्करदेव (শ্ৰীশ্ৰী শংকৰদেৱ)
  • महापुरुष श्री शङ्करदेव आरु श्री माधवदेव (মহাপুৰুষ শ্রীশংকৰদেৱ আৰু শ্রীমাধৱদেৱ)

आत्मकथा:

  • मोर जीवन सोँवरण (মোৰ জীৱন সোঁৱৰণ)
  • पएलेखा, दिनलेखा (পত্ৰলেখা, দিনলেখা)
 अन्य:
  • कामत कृतत्ब लभिबर सङ्केत (কামত কৃতিত্ব লভিবৰ সংকেত)
  • भागवत कथा (ভাগৱত কথা)
  • भारतबर्षर बुरञ्जी (ভাৰতবৰ্ষৰ বুৰঞ্জ
  • तत्व कथा (তত্ত্ব কথা)
  • श्रीकृष्णकथा (শ্ৰীকৃষ্ণকথা)
  • असमीया भाषा आरु साहित्य (অসমীয়া ভাষা আৰু সাহিত্য)
  • बाँही (বাঁহী)[११]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Amaresh Datta (1987). Encyclopaedia of Indian Literature: A-Devo. Sahitya Akademi. pp. 417–. ISBN 978-81-260-1803-1. https://books.google.com/books?id=ObFCT5_taSgC&pg=PA417. अन्तिम पहुँच मिति: 24 April 2013. 
  2. Empire’s Garden: Assam and the Making of India. Duke University Press. 1 August 2011. pp. 147–. ISBN 978-0-8223-5049-1. https://books.google.com/books?id=W2dtxgZba6MC&pg=PA147. अन्तिम पहुँच मिति: 25 April 2013. 
  3. "NASA – Moon Phases: 1801 to 1900", Eclipse.gsfc.nasa.gov, मूलबाट ५ अप्रिल २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अप्रिल २०१३ 
  4. "Lakshminath Bezbaroa | Assam Portal", Assam.org, अन्तिम पहुँच २४ अप्रिल २०१३ 
  5. Biography (२६ मार्च १९३८), "Biography of Lakshminath Bezbaroa | Biography | Knowledge Hub", Publishyourarticles.net, अन्तिम पहुँच २४ अप्रिल २०१३ 
  6. "Kamat Research Database – Laxminath Bezbaroa", Kamat.com, अन्तिम पहुँच २४ अप्रिल २०१३ 
  7. "Life & Works", sahityarathi.com, अन्तिम पहुँच १९ मे २०१३ 
  8. "Lakshminath Bezbaroa", Indianpost.com, अन्तिम पहुँच २४ अप्रिल २०१३ 
  9. "Lakshminath Bezbaroa", Vedanti.com, १९ जुलाई २०११, अन्तिम पहुँच २४ अप्रिल २०१३ 
  10. "Kamat Research Database – Laxminath Bezbaroa", Kamat.com, अन्तिम पहुँच २४ अप्रिल २०१३ 
  11. "Roy interacts with readers", Telegraphindia.com, ३१ डिसेम्बर २०१२, अन्तिम पहुँच २४ अप्रिल २०१३ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]