सामग्रीमा जानुहोस्

लामपुच्छ्रे हाँस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लामपुच्छ्रे हाँस
भाले
पोथी
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
Clangula

Leach, 1819
प्रजाति:
C. hyemalis
वैज्ञानिक नाम
Clangula hyemalis
(Linnaeus, 1758)
पर्याय

Genus:
Harelda Species:
Harelda hyemalis

लामपुच्छ्रे हाँस नेपालमा पाइने मध्यम आकारको, गठिलो प्रजातिको हाँस हो।

लामपुच्छ्रे हाँसको ठोँड र तीखो पुच्छर हुन्छ । पानी तल पौडिन्छ र डुबुल्की मार्नुभन्दा अगाडि आशिंक रूपले पखेटा खोल्दछ । उडानमा दुवै भाले पोथीको पखेटाको तलमाथि गाढा देखिन्छ । हिउँदमा भाले मुख्यतया सेतो, गालाको टाटो र छाती गाढा र लामो पुच्छर भएको हुन्छ । पोथी र युवावस्थाको भाले फरक फरक पर्ने, अवसर गाढा तालु र फिक्का अनुहार साथै गालामा गाढा टाटो हुन्छ ।

प्रमाणिक नाप[][]
लम्बाई४४०–६०० मिमी (१७.५–२३.५ इन्च)
तौल७४० ग्रा (१.६३ पाउन्ड)
पंखेटाको चौडाई७१० मिमी (२८ इन्च)
पंखेटा२०९–२२८ मिमी (८.२–९.० इन्च)
पुच्छर१६५–२३७ मिमी (६.५–९.३ इन्च)
क्युमेन२६–३० मिमी (१.०–१.२ इन्च)
टार्सस३४–३८ मिमी (१.३–१.५ इन्च)
अण्डा

वितरण तथा वासस्थान

[सम्पादन गर्नुहोस्]
छ टिहुराका साथमा पोथी लामपुच्छ्रे हाँस

लामपुच्छ्रे हाँस नेपाल लगायत अलास्का, उत्तरी क्यानडा, उत्तरी युरोप, रसियामा पाइने गर्छ। यो चरा हिउँदमा उत्तर अमेरिकाको पूर्वी तथा पश्चिमी तट, विशाल ताल, उत्तरी युरोप तथा एसिया र कृष्ण सगरमा बसाई सर्ने गर्छन। यो प्रजातिको हिउँद मौसमको लागि सबैभन्दा उपयुक्त स्थान बाल्टिक सगर हो, यहाँ लगभग ४५ लाखको संख्यामा जम्मा हुने गर्छन। मे महिनाको अन्ततिर यसको प्रजनन् समय हो । धापिलो जमिन, स्वच्छ पानी भएका पोखरीहरु प्रजननका लागि प्रयोग गरिने स्थानहरु हुन् । हिँउद महिनामा विशेषगरी समुद्रमा बिताउने गर्छ । आहारको लागि पानीमा भएका कीराहरू, लार्भाहरूमा भर पर्दछ साथै वनस्पतिमा झ्यास, घाँस र रूखका फलहरूमा भर पर्दछ।

खतरा तथा संरक्षण अवस्था

[सम्पादन गर्नुहोस्]

सिमसार क्षेत्रको विनाश तथा सिकारले गर्दा यो प्रजाति संरक्षणका हिसाबले संवेदनशील अवस्थामा रहेको छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. BirdLife International (२०१२), "Clangula hyemalis", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच जुन २०, २०१२
  2. Godfrey, W. Earl (१९६६), The Birds of Canada, Ottawa: National Museum of Canada, पृ: ७२।
  3. Sibley, David Allen (२०००), The Sibley Guide to Birds, New York: Knopf, पृ: ९७, आइएसबिएन 0-679-45122-6

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]