लिलामणि पौडेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लिलामणि पौडेल
लिलामणि पौडेल
नेपाल सरकारको मुख्य सचिव
कार्यकाल
वि.सं. २०६९/४/२२ – २०७२/४/२१
प्रधानमन्त्रीबाबुराम भट्टराई
खिलराज रेग्मी
सुशील कोइराला
पूर्वाधिकारीमाधवप्रसाद घिमिरे
उतराधिकारीमहेन्द्र बहादुर पाण्डे
चीनको लागि नेपाली राजदुत
कार्यकाल
वि.सं. २०७३ भदौ १६ – २०७६ फागुन १८
पूर्वाधिकारीमहेश कुमार मास्के
व्यक्तिगत विवरण
जन्मबलेटक्सार-५ गुल्मी
राष्ट्रियतानेपाल
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय

लीलामणि पौड्याल नेपालका पूर्वप्रशासक हुन्। यिनले नेपाल सरकार का मुख्य सचिव, चीनका लागि नेपाली राजदूत सम्मको भूमिका निभाएका छन्। पौडेल कडा निजामती सेवा लक्ष्यको नारा , र उनका सामाजिक अभियान , बागमती सफाई महाभियान आफ्नै सक्रियतामा सुरु गरेका क्रियाकलापबाट लोकप्रिय अभियन्ता हुन् ।[१] उनी नेपालमा एक सक्रिय साथै लोकप्रिय व्यक्तिको रूपमा रहे र विभिन्न छलफल , बहस तथा सामाजिक अभियानमा लागिरहे ।

२०७३ भदौ १६मा सरकाले उनलाई चीनको लागि नेपाली राजदुत नियुक गर्यो ।[२] २०७६ फागुन १८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आकस्मिक मन्त्रिपरिषद बैठकले चीनका लागि नेपालका राजदूत लिलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरी महेन्द्रबहादुर पाँडेलाई राजदूत सिफारिस गरेको थियो । मन्त्रिपरिषद बैठकले पौडेललाई १५ दिनभित्र स्वदेश फर्कन निर्देशन समेत दिएको थियो। ललितानिवास जग्गा हिनामिना प्रकरणमा जोडिएका पौडेललाई फिर्ता बोलाउने सरकारले निर्णय गरेको बताएको थियो।[३]

मुख्य सचिव[सम्पादन गर्नुहोस्]

पौडेल वि.सं. २०६९/४/२२ – २०७२/४/२१ सम्म नेपालको निजामती सेवाको उच्चतम पदमा रहे । यो समयमा उनले लामो समयसम्म विवादित रहेको र अन्योल रहेको माओवादी लडाकुको नेपाली सेना मा समायोजन तथा पुनर्स्थापनाको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

बागमती सफाई अभियान[सम्पादन गर्नुहोस्]

पौडेल २०७०बाट सुरु गरिएको बागमती नदि सफाई अभियानको केन्द्रिय पात्र थिए । बागमती नदि को पर्यवारनिय तथा धार्मिक महत्त्व रहेको छ । बागमती नदि संगै अभियान कर्मीहरूले धोबीखोला, बिष्णुमति, नक्खु खोला , हनुमन्ते नदि को सफाई अभियान पनि अघि बढाए । यो अभियान अहिले देशभारी नै फैलिरहेको छ ।[४]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "I gave it all I had", २०१५-०८-३१, अन्तिम पहुँच २०१६-०९-०२ 
  2. "चीनका लागि राजदूतमा लीलामणि पौडेल सिफारिस, दीपकुमारलाई पुरानै जिम्मेवारी २०७३ भदौ १६ गते", २०१६-०९-०१, अन्तिम पहुँच २०१६-०९-०२ 
  3. "लिलामणि पौडेल फिर्ता बोलाउने निर्णय, महेन्द्र पाण्डे राजदूत सिफारिस", २०७६ फागुन १८, अन्तिम पहुँच २०७६ फागुन १८ 
  4. "Bagmati clean-up campaign in 100th week", २०१५-०४-११, अन्तिम पहुँच २०१६-०९-०२