माधवप्रसाद घिमिरे (प्रशासक)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Madhab Prasad Ghimire.jpg
माधवप्रसाद घिमिरे

गृह तथा परराष्ट्रमन्त्री
कार्यकाल
२०६९ चैत्र १ (14 March 2013) – २०७० मंसीर
राष्ट्रपति : रामवरण यादव
अग्रज : बिजयकुमार गच्छदार(गृह), नारायणकाजी श्रेष्ठ (परराष्ट्र)

नियुक्त गर्ने: माधवकुमार नेपाल
प्रधानमन्त्री
व्यक्तिगत जानकारी
जन्म विसं २०१७ माघ २५ गते मंगलबार(१९६१-०२-०७)७ फेब्रुअरी १९६१
पाल्पा जिल्ला, नेपाल
मृत्यु २०७३ असोज १९
मुङलिङ नजीकै त्रिशुली नदी
राष्ट्रियता नेपाली
अलमा मेटर त्रिभुवन विश्वविद्यालय, नेपाल
धर्म हिन्दू

माधवप्रसाद घिमिरे(२०१७-२०७३) नेपाल सरकारका पूर्व मुख्य सचिव हुन्। हाल यिनी खिलराज रेग्मीको अध्यक्षतामा २०६९ चैत्र १ गते गठित अन्तरिम चुनावी मन्त्रीपरिषद् २०६९का गृह तथा परराष्ट्रमन्त्री थिए।[१][२] लामो समय निजामति सेवामा रहेर विशिष्ट श्रेणीसम्म पुगेका घिमिरेलाई तत्कालिन माधवकुमार नेपाल नेतृत्वको सरकारले मुख्यसचिव बनाएको थियो।[३]

जीवनी र शिक्षा[सम्पादन गर्ने]

घिमिरेको जन्म विसं २०१७ माघ २५ गते (७ फेब्रुअरी १९६१)का दिन पाल्पाको तानसेन नगरपालिका–१२मा भएको हो। पाल्पाबाटै विद्यालय शिक्षा पूरा गरेका यिनले त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासन, ग्रामीण तथा क्षेत्रीय विकास योजनामा स्नातकोत्तर र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी)बाट नेपालमा गरीबी न्यूनीकरणसम्बन्धी विकास योजना विषयमा विद्यावारिधि गरेका थिए। यिनको २०७३ असोज १९ गते मुङलिन नजिकै त्रिशुली नदीमा जीप दुर्घटनामा परी निधन भयो।

सेवा[सम्पादन गर्ने]

पूर्व मुख्यसचिव घिमिरे मानव संशाधन व्यवस्थापन र एकीकृत ऊर्जा योजनामा पाकिस्तान, मलेसियाअष्ट्रेलियाबाट पनि उच्च शिक्षा हासिल गरेका छन्। उनी योजना अधिकृतको रूपमा महालेखा परीक्षकको कार्यालयबाट निजामती सेवामा प्रवेश गरेका थिए। घिमिरेले सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको डोटी, राष्ट्रिय योजना आयोगको सचिवालय, सिँचाइ विभागको प्रमुख प्रशासकीय अधिकृत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय र जलस्रोत मन्त्रालयको उपसचिव, मूल्य अभिवृद्धि कर कार्यालयको नायब महानिर्देशक, अर्थ मन्त्रालयअन्तर्गतको वैदेशिक सहयोग समन्वय महाशाखाको प्रमुख, चीनको विशेष प्रशासित क्षेत्र हङकङका निम्ति महावाणिज्यदूतको जिम्मेवारी सम्हालेका छन्। सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सचिवका रूपमा पनि उनले काम गरिसकेका छन्। विभिन्न अन्तर्राष्ट्रिय सभा र सम्मेलनमा भाग लिएका घिमिरेका एक छोरा र एक छोरी छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]