विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/ठूलो घाउँके हावासील

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ठूलो घाउँके हावासील[सम्पादन गर्नुहोस्]

Whitepelican edit shadowlift.jpg

ठूलो घाउँके हावासील नेपाल लगायत दक्षिणपूर्वी युरोप, एसिया तथा अफ्रिकाका सिमसार क्षेत्र तथा ताल तलैया वरपरमा पाइने हावासील प्रजातिको चरा हो। यो चरा दक्षिणपुर्वी युरोप देखि एसिया र अफ्रिकाका नदि र तालहरूमा प्रजनन गर्ने गर्छ। यो चरा विश्व भरी छरिएर बस्ने र धेरै मात्रामा पाइने भएकाले यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वारा कम चासोका प्रजातिको रुपमा वर्गीकृत गरिएको छ र यसलाई आइयुसीएनको रातो सूचीमा पनि सूचीकृत गरिएको छ। यस चरालाई युरोपेली सङ्घ पंक्षी संरक्षण संस्था द्वारा १०८ संरक्षण क्षेत्रहरूमा पनि राखिएको छ। युरोपमा बसोबास गर्ने यस चराको प्रजातिलाई ४३ महत्त्वपूर्ण पंक्षीको रुपमा लिइन्छ। यस चरालाई अफ्रिकी युरेसिया बसाइँसराइ गर्ने पंक्षीको रुपमा पनि लिइन्छ। ठुलो घाउँके हावासील हावमसील प्रजातिका चराहरूमा सबैभन्दा ठूलो चरा हो । हवासील प्रजातिका चराहरूमा सानो घाउँके हावासील बाहेक अन्य सबै प्रजातिहरूको आकार ठुलो नै हुन्छ । यस प्रजातिको एक वयस्क चराको लम्बाई १४० देखि १८० सेमी (५५ देखि ७१ इन्च) हुन्छ भने यसको चुच्चो पहेँलो हुन्छ र लामो हुन्छ जसको लम्बाई २८.९ देखि ४७.१ सेमी (११.४ देखि १८.५ इन्च) हुन्छ। यस चराको एक पखेटा देखि अर्को पखेटाको लम्बाई २२६ देखि ३६० सेमी (७.४१ देखि ११.८१ फिट) जुन उड्न सक्ने चराहरू भन्दा लामो हुन्छ। यस पंक्षीको एक वयस्कको लम्बाई १७५ सेमी (६९ इन्च) हुन्छ भने यसको तौल ९ देखि १५ किग्रा (२० देखि ३३ पाउन्ड) हुन्छ। एक वयस्कको चुच्चोको लम्बाई ३४.७ देखि ४७.१ सेमी (१३.७ देखि १८.५ इन्च) हुन्छ। यस प्रजातिको वयस्क पोथीको लम्बाई भालेको भन्दा थोरै कम हुन्छ तर यसको तौल ५.४ देखि ९ किग्रा (१२ देखि २० पाउन्ड) र यसको चुच्चोको लम्बाई २८.९ देखि ४०.० सेमी (११.४ देखि १५.७ इन्च) हुन्छ।(पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: २३६, अक्षर: ११९, स्पेस: ३४
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू: नेपाल पाइने एक प्रमुख प्रजातिको पंक्षीको पूर्ण जानकारी समावेश गरिएकाले
२०१९ मार्च ०२, ०३:३१:२३ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --
Rp signature.jpg  वार्ता  ००:४३, ३ अप्रिल २०१९ (युटिसी(UTC))
मतदानको आधारमा
स्वीकृत.png
- Nirjal stha (कुरा गर्ने) १४:४४, ३ अप्रिल २०१९ (युटिसी(UTC))
  • Symbol support vote.svg समर्थन

( 'भूपेन्द्र श्रेष्ठ `भूपेन´' ०३:३२, १६ फेब्रुअरी २०१९ (युटिसी(UTC)))

अप्रेल महिनाको लागि प्रमुख लेख आवेदनमा राखिएका सबै लेखहरूमा व्याकरणिय अशुद्धताका साथै अन्य धेरै कमी कमजोरी भएकाले प्रमुख लेख समन्वय समितिका प्रयोगकर्ता साथीहरूले स्विकार गरेनन् । त्यसैले आज अप्रेल महिनाको तिन तारिख सम्म पनि हामिले नेपाली विकिपिडियामा प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेखका लागि परेका आवेदनहरूबाट छानेर राखिएको यो लेखका बारेमा छिटो भन्दा छिटो निर्णय गरेर आजकै दिनमा प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले आफ्नो आफ्नो मत राख्न सबै सक्रिय प्रयोगकर्ता मित्रहरूमा आग्रह गर्दछु ।Rp signature.jpg  वार्ता  ००:५६, ३ अप्रिल २०१९ (युटिसी(UTC))