विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/तिहार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तिहार[सम्पादन गर्नुहोस्]

सन् २०१३ दिपावलीको रात काठमाडौं

तिहार दशैंको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरुमा एउटा हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीका सम्म (पाँच दिन) मनाइन्छ। यस्लाई नै यमपन्चक पनि भनिन्छ यो पाँच दिवसीय पर्व विशेष नेपालमा मनाइन्छ । हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रुपमा यस पर्वलाई धूमधाम सित मनाउँछन् । यस पर्वको नाम हिन्दी शब्दको त्योहार शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। यसलाई दीपावली अनि दिवाली नामले पनि जानिन्छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ । यही दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ । यसै दिन साँझमा मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी,गोवर्धनभाइ पुजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ११४४, अक्षर: ५७४.५, स्पेस: १८०
  • मुख्य सम्पादक: Devraj poudel, Bhawani GautamNirmal Dulal
  • आवेदनकाे कारणहरू: नेपालीको महान पर्व
२०१८ नोभेम्बर १३, ०२:३६:५९ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --Devraj poudel (कुरा गर्ने) ०२:४५, ३० अक्टोबर २०१८ (युटिसी(UTC))
समुदायको समर्थनको आधारमा प्रमुख लेख चयन ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:२१, ३१ अक्टोबर २०१८ (युटिसी(UTC))