विकिपिडिया:प्रमुख समाचार/मापदण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विशेष सामग्रीहरू

प्रमुख समाचार औजारहरू



प्रमुख समाचार[सम्पादन गर्नुहोस्]

प्रमुख समाचारले विकिपिडियामा समय सापेक्ष नयाँ र ताजा घटनासँग अवगत गराउँछ। राष्ट्रिय,अन्तर्राष्ट्रिय घटनाहरूलाई समेटेर नेपाली विकिपिडियाको प्रमुख समाचारमा राख्न सकिनेछ।

प्रमुख समाचारको लागि ढाँचाःप्रमुख समाचारमा गएर सम्पादन गर्न सकिनेछ वा नबुझेमा यसको वार्तालाप पृष्ठमा प्रश्न सोध्नु होला। प्रमुख समाचार विभिन्न समाचार वेबसाइट तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय पत्रिकाको मुख्य समाचारलाई लिन सकिनेछ। समाचार (वा प्रमुख समाचार) विकिपिडियाको प्रमुखपृष्ठको त्यो अनुभाग हो जसमा विश्वव्यापी रुचि भएको खबरहरूलाई सामेल गर्ने गरिन्छ।

खबरमा सामेल लेखलाई विकिपिडियाको लेख लेख्ने शैलीको पालन गर्नु आवश्यक छ। लेखमा यति जानकारी होस् जसले खबरमा भएको सामग्रीलाई पुष्टि गर्न सकोस्। कुनै पनि प्रयोगकर्ताले प्रमुख समाचारको लागि कुनै खबरलाई नामाङ्कित गर्न सक्दछन्, तर प्रस्तावकको नामाङ्कनले मापदण्डहरुलाई पूरा गर्नु पर्नेछ। खबर नामङ्कित गर्नको लागि विकिपिडिया:प्रमुख समाचार/उम्मेदवार हेर्नुहोला।

प्रमुख समाचारको निम्नलिखित उद्देश्य छन्:

  • विकिपिडिया पाठकहरूलाई त्यस लेखसम्म पुग्नमा मद्दत गर्नु हो जसको विषय वा विषयसँग सम्बन्धित कुनै तथ्य चर्चामा होस्।
  • यस्तो विषयबाट पाठकहरूलाई अवगत गराउनु जसलाई उनीहरू खोजिरहेको नभएता पनि भरसक त्यसमा उनीहरुको रुची होस्।
  • विकिपिडिया एउटा गतिशील संसाधन भएको प्रदर्शित गर्ने।
  • विकिपिडिया सम्पादकहरूलाई वर्तमान घटनाहरूसँग सम्बन्धित विषयहरूको लेखहरु अद्यावधिक गर्नका लागि प्रोत्साहित गर्ने।

प्रमुख समाचारमा प्रदर्शित हुनका लागि उम्मेदवारले निम्नलिखित मापदण्डहरूलाई पुरा गर्नु पर्नेछ:

  1. खबर व्यापक रुचीपूर्ण हुनुपर्नेछ। यहाँ व्यापक रुचि जाँच्नका लागि, खबरको विषय अन्तर्राष्ट्रिय वा राष्ट्रिय रूपमा समाचारहरूमा कतिको महत्व दिइएको छ भनेर हेरिन्छ। अतः यहाँ सञ्चार माध्यममा उपस्थितिसँगै घटनाको प्रकृति पनि हेरिनेछ। जुन क्षेत्र/राज्य/राष्ट्रमा घटना घट्यो त्यहाँ त्यस प्रकारको घटना कति समयमा हुन्छ भनेर पनि जाँच गरिन्छ।
  2. खबर १०० अक्षरहरू (अक्षर गणनाको लागि {{अक्षर गणना}} को प्रयोग गरिनेछ) भन्दा ठूलो हुनु पर्ने छैन।
  3. लेख पूर्ण रूपले अद्यावधिक गरिएको हुनु पर्नेछ। खबर प्रमुख पृष्ठमा प्रदर्शित हुनेछ र त्यसको विस्तार लेखमा हुनु पर्नेछ जसलाई पूर्ण रूपले अद्यावधिकको गरिनु पर्दछ।
  4. लेखले विकिपिडियाको लेख लेख्ने शैलीको पालन गर्नु पर्नेछ, त्यससँग सम्बन्धित कुनै गम्भीर मुद्दा विषयसँग जोडिनु हुँदैन। खबरसँग सम्बन्धित तथ्य लेख भित्र विश्वसनीय स्रोतले सान्दर्भित गरेको हुनु पर्नेछ ।
  5. यो विकिसमाचार नभएको हुँदा लेखमा मात्रै खबरको विस्तार नभएर विषयको परिचय पनि हुनु अनिवार्य छ।

प्रक्रियात्मक मापदण्ड[सम्पादन गर्नुहोस्]

  1. समाचार लेख प्रारम्भिक रूपमा कम्तिमा पनि ४०० शब्दको हुनु जरुरी हुन्छ।
  2. {{प्रमुख समाचार}} मा पाँच भन्दा बढी खबर हुनु हुँदैन।
  3. नामाङ्ककर्ता र प्रवन्धक बाहेक अन्य सदस्यहरू पनि नामाङ्कित खबर प्रति आफ्नो समर्थन वा विरोध गर्न प्रोत्साहित गरिन्छ। समर्थन वा विरोध कुनै कारण साथ हुनुपर्नेछ।
  4. घटना (जुन चर्चामा रहेको छ) घटेको ७२ घण्टा भन्दा अधिक प्रतीक्षा गर्नु भएन। यस बीच जस्तो सर्व सम्मति बनेको छ त्यसै अनुसार नामाङ्कनको परिणाम घोषित गरिनु पर्नेछ। ७२ घण्टा पश्चात खबरलाई बासि मानिनेछ।
  5. यदि ७२ घण्टा भन्दा अधिक समय सम्म कुनै कारणले अद्यावधिक हुन पाएन भने:
    1. यदि खबर अझै पनि चर्चामा छ भने त्यसलाई प्रमुखपृष्ठमा राख्न सकिनेछ।
    2. यदि खबर चर्चामा छैन भने त्यसलाई प्रमुखपृष्ठमा राख्न मिल्दैन (यदि त्यस विषयमा सर्व सम्मति भइसकेको छ वा छैन) ।
  6. दीर्घकालिन घटनाहरुको प्रथम खबरलाई सामेल गरिसकिए पश्चात् त्यस घटनासँग सम्बन्धित मात्रै ती खबरहरू सामेल गर्न सकियोस जसले घटनामा आएको कुनै ठुलो परिवर्तनको जानकारी दिन सक्षम होस्। तर एउटा घटनासँग सम्बन्धित मात्रै एउटा हुक प्रमुख समाचारमा हुनु पर्नेछ।
  7. केही विशेष घटनाहरूका लागि सर्व सम्मति बनाउनु आवश्यक छैन। यसलाई दोहोरिने विषय भनिन्छ। यसलाई कुनै प्रयोगकर्ताले नामाङ्कित गर्न सक्छन (जसमा समर्थन/विरोधको जरुरी पर्दैन) वा प्रवन्धक वा ढाँचा सम्पादकहरूले सिधै यस खबरलाई प्रमुख समाचारमा जोड्न सक्छन्।
  8. १ हप्ता भन्दा थोरै समयमा सबै समाचार हटाउन सकिदैन। केही समाचार परिवर्तन गर्न सकिन्छ, तर स्थिरताको लागि सबै समाचारहरूलाई १ हप्ता भन्दा कमको अवधिमा हटाउन मिल्दैन। यदि ७२ घण्टा भन्दा अधिक समय सम्म समाचार परिवर्तन भएको छैन भने यस नियमलाई अपवाद गर्न सकिनेछ।

प्रबन्धक वा ढाँचा सम्पादकहरूका लागि निर्देशन[सम्पादन गर्नुहोस्]

उपयुक्त स्थानहरुमा निम्न ढाँचा लगाउनुस्:

  • लेखको वार्ता पृष्ठमा: ({{खबर वार्ता}})
    {{खबर वार्ता|{{subst:CURRENTDAY}} {{subst:CURRENTMONTHNAME}}|{{subst:CURRENTYEAR}}}}
  • नामाङ्कनकर्ताको वार्ता पृष्ठमा: ({{खबर नोटिस}})
    {{subst:खबर नोटिस|{{subst:CURRENTDAY}} {{subst:CURRENTMONTHNAME}}|{{subst:CURRENTYEAR}}|लेख}} 

जुन प्रयोगकर्ताहरू वा प्रवन्धकहरुले प्रमुख समाचारमा महत्वपूर्ण दीर्घकालिन योगदान दिएको छ उसलाई यस बार्नस्टारले सम्मानित गर्न सकिनेछ ।

चित्र के टाइप गर्ने विवरण
प्रमुख समाचार बार्नस्टार {{subst:प्रमुख समाचार बार्नस्टार|संदेश ~~~~}} प्रमुख समाचार बार्नस्टार ती प्रयोगकर्ताहरूलाई दिईन्छ जसले प्रमुख समाचारमा महत्वपूर्ण दीर्घकालिन योगदान दिएको छ ।