बिजयकुमार गच्छदार
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र विकीकरण गर्न आवश्यक छ । लेख राम्रो पार्न, कृपया विषेश गरी यसको सामग्री, लेआउट, सान्दर्भिकता, वाह्य लिङ्क सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा छ । |
बिजय गच्छदारको जन्म २०१० साल माघ १९ गते सुनसरी ८ पचरामा भएको हो ।इतिहासमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका गच्छदारले २०२६ सालदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्राको थालनी गर्नु भएको थियो । बिजय कुमार गच्छदार मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का स्थापनाकालिन अध्यक्ष हुन्। यिनी संविधान सभाका सभासद पनि हुन्। बिजय कुमार गच्छदार मोरङ क्षेत्र नम्बर ७ र सुनसरी क्षेत्र नम्बर ३ बाट तत्कालिन मधेसी जनअधिकार फोरमको सभासदको रूपमा निर्वाचित भएका थिए। उप-प्रधान एबं भौतिक योजना तथा निमार्ण मन्त्री समेत हुने मौका पाए।
विषयसूची
२०६४ सालको संविधानसभा चुनाव[सम्पादन गर्ने]
२०६४ सालको संविधानसभा चुनावमा गच्छदारले चाहेका केही मान्छेलाई तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले टिकट दिन नमानेपछि उहाँ मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गर्नुभएको थियो । २०६४ सालको संविधानसभा चुनावामा नेपाली कांग्रेसका अगमलाल चौधरीलाई पराजित गर्दै २३ हजार ७ सय ६९ मत ल्याएर विजयी हुनु भएको थियो ।
संविधानसभा निर्वाचन २०७०[सम्पादन गर्ने]
२०७० सालको चुनावमा उहाँले फोरम लोकतान्त्रिकबाट सुनसरी ३ मै चुनाव जित्नुभयो ।
नेपाली कांग्रेस फिर्ता[सम्पादन गर्ने]
नेपाली कांग्रेस र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच एकीकरण गरि, पार्टी छाडेको एक दशकपछि गच्छदार कांग्रेसमै फर्किएका थिए । गच्छदार २०६४ सालमा कांग्रेस पार्टी परित्याग गरेर तत्कालिन मधेसी जनअधिकार फोरममा लागेका थिए ।
प्रतिनिधिसभा निर्वाचन, २०७४[सम्पादन गर्ने]
नेपाली कांग्रेसबाट चुनावमा उठेका विजय कुमार गच्छदार सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित हुदै प्रतिनिधि सभामा निर्वाचित सांसद बनेका थिए ।
निरन्तर मन्त्री[सम्पादन गर्ने]
२०४८ सालपछि अहिलेसम्म १२ पटक मन्त्री भइसकेका गच्छदार चार पटक उपप्रधानमन्त्री बन्नुभएको छ । २०४८ सालमा सञ्चार राज्यमन्त्री, ०५२ निर्माण तथा यातायात मन्त्री, ०५४ निर्माण तथा यातायात मन्त्री, ०५५ निर्माण तथा यातायात मन्त्री, ०५६ पर्यटन तथा नागरिक उड्ययन मन्त्री, ०५६ जलस्रोत मन्त्री, ०५८ जलस्रोत मन्त्री, ०६५ भौतिक योजना तथा निर्माण मन्त्री, ०६६ उपप्रधान तथा भौतीक योजना तथा निर्माण मन्त्री, ०६८ उपप्रधान तथा गृहमन्त्री, ०७२ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, ०७४ मा उपप्रधान तथा स्थानीय विकास मन्त्री बन्नुभयो ।