विद्यानाथ पोख्रेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विद्यानाथ पोख्रेल
विद्यानाथ पोख्रेल
जन्मविद्यानाथ पोख्रेल
१९७५ जेष्ठ २७
कचिडे, धनकुटा
मृत्यु२०५१ भाद्र ९
काठमाण्डौ
मृत्युको कारणहृदयाघात [१]
राष्ट्रियतानेपालनेपाली
नागरिकतानेपाली
पेशाकवि, राजनीतिज्ञ
जीवनसाथीगिरीजाकुमारी पोख्रेल
सन्तानमुकुन्दप्रसाद पोख्रेल, उपेन्द्रप्रसाद पोख्रेल
मातापितालोकनाथ पोख्रेल, रेणुका पोख्रेल
आफन्तसुमन पोखरेल

विद्यानाथ पोख्रेल (अङ्ग्रेजी: Bidhyanath Pokhrel, २७ जेष्ठ १९७५ - ९ भाद्र २०५१); नेपाली भाषाका कवि तथा नेपाली राजनितिज्ञ हुन् । उनले वि.सं. २००७ सालको क्रान्तिमा धनकुटा जिल्लामा रहेर धनकुटा फ्रन्टको नेतृत्व सम्हालेका थिए । इतिहासकार दमनराज तुलाधरका अनुसार पोख्रेलले विना हिंसा राणाहरूलाई पराजीत गरी धनकुटालाई प्रजातन्त्रवादीको कब्जामा लिएका थिए । विशेष गरेर हास्य विधाका कलम चलाउने पोखरेलले ‘आदर्श युवक’ शीर्षकको उपन्यास तथा ‘मदिरास्त्रोत्र’, ‘बाउन्नेस्त्रोत्र’ लगायतका कविताहरू लेखेका छन् ।[२][३]

कवि तथा राजनीतिज्ञ पोख्रेलको २५ अगस्ट १९९४ का दिन हृदयाघातका कारण काठमान्डुमा देहावसान भयो ।[१]


सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Bidnyanath Pokhrel", Geni, अन्तिम पहुँच १५ फेब्रुअरी २०१९ 
  2. तुलाधर, दमनराज (१९८०), [समकालीन नेपाल १९४५ - १९५५] |trans-title= |title= आवश्यक (सहायता) (अङ्ग्रेजीमा), काठमान्डु: लक्ष्मी प्रकाशन, पृ: ३४०। 
  3. "विद्यानाथ पोख्रेल:: कविता कोश" (नेपालीमा), कविताकोश, अन्तिम पहुँच १५ फेब्रुअरी २०१९