"इन्डियन प्रिमियर लिग" का संशोधनहरू बिचको अन्तर
Jump to navigation
Jump to search
→पृष्ठभूमि
सन् २००८ देखि सञ्चालन भएको यस प्रतियोगिताको पाँचौँ संस्करण यो वर्ष (२०१२)मा अप्रिल ४ देखि भारतमा जारी छ। प्रत्येक वर्ष आयोजना हुने आईपीएलको दोस्रो संस्करण (२००९) भारतमा आमनिर्वाचन तथा सुरक्षाका कारण दक्षिण अफ्रिकामा सारिएको बाहेक अन्य सबै प्रतियोगिता भारतमै सञ्चालन हुँदै आएका छन्।
भारतीय क्रिकेटको सर्वोच्च संस्था बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)को सक्रियतामा स्थापित आईपीएलको मुख्यालय भारतको मुम्बईमा
सन् २०१०मा इन्डिया टाइम्सको सहभागितामा युट्युबमा प्रत्यक्ष प्रसारण हुने आईपीएल अहिलेसम्मकै पहिलो खेलकुद कार्यक्रम पनि बनेको छ। चौथो संस्करणसम्म आईपीएलको ब्रान्ड भ्यालु ३ दशमलव ६७ अर्ब अमेरिकी डलर भएको अनुमान गरिएको छ। स्पोर्टिङ इन्टिलिजेन्स डटकमका अनुसार खेलाडीले पाउने पारिश्रमिकका आधारमा अमेरिकी बास्केटबल लिग नेसनल बास्केटबल एसोसिएसन (एनबीए)को दाँजोमा मात्र यो दोस्रो छ। प्रो राटाका आधारमा आईपीएलका प्रत्येक खेलाडीको औसत वाषिर्क आय निकै राम्रो छ।
तेस्रो संस्करणसम्म आठ टिमको सहभागिता रहेको आईपीएलमा चौथो संस्करणदेखि दुई टिम पुणे वारियर्स तथा कोचीलाई थप्ने निर्णय गरियो। कोचीको टिम सहभागिताक्रममा निकै विवादास्पद तथ्य देखापरेपछि तत्कालीन भारतीय केन्द्र सरकारका राज्यमन्त्री शशी थरुरले राजीनामा नै दिनुपर्यो। यसैक्रममा भारत सरकारका विभिन्न निकायले सम्भावित अनियमितताको श्ाङ्कामा आईपीएल तथा सहभागी सबै टिमको आर्थिक मामिलामा समेत अनुसन्धान गर्यो। त्यसलगत्तै बीसीसीआईले सन् २०१० डिसेम्बरमा ललित मोदीलाई आईपीएल अध्यक्षबाट हटायो। कोचीले भने चौथो संस्करणमा सहभागिता जनाउन पायो।
कोची टिमको सहभागिता नरहेको यस संस्करणमा आईपीएलले प्रत्येक टिममा खेलाडी सङ्ख्या ३० लाई बढाएर ३३ पुर्यायो। यस संस्करणमा नौ टिमबीच ७६ म्याच खेलाईनेछ, जसको उद्घाटन खेल मुम्बईमा भयो भने समापन मे २७मा चेन्नईमा हुनेछ। एघार विभिन्न स्थानमा हुने यी म्याच डबल राउन्ड लिगका आधारमा होम एन्ड अवेको तरिकाबाट खेलाईँदै छ। हालसम्मको प्रतियोगिताको सफल टिम चेन्नई सुपर किङ्ग्सलाई मानिन्छ, यसले तेस्रो र चौथो संस्करणको उपाधि हात पारेको छ। यसैगरी, राजस्थान रोयल्स पहिलो संस्करण र डेकन चार्जर्स दोस्रो संस्करण विजेता रहेका छन्।
==ट्रफी र पुरस्कार ==
|