वीरगाथा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

महापुरुष योद्दाहरुको ऐतिहासिक भूमिकाको वर्णन गर्दै डोटी क्षेत्रमा गौरापर्व , कुनै शुखद अबसरमा वीरगाथा, धमारी, चैतको रुपमा इतिहासको बर्णनगर्ने गरिन्छ | यस्ता केही वीरगाथा धमरी निम्न अनुसार छन् |[१]

उदै देउवाको वीरगाथा[सम्पादन गर्ने]

  • सुदाया (धोएका) लुकुडा (लुगातेरा) निरमैला भया । बटारेका लडुचीउरा पकपक फुटी गए,
  • ईतिबडा असगुन घरैबसीभया । हेर बुवा उदै देउवा, घरैबसीजाय ।
  • बलिएको चेलो बलैमाथी जान्छ जिया, राजाको मान्छ जिया राजामथि जान्छ ।
  • बारबीस बलाईर तु मेरो भाइ हो, आजको छकाली तु दिएलाई (खानादिए)
  • काटी हाल्यो खसीबोका पकाईहाल्यो भात, पुग नपुग कटक हमु जाउला साथ,
  • तहाई त उदैले चलुभलु कियो रानी ढुङ्गा ढाऊ, तहाईत त चलुभलु कियो फुलौटी गाड जाई बेली बासोलियो ।
  • फुलोटी खण्ड्का तुईमेरो भाइ आजको छकालो तुई देलाई काटी हाल्यो खसी बोका पकाई हाल्यो भात पुग नपुग कटक हमुजाउला साथ ।
  • वारी छ बाननी गडो पारी छ रिडीकोट एक पैकालो मारी दोसरो पैकलो धाई, दोसरो पैकलो मारी तेसरोमी धाई ,
  • तेसरोमारी चौथामी धाई ,चौथो मारी पचौमी धाई , पचौमारी छऔमी धाई, छऔ पछी सतौ मी धाई सातै मरी सकेपछी उदै देउवा मारिए ।

त्यसपछि उदै देउवाले आप्mनो प्राण जाँदा भनेछन् बोगटी (ठकुरीवोगटी)की चेली जति हमुसाथ (सती) आए , चन्न (ठकुरी चन्द) की चेली जति चेला पाली रहेया

  • ईजु जती मयालुकी आउनै छ कयां । बुबा जति कजयकी रन पर्यो भन्या । मेरा भागको लडु चिउरा वाँडी चुढी खाया । ”

सुना देउवाको वीरगाथा[सम्पादन गर्ने]

  • १२ गाउँ पर्वत, १२ गाउँ माल, १२ गाउँ मालैको को छ रजवार,
  • १२ गाउँ मालैका जसु रजवार । जसु जति रजवार विन्ती सुनिलिए ।
  • कुमाऊँगढ लड्नलाई सुना देउवा हमु दिए देउवाका कोट तलि धानैका रास
  • के जानलो सुना बालो जुझना (युद्धलडना) को वात ।
  • देउवाका कोट तलि उदरु (अदुवा) का खात बलिको बोका बबा बलि कर जान्छ ,
  • बामनको चेलो जति वेदकर जान्छ , ठकुरीको चेलो जति रण कर जान्छ ।
  • देउवाका कोट तलि पिँडालुका खात जुध्धै गर्ने रणजाने ठकुरीको जात ।
  • उमेरैको लुडो तुडो जुझनाको पुरो, जिया जति जसु मेरै वलु लिए ।
  • कुमाऊगड लडन जान्छु लाडु (कसार एक प्रकारको खाने कुरोको गोलो बनाएर तयार गरिने वस्तु ) बटारी लिए ।
  • बटारेका लाडु बला धुलो बाडी भयो इतरैको असगुन घरै बसी भईछ । असगुन जनबोल सगुनै बोल,
  • मेरै भन्नु मान्न छैत रण जन जाए वुढा बुढी जीया, बबा कैलाइ सुप्पी जान्छौ ।
  • बुढा बुढी जीया बबा महल कुरन्ना जेठी रानी गोमता मेरै बलु लिए, कुमाऊगड लडन जान्छु ।
  • सामल कुटाई दिए । कुटाए सामल धूलो बाडी भयो । मेरो भन्या मान पाउ समाई बिन्ती गर्छु रण जन जाए ।
  • कोखका चेला जति कैलाई सोैपी जान्छौ । कोखका चेलाजति गोमता सौपन्छु । बबा जति जसु देउवा मेरो बलु लिए ।
  • कुमाऊँगढ लड्न जान्छु, कटक खेडी दिए । लैजाहो सुना देउवा, देउवा, वोगटी, चन्न रे मल्ल, लैजाहो सुना देउवा पन्थ, पनेरु,
  • लैजा हो सुना देउवा काला गोरा विष्ट, लैजाहो सुना देउवा चौसाली राउल, लैजा हो सुना देउवा भट्ट, कठाइत
  • लैजा हो सुना देउवा ढाँट वलायर, लैजा हो सुना देउवा वोहरा चोखाल, लैजा हो सुना देउवा खाँती खड्का ...।
  • जेठी रानी गोमता मेरै बोलु लिए, कुमाऊँगढ लड्न जान्छु, जिउनार साली दिए (पकाएरको खाना झोलामा राखेर दिएको)
  • सालेसुले जिउनारीको खायो दही र भात, देउवाकै कोट तलि भउतै कठे गावु सम्झी जाए सुना बाला (सुनादेउवा)
  • बुढा जिया बाबु, बुढा बुढी जीया बबा नइर सम्झी गयो, देउवाका कोट तलि भउतै मीठा केला सम्झी जाय सुना देउवा कोखैका चेला,
  • कोखैका चेला जति नइर सम्झी गयो । देउवाका कोट तलि मंग्राऊ (कुवा)को भउतै ठन्न पानी, सम्झी जाय सुना देउवा घरैकी रानी,
  • घरैकी रानी जति नइत सम्झी गयो । त्यहाँईत सुना देउवा चलुभलु कियो, राइलैका गाउँ जाई बेली बासु लियो ।
  • रायलैका रावल जति मरै बलु लिए । कुमाऊँगढ लडन जान्छु हमु साथदिए । कोरे दिन्ना खसी बोका कोरे दिन्ना भात,
  • मैलै दिउलो खसीबोका जन्ता दिन्ना भात । त्यँहाइ त सुना देउवा चलुभलु कियो काली गँगा घाट जाई बेलीबासो लियो ।
  • काली गँगा घाटैका गावैका खम्वा, जुझिगै सुना देउवा भइगै धुली रम्म, लम्कन्छ बगेपुछ ठनकन्छ घाँट, सुना देउवालागि गैछ, विखम्मै साँट ।
  • काली गँगा घाटैका बहुतै कठे गावु, अव सम्झयो, सुना देउवा बुढा जिया बाबु । सँगका साथी भाइ घर लौटी जाय बबा जति सोधन्ना त रण प¥यो भन्या ।
  • गोमता सोधन्नी त सती आउनु भन्या । त्यहाँइ त जोलिए चेलो चलुभलु कियो । देउवाका कोटआई बेली बासो लियो ।
  • क्याउखी (किनआईस)आई जोलीए चेला, क्याउखी सोची वात, वात के कहुँ राज हृदय लागि घाँत । त्यहाँइत जमनाले चलुभलु कियो ।
  • काली गगाँ घाट जाई बेली बासो लियो । आला सुका काठैका बनाई हाल्यो चिता, रानी साथ जमना स्वर्ग लोक गइछन् सिधा ।

दिपा देउवा रजवारको धमारी[सम्पादन गर्ने]

रैकाराजा महपति शाही र दिपा रजवार(देउवा)को वार्तालाप वि.स.१६ शाके १५०२ वि.स.१६३७ मा

  • वरालि सेरी रजवार दिपा घररै छौकी नै ?
  • दिपा घररै छौकी नै ? क्याउरे खरो घरै छौ गोसाई, राजौ घरै छौ गोसाई । दिपा रे दिपा रजवार दिपा हण्डुरदेश(भोट) जान, दिपा हण्डुर देश जान हण्डर देश जाउला गोसाई रोतालि क्या हम पाउला । सुन लोटाउँला चाँदी पिटाउँला , चाइन्याजति रोज, दिपा चाइन्याजति रोज । जिउनाकी द्यँुला जिमिरे जग्गा मर्याकी अरिहल्याखोज दिपा मर्याकी अरिहाल्या खोज । भोटमा लडाई गर्न जाँदा दिपा देउवा रजवार र उनकी रानीको वार्तालापको करुणा ः

क्याउ हुण्डुर रोतालि द्यौंला, अरिहाल्या ध्याउना रे धिउना, मानुकी वत्थि मानुकी सेरी दुदेरुपो बुकि हेराउनी धुलौटो पाति बोललिय रनमुख लुकुडा सुजाइ खणेखाली लकुडा अन रे यिबार पुतैबर ढल्या चिउणेली लुछिहाल्योवाड ध्यकाइ चल म्वाख आदि ।

भूवाल मल्लको धमारी[सम्पादन गर्ने]

  • जिजडा नगरी राजौ सिरलैइन पानी
  • पुर राजा भट्टकी मउ निसी कनलेईनजानी
  • तल राजा कुमङ्ले मउ निसी जानी
  • कइ केस भट्ट, कईकेस जायो
  • हरिकेश भइ करन भट्ट जायो
  • कुमाउ गडाई राजा डडेल्धुरा आयो
  • कइ कइ थडीवडीको कागज आयो
  • वडाराजा हरी शाहीको कागज आयो
  • धाउने धेउनो जोली चेलो पचनाली आयो
  • सब जना मल्लकी वैठी सवाई
  • हात दियो कागजकी मुख सजाई वात
  • कहो कहो जोली चेलो कहँु सुचीवात
  • ईजु जिउ मैनावती मेरोवोलु लिए
  • कटकिन जानछु जिउँनारसाली दिए
  • मल्लकी ठाँकरी बाँस्न लाग्यो काग
  • मल्लकी जिउँनार सकुनभुट्यो साग
  • रानी जिउ सुकुडावती मेरावोलु लिए
  • कटकिन जानछु लुकुडा सुजाई दिए
  • लाई हाल्यो छय्डौ राजौ सुजाई हाल्यो वागो
  • सुजायको वागो राजौ चिण्डीकी पूmल
  • कुटायो चामल राजौ दुधकी तर
  • पिनायो धुलो राजौ मईदा प भयो
  • इजु जिउ मैनावती मेरावोलु लिए
  • कटकिन जानछु लाडु बनाइ दिए
  • पाँच कट्टे पन्नर पाँखर गाद
  • भाट वोहरा सामल पाँज
  • दान्कोटी पैकाला पाँखर गाद
  • वाला वुढेउली पाखर गाद
  • पैर पैर भूवाल मल्ल गाथ करी वागो
  • पैर पैर भुवाल मल्ल माथकरी साई
  • पैरपैर भूवामल मल्ल जाँगका सुतना
  • पैर पैर भूवाल मल्ल कन्डकरी फेटा
  • पैर पैर भूवाल मल्ल टाटु रुद्र माला
  • पैर पैर भूवाल मल्ल सिरभूज छाता
  • पैर पैर भूवाल मल्ल पयका पयन्ना
  • सुन मुठो छुरी यौडो धारु पाईतो सार
  • कहाँ पाँजु सामलकी कहाँ पाँजु लाडु
  • सिकी पाँजु सामलकी पवगली पाँज लाडु
  • ठुम ठुम भूवाल मल्ल वटोली लाग
  • त्यहाँईत भूवाल मल्ल चलुभलु कियो
  • लुहाखडी माडौ जाई वेलीवासो लियो
  • लुहाखडी दैत्य तोइमन ध्याउ
  • तोइमन धाउ त खाडा जसो पाउ
  • खाडा हारी आउत मंण्डव धडाउ
  • खाडा जिति आउत केटी चढाउ
  • अरिहाल्यो छेडामेडा पकाई हाल्यो भात
  • तारे जति ताना खोल्यो यारै पाउ छल्यो
  • खाई हाल्यो भात अरि हाल्यो वात
  • तहाइ त भूवाल मल्ल चलुभलु कियो
  • भूम देउली माडौ जाई वेलीवासो लियो
  • भूम देउली दैत्य तोईमन धेउ
  • तोईमन धेउत खाडा जसो पाउ
  • खाडा हारी आउ त मण्डव धडाउ
  • खाडा जिति आउत गोल चढाउ
  • तहाई त भूवाल मल्ल चलुभलु कियो
  • राईका माडौं जाई वेलीवासो लियो
  • राईका ईङड्े दैत्त तोई मन धाउ
  • खाडा हारी आउत मंण्डव धटाउ
  • खाँडो जिति आउत गडवा चढाउ
  • तहाई त भूवाल मल्ल चलुभलु कियो
  • तडीगैरा गई वेलीवासो लियो
  • ताहीवाट लेग गई भूmल्के लाग्यो घाम
  • चडा जसा मल्लकी बेस राजसी डिठ
  • कुमाउका वलु विष्ट डाँडी काँडी हिट
  • धौला हाँसे घोडाचडी डाँडी काँडी हिट
  • तहाँ पडी भूवालकी डिठ
  • नौ सेरा पैकाला के हो तेरो नाउ
  • नौसेरा पैकला कुमाउको वलुविष्ट नाँउ
  • नौसेरा पैकला के हो तेरो नाउँ
  • नौ सेरा पैकाला भूवाल मल्ल मेरो नाउ
  • तिमि हामी पैकाला रण जुझीी जाँउ
  • नाग मल्लको साँचिलो नाती
  • तरवार वैठायो माष्टीक माथि
  • कहाँ पडे वलु विष्ट कहाँ पडी पाख
  • डिड पड्या वलु विष्ट भिटा पडी पाख
  • कति तेरो भूवालकी ढाल छाप मोल
  • दश रुपैया ढाल छाप मोल
  • कति तेरो भूवालकी तरवारी मोल
  • दश रुपैया तरवारी मोल
  • कति तेरो भूवालकी खुकुरी मोल
  • पाँच रुपैया खुकुरी मोल
  • कति तेरो भूवालकी छुरीयौडो मोल
  • दई रुपैया छुरीयौडो मोल
  • विष्टको सुन मुठो मल्ल की वाउली
  • मल्लकी जिउनारी दुधपाकी जाउली
  • रोतकी रोताली काँडीको गाउँ
  • नरपाटो राजौ अकरभारो पाउँ
  • जउ गडा ज्वाँतो धनाडी गडा साउँ
  • भूवाल मल्लको चउजुग नाउँ

डुमराकोटका रुपाशाहीको चैत[सम्पादन गर्ने]

  • पूर्वको गोर्खाली पश्चिम ध्यायो, कैकरपुत रुपा कैकरजायो ,
  • कालु शाही पुत छु , हरिनावती जायो, रणजुधन अँकरलेखी पायो ।
  • को भडै (जात) छन हो त नारी घाट माथि, रुपा, उधवशाही नारी घाट माथि भवानी,
  • महेन्द्र शाही नारी घाट माथि, काँछ डुमराकोट काँछ नारीघाट, पुरछ डुमराकोट तलनारी घाट,
  • नारीघाटका घैला जँगार झिकाल, वैरीकी पौची लँगार, भलेसाँच कुमले कुमले साँच घिउ ,
  • आईगे वैरीकी छाडी जन दीउ, गाईगोठ बाखरी, भैसी खर्क छानु, मल्ला जँगार रुपाशाहीको टाँणु ,
  • तल्ली डँगार, झीकालको टाँणु , दुल्लु अछामको सेलने पानी, अछामी पल्टन पुग्यो कसैले नजानी,
  • दुल्लु अछामैको जोल पिपल, अछामी पल्टन पुग्यो । डोटी विचल, मधुवा आउजीको भेरी पुकार (विगुलबाजा)
  • नारीकी घाटमाथिको वोकीरोली मधुवाआउजीका टीका (निधारमा)लागि गोली,नारीकी घाटका वीरालीका बेला,
  • चलिगे पथरगोला पैडीगए रेला, नारीकी घाटका फुलीगए धाए । कति मड काटिए कति मड रहे,
  • नारीकी घाटका फुलिगए जय, बहुति मड काटिए थोका मड रहे, नानी हजारी फुल ठुलो खजुर,
  • जाँण जोलिए चेला दयान हजुर , धाउन धिपाउन जोलिय पहुँच्यो, जाई नई ढोग देई जोलि नई सेवालाई
  • दयान हजुरकी वैठी सवाई वैठी सवाई राज कयौ ध्यान अर, वैठी सवाई राज चौगिडा खेल,
  • चौगिडा खेला राज कसुला नहेर, काँ हो जोलिय चेला काँ सोची बात, बात के कहुला राज दुःख परे गात ।
  • दुःख जति पढेका कही हाल वात, रुपाशाही काटी गए वेली परभात ।
  • हरिदेव विष्णु कौन पिङ्गमरयो फुल माईको केसरो कन्या हरि लियो, बुबा कालुशाही कोटबसी रोए,
  • जियाममतावति महलवसी रोईन , भाइ भतिजा ओटाली वसी रोय, पाली पर्जा आँगनी बसी रोय,
  • चेली न चाकर देलान बसी रोय, जनझुर लोका वागौ जनझुरकोई हमरा कर्मराजौ नित्य ईसो, होई
  • शाही खेत सेउडीको हलकन्छ पाङ्गो मौलो झिकालको, घाँगडीको राँगो साहीखेत सेउडीको ढलकन्छ,
  • बाली पैकलो डुमराकोटी, देउछ काफली । जौगडा ज्वान, धनाडी गडा साउ, कै जूग मारकाटभई कैजूग नाउँ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा /रजवार ठकुरी वंशावली (२०७०)