वेदानन्द झा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वेदानन्द झा
राजसभा स्थायी समितिका सभापति
कार्यकाल
२०२५ चैत्र १९[१] – -
उतराधिकारीभूपालमान सिंह कार्की
भारतको लागि नेपाली राजदुत
कार्यकाल
अगस्त १, १९७७ – सन् १९८२
पूर्वाधिकारीकृष्ण बम मल्ल
उतराधिकारीजगदीश शमशेर राणा
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
पेशाराजनीति

वेदानन्द झा नेपालका पूर्वमन्त्री हुन्। उनी तराई कांग्रेसका नेता थिए। कुलानन्द झा, रामजनम तिवारी, श्यामलाल मिश्र लगायतका नेताहरूको अगुवाइमा बिसं २००८ सालमा तराई कांग्रेसको स्थापना भएको थियो । तराई कांग्रेसले तराईलाई सङ्घीय ढाँचामा लैजानुपर्ने हिन्दीलाई नेपालीपछिको दोस्रो राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने, नेपाली सेनामा मधेसी युवालाई समाहित गर्नुपर्ने लगायतका मागहरु राखेका थिए। वि.सं २०१३ सालमा तत्कालीन कुँवर इन्द्रजित सिंह सरकारले (शिक्षा मन्न्री लक्ष्मीप्रसाद देवकोटा) नेपालमा शिक्षाको मुख्य भाषा नेपाली लागू गरेपछि तराई कांग्रेसले हिन्दी आन्दोलन नै सुरु गर्‍यो। त्यसअघि तराईमा पनि हिन्दी भाषामा पढाइ हुन्थ्यो। सोही आन्दोलन चलीरहेको बेला पहिलो आमनिर्वाचन भयो र तराई कांग्रेसका सबै नेता उमेदवारको जमानत जफत भयो।[२]

यिनी २०१७ पुष १मा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालालाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मन्त्री भएका थिए। उनी गाउँ फर्क राष्ट्रिय अभियान का अध्यक्ष भएका थिए। उनी भारतको लागि नेपाली राजदुत भएर सेवा गरे भने वि.सं २०३२ साल राजसभाका सभापति पनि बने ।

राजनीति प्रवेश[सम्पादन गर्नुहोस्]

कुटनीति[सम्पादन गर्नुहोस्]

भारत र मोरिसस लागि नेपाली राजदुत भएर काम गरे। [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. २०२५ चैत्र १९को राजपत्र
  2. अन्नपूर्ण पोस्ट :प्रदेश र केन्द्रबीच टक्करको सङ्केत
  3. "श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरबारको सूचना", नेपाल राजपत्र, २०३८ जेठ २३, अन्तिम पहुँच २०२२-०३-२३