सामग्रीमा जानुहोस्

वैद्यनाथ धाम (नेपाल)

वैद्यनाथ धाम
वैद्यनाथ धाम
वैद्यनाथ धाम (नेपाल) पृथ्वी-को अवस्थिति
वैद्यनाथ धाम (नेपाल)
वैद्यनाथ धाम (नेपाल) (पृथ्वी)
धर्म
सम्बन्धनहिन्दुत्व
जिल्लाअछाम जिल्ला
देवताशिव
स्थान
देशनेपाल
नक्सा
वैद्यनाथ धामको अन्तरक्रियात्मक नक्सा
निर्देशाङ्क२९°०८′ उत्तर ८१°१३′ पूर्व / २९.१३° उत्तर ८१.२१° पूर्व / 29.13; 81.21

वैद्यनाथ धाम, नेपालको चार तीर्थहरू मध्येको एक धाम हो। [१] [२] यो धाम अछाम जिल्लाको बुढीगङ्गा र सरस्वती नदीको दोभानमा अवस्थित छ। यहाँ शिवको स्थापना गरिएको छ। [३] मन्दिरमा वेद पढाउने विद्यालय पनि रहेको छ जसलाई वेद विद्याश्रम भनिन्छ। [४] २०२० मा, सरकारले वेद विद्याश्रमको स्तरोन्नति गर्न वैद्यनाथ धामलाई २० लाख रुपैयाँ विनियोजन गरेको थियो। [५]

शिवरात्रिमा नेपाल र भारतका तीर्थयात्रीहरू यहाँ आउने गर्छन्। [१]

पौराणिक कथा

[सम्पादन]

स्कन्द पुराणको मानस खण्डको खण्डमा यस स्थानको उल्लेख गरिएको छ। [६] रावणले कैलाश पर्वतमा तपस्या गरेर शिवको दर्शन गर्न नसकेपछि उनी तपस्याको लागि वैद्यनाथमा आएका थिए। यहाँ शिवले रावणलाई ९ वटा टाउको जोड्ने इच्छा पुरा गरिदिएका थिए। शिवले वैद्य (चिकित्सकको) रूपमा काम गरेकोले यस ठाउँलाई बैद्यनाथ भनिन्छ। [७] [१]

इतिहास

[सम्पादन]

विसं १४४० मा अछामका राजा अभय मल्लले उक्त ठाउँको उल्लेख गरेका छन्। यस ठाउँमा सबै रोग निको पार्ने क्षमता रहेको उनले बताएका थिए। १७ औँ शताब्दीको शिलालेखमा शाह राजाहरूको उल्लेख पनि पाइएको छ। अभय मल्लको पालादेखि नै बैजु कुमाललाई द्वारपाल र जलखर जोशी वैद्यलाई यस मन्दिरको पुजारीको रूपमा नियुक्त गरिएको हो।

यस ठाउँमा गोर्खा सेनाले नेपाल एकिकरणका क्रममा छोडेका हतियार पनि राखिएको छ। [६]गोर्खा सेना यस ठाउँमा आएपछि अन्धो भएर पछि हट्नुपरेको किंवदन्ती रहेको छ। [१]

सन्दर्भहरू

[सम्पादन]
  1. 1 2 3 4 "जलविद्युत र पर्यटन : अछामको समृद्धिका आधार", epaschimtoday, अन्तिम पहुँच २०२०-०८-१५।[स्थायी मृत कडी] उद्दरण त्रुटी: Invalid parameter "्" in <ref> tag. The supported parameters are: details, dir, follow, group, name.
  2. ↑ "अगाडि बढ्दै अत्तरिया", अन्तिम पहुँच २०२०-०८-१५।
  3. ↑ Khatri, Khamma, "Achham celebrates Makar Sakranti performing cultural dances", My Republica, अन्तिम पहुँच २०२०-०८-१५।[स्थायी मृत कडी]
  4. ↑ "अछामको वैद्यनाथमा दर्शनार्थी बढ्दै", Radio Nepal, मूलबाट २०२०-०२-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०८-१५।
  5. ↑ Setopati, Setopati, "Oli govt doles out Rs 13.9m in three months", Setopati, अन्तिम पहुँच २०२०-०८-१५।
  6. 1 2 "अछाम श्रीकोटका बैद्यनाथ", The popular news portal of Nepal, अन्तिम पहुँच २०२०-०८-१५।[स्थायी मृत कडी]
  7. ↑ स्कन्दपुराण मानस खण्ड, पृ: ६०३।