श्रीपेच
श्रीपेच | |
---|---|
विवरणहरू | |
राष्ट्र | नेपाल |
निर्माण मिति | अज्ञात |
स्वामित्व | राजेन्द्रविक्रम शाह[१] |
तौल | २ किग्रा (४.४ पाउन्ड)[२] |
सामग्री | चाँदी र सुन |
उल्लेखनीय रत्नहरू | हिरा, मोती, माणिक |
अन्य तत्वहरू | बर्ड अफ प्याराडाइजको पुच्छर |
पूर्वाधिकारी | बीरेन्द्र शाह |
उत्तराधिकारी | ज्ञानेन्द्र शाह (अन्तिम शासक) |
श्रीपेच राजतन्त्रकालमा नेपालको राजाले प्रयोग गर्ने पारम्परिक पहिरन थियो। नेपाल एकीकरणपश्चात राजतन्त्रको उदय भएसँगै राजाहरूले यसको प्रयोग गर्ने गरेका थिए भने राणा शासन कालमा श्री ३ प्रधानमन्त्रीहरूले समेत विशेष किसिमको श्रीपेच पहिरिने गरेका थिए। नेपालका राजाले पहिरिने गरेको श्रीपेचमा ७ सय ५० वटा हिराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय टुक्रा रहेको छ। श्रीपेचको पछिल्तिर झुन्डिने आकर्षक कल्कीचाहिँ बर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो। श्रीपेचको अभिन्न भागका रूपमा रहेको बर्ड अफ प्याराडाइज दुर्लभ र मार्न प्रतिबन्धित संरक्षित चरा भएकाले पनि श्रीपेचको महत्त्व विशेष रहेको छ।[१][३]
श्रीपेचको पछाडिको कल्की पुरानो भई ढल्किँदै गएपछि चन्द्र शमशेर जङ्गबहादुर राणाको पालामा अमेरिकाबाट 'बर्ड अफ प्याराडाइज' चराको नयाँ पुच्छर ल्याएर श्रीपेचको सौन्दर्यीकरण गरेको थियो।[४][५]
इतिहास
[सम्पादन गर्नुहोस्]श्रीपेचको निर्माण कहिले भएको हो भन्ने यकिन प्रमाण नभएको भएतापनि राजेन्द्रविक्रम शाहले[१] सबैभन्दा पहिले श्रीपेच पहिरिन आरम्भ गरेका थिए।
विवरण
[सम्पादन गर्नुहोस्]श्रीपेचको कल्कीबाहेकका भागमा हिरा, मोती, माणिक, नवरत्न, सुन र चाँदी जडिएका छन्।[६]वि.सं. २०६५ जेठ २९ गते ज्ञानेन्द्र शाहले नेपाल सरकारले हस्तान्तरण गरेको श्रीपेचको लगत राख्ने क्रममा नेपाल सुनचाँदी व्यवसायी सङ्घका पदाधिकारीहरूले श्रीपेचमा हीरामोती, माणिक, नवरत्न, सुन अधिक मात्रामा प्रयोग गरिएको र सबैभन्दा धेरै भागचाहिँ चाँदीको रहेको लगत तयार पारेको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ "कसरी बन्छ श्रीपेच ?", रिपोर्टर्स नेपाल, अन्तिम पहुँच १३ नोभेम्बर २०२०।
- ↑ "श्रीपेच कुहिंदै", समुद्रपारी, अन्तिम पहुँच १३ नोभेम्बर २०२०।
- ↑ शर्मा, गोपाल, "With monarchy gone, Nepali crown to find new home", रिउटर्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच १३ नोभेम्बर २०२०।
- ↑ "एउटा तस्बिर", नेपाली हिमाल, अन्तिम पहुँच १३ नोभेम्बर २०२०।
- ↑ "रहस्यमै श्रीपेचको इतिहास", प्रशासन, अन्तिम पहुँच १३ नोभेम्बर २०२०।
- ↑ "श्रीपेच कस्तो छ कसैलाई थाहा छैन", सेतो पाटी, अन्तिम पहुँच १३ नोभेम्बर २०२०।