श्रीलङ्कामा बोलिने भाषाहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(श्रीलङ्काका भाषाहरूबाट अनुप्रेषित)
श्रीलङ्काका भाषाहरू
सिन्हाला, तमिल र अङ्ग्रेजीमा सडक चिन्हहरू
आधिकारिक भाषाहरूसिन्हाला, तमिल
मुख्य बिदेशी भाषाहरूअङ्ग्रेजी
साङ्केतिक भाषाहरूबहु साङ्केतिक भाषाहरू

दक्षिण एसियामा अवस्थित एक टापु राष्ट्र श्रीलङ्कामा मानिसहरू भारोपेली , द्रविडअष्ट्रोनेसियाली भाषा परिवारमा समाहित धेरै भाषाहरू बोल्दछन्। श्रीलङ्काली सरकारले सिन्हलातमिललाई आधिकारिक रूपमा मान्यता प्रदान गरेको छ। यस टापु राष्ट्रमा बोलिने भाषाहरू छिमेकी राष्ट्र भारत , माल्दिभ्स र मलेसियाका भाषाहरूबाट प्रभावित छन्। अरबी बसोबास गर्नेहरू र पोर्चुगल , नेदरल्याण्ड्स र बेलायतको औपनिवेशिक शक्तिहरूले पनि श्रीलङ्कामा आधुनिक भाषाहरूको विकासलाई प्रभाव पारेका छन्।

मूल र आदिवासीका भाषाहरू[सम्पादन गर्नुहोस्]

तमिल, सिन्हालाअङ्ग्रेजीमा लेखिएको सडक चिन्ह

सन् २०१२ को श्रीलङ्काको राष्ट्रिय जनगणना अनुसार, श्रीलङ्काको जनसङ्ख्या २,२२,७७,५९७ रहेको छ। सन् २०१६ सम्ममा, सिन्हाली भाषा प्रायः सिन्हाली मानिसहरूको मातृ वा प्रमुख भाषा हो, जून लगभग देशव्यापी जनसङ्ख्याको ७४.९% हो भने यस भाषाका मातृभाषीहरू १६.६ मिलियन थिए। यसले सिन्हाल भाषाले अबुगिडा लिपिको प्रयोग गर्दछ जुन पुरानो ब्राह्मी लिपिबाट आएको हो। रोडिया भाषा सिन्हालीको एक भाषिका हो, जून चमोडी वेदासको तल्लो जातको समुदायले बोल्ने गरेको छ। सन् २००२ मा कम्तिमा २,५०० भेदह व्यक्तिहरू, भेदह भाषा बोल्छन्, जसको उत्पत्तिको बारेमा बहस गरिएको थियो। तमिल भाषा श्रीलङ्काली तमिलहरूले बोल्ने गर्दछन् र यसका साथै छिमेकी राष्ट्र भारतको तमिलनाडुमा पनि तमिल आप्रवासीहरू र बसाइसराइ गर्ने श्रीलङ्काली इस्लामीले यही भाषाको प्रयोग गर्दछन्।[१] तमिल भाषीहरूको सङ्ख्या करीव ४० लाख ७० हजार रहेको छ। श्रीलङ्काली मलय भाषाका ४० हजार भन्दा बढी वक्ताहरू रहेका छन्।

सन् १९८१ मा श्रीलङ्काको धर्म र भाषाको वितरण

विदेशी मूलका भाषाहरू[सम्पादन गर्नुहोस्]

श्रीलङ्कामा अङ्ग्रेजी भाषा अस्वाभाविक रूपमा करिब २३.८% जनसङ्ख्याद्वारा बोलिने गरिएको छ।[२] आधिकारिक र व्यावसायिक उद्देश्यका लागि व्यापक रूपमा यो भाषाको प्रयोग गरिन्छ। श्रीलङ्कामा, अङ्ग्रेजी भाषा प्रमुख रूपमा सहरी क्षेत्रहरूमा लगभग ७४,००० व्यक्तिहरूको मातृभाषा पनि हो। पोर्चुगाली मूलका ३,४०० मानिसहरूले श्रीलङ्काली पोर्चुगाली भाषिकाको प्रयोग गर्दछन्।[३] श्रीलङ्कामा मुस्लिम समुदायले धार्मिक उद्देश्यका लागि व्यापक रूपमा अरबी भाषाको प्रयोग गर्दछन्। श्रीलङ्कामा आजकल विरलै प्रयोग गरिने भाषा अर्वी हो जुन चाहिँ अरबी र तमिलको मिश्रण मानिन्छ।

श्रीलङ्काको संविधान अनुसार अङ्ग्रेजी भाषालाई अन्तर जातीय सञ्चारको प्रमुख भाषाको रूपमा आधिकारिक मान्यता पनि दिइएको छ। लगभग १०% जनसङ्ख्या दैनिक सञ्चारका लागि अङ्ग्रेजी भाषाको प्रयोग गर्दछन्। यो कागजात र व्यावसायिक क्षेत्रमा पनि व्यापक रूपमा प्रयोग हुने गरेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. भेदह इथानोलगमा (१८अौँ संस्करण, सन् २०१५)
  2. "श्रीलङ्का – भाषा", अन्तिम पहुँच २० जुन २०१४  वेब्याक मेसिन अभिलेखिकरण २४ डिसेम्बर २०१८ मिति
  3. हिन्द-पोर्चुगाली (श्रीलङ्का) इथानोलगमा (१८अौँ संस्करण, सन् २०१५)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]