श्वेतभैरवी कथासंग्रह
स्वरूप
(श्वेत भैरवी कथासंग्रहबाट अनुप्रेषित)
लेखक | विश्वेश्वरप्रसाद कोइराला |
---|---|
आवरण कलाकार | टेकवीर मुखिया |
देश | नेपाल |
भाषा | नेपाली |
विषय | कथा |
प्रकार | सामाजिक, मनोविज्ञान |
प्रकाशक | चेतना साहित्य प्रकाशन, साझा प्रकाशन |
प्रकाशित मिति | २०३९ साल |
आइएसबिएन | 978-99933-2-660-1 |
श्वेत भैरवी कथासङ्ग्रह बिसं २०३९ सालमा प्रकाशित कथासङ्ग्रह हो । यो नेपाली सुप्रसिद्ध फ्रायडवादी मनोवैज्ञानिक साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाद्वारा लेखिएको कथाहरूको सङ्ग्रह हो। यो पुस्तकलाई चेतना साहित्य प्रकाशनले बजारमा ल्याएको हो।[१] यो पुस्तक विश्वेश्वर प्रसाद कोइरालाको सुन्दरीजल कारावासको समयमा लेखिएका चारवटा कथाहरूको सङ्ग्रह हो । यसमा सान्नानी, राइटरबाजे, एक रात र श्वेतभैरवी शिर्षकका कथा सङ्ग्रहित छन ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]