संत कबीर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

संत कबीर
[[Image:‎|200px| ]]
कबीर
जन्म: सन् १३९८
भारतको वाराणसी समीप लहरतार
मृत्यु:सन् १५१८
वाराणसी
कार्यक्षेत्र: सेवा नै धर्म
राष्ट्रियता:भारतीय
भाषा:हिंदी
साहित्यीक आन्दोलन:समाज सुधारक

जीवन चित्रण[सम्पादन गर्ने]

संत कबीर कवीरको जन्म आजभन्दा छ सय वर्ष पहिले सन् १३९८मा -भारत) वनारस नगरको बाहिरी किनारामा भएको थियो। उनको जन्मको बारेमा कैँयौ कथा छन्। एक कथा धेरै ग्रन्थमा आएको छ कि उनी विधवा ब्राह्मणीका पुत्र थिए। लोकलज्जाले ब्राह्मणीले बालकलाई वनारस नजीक लहरतला पोखरी छेउमा छाडिदिइन्। त्यहाँ जुलाह नीरुदम्पतिले बालकलाई आफ्नो नाम दिए, पालनपोषण गरे।

कबीरपन्थीहरू कबीरका कुनै बुबा आमा नभएको र उनी आकाशबाट ज्योतिरूपमा पृथ्वीमा अवतीर्ण भएर बालकको रूपधारण गरेको विश्वास गर्छन् तर यो अतिशयोक्ति हो। सन्त रविदास, गुरू अमरदास, रज्जव आदि सन्तले कबीर मुस्लिम जुलहिनको कोखबाट जन्मेको भनेका छन्। कबीरका शिष्य धर्मदासले

'माय तुरकिन वाप जुलहा, वेटा भक्त भये'

भनेका छन्। कबीरका समकालीन गुरू रविदासले कबीरका मातापिता मुस्लिम मात्र थिएनन्, उनको कुलमा ईद-आदि पर्वमा बलि दिइन्थ्यो, शेख सैयद, पीर आदिलाई मानिन्थ्यो, पिता शरीयत मान्दथे भनेका छन् तर कबीर अर्कै कुरा थिए उनी मासुखानेलाई 'कुकुर' भन्थे। उनी जीवहत्याको विरुद्ध थिए। माछा खाएर गौदान गर्ने ढोंगी मानिस होस अथवा दिनमा रोजा राखेर राति गाई काट्ने -

दिनको रोजा रहत है, रात हनत है गाई, यो रगत त्यो वन्दगी कहु क्यो खुसी खुदाय,,

होस यस्ता निर्दयीसँग ईश्वर कसरी खुस हुनसक्छन ?

"मन ना रंगाए रंगाए जोगी कपडा।

आसन मारि मन्दिर मे बैठे

ब्रह्म-छाडि पूजन लगे पथरा

अर्थात् मन रंगिएको को छैन, लुगा मात्र रङ्गायौ आत्माभित्रको देवलाई छोडेर मन्दिरभित्रको ढुङ्गा पूज्न थाल्यौ। कान छेडेर, जटा बढाएर, दाह्री पालेर हे जोगी तिमी बाख्राझैँ भयो अर्थात् तिमीभित्र भूलभूत परिवर्तन भएन। जङ्गल पस्यौ, धुनी बाल्यौ, कामलाई दवाएर हिजडा भयौ। कपाल खौरेर हे जोगी लुगा रङ्गायौ, गीता प्रवचन दिएर फटहा भयौ तर तिम्रा सबै फट्याइहरू यमराजको ढोकामा पक्राउ पर्नेछ।

सन्त भन्ने वितिकै हिन्दु, मुसलमान, इसाई या कुनै धर्मविशेषको पृष्ठपोषण गर्ने, कुनै सम्प्रदायविशेषको साधक ठानिन्छ। परन्तु कवीर हिन्दू भएर पनि हिन्दू थिएनन्, मुसलमान भएर पनि मुसलमान थिएनन्।

हिन्दू कहुँ तो मै नहीः मुसलमान नि नही

पाँच ताव का पूतला, गैवी खेलै माहि।।

-कबीर साखी-सङ्ग्रह ५७५)

एक अर्को पदमा कबीर भन्छन्, म राम र अल्लाह दुवैको पुत्र हूँ, सबै महात्मा, पीरको आदर गर्दछु। -सन्त कबीर शान्ति सेठी)। तर यति मात्र पनि कबीरको परिचय होइन। उनी एउटी विद्रोही कवि, विद्रोही सन्त, विद्रोही चिन्तक, विद्रोही सुधारक थिए। उनी पाखण्ड र बाह्य आम्बरका विरोधी थिए। एकातिर उनी भन्थे- "पाहन पूजे हरि मिले तो मै पूजू पहार" अर्थात् ढुङ्गा पुजेर यदि ईश्वर पाइन्छ भनी म पहाड नै पूजीदिन्छु। अगाडि थप्छन, त्योभन्दा राम्रो त जाँतो -चक्की) हुन्छ जसमा अन्न पिसेर सारा संसारको पेट भर्छ। अर्कोतिर उनी भन्थे- काँकङ पाथर चुनी के मस्जिद लिया चुनाय ता पर मुल्ला बाग दे बहरा भयो खुदाय अर्थात् ढुङ्गा-इँटाले मस्जिद त बनायौ तर त्यहाँ जोडजोडले मुल्ला अल्लाह हो अकवर भन्छन्। -हे मूर्ख) के ईश्वर बहिरो भयो ? अनुमान गरौँ, आजभन्दा छ सय वर्ष पहिले हाम्रो समाज कस्तो थियो होला ? कति परम्परागत, कति सङ्कीर्ण, कति पाखण्डी ? त्यतिबेला जन्मेका एक सन्त क्रान्तिकारी भाकामा भन्दछन्,

"अरे इन दोहन राह न पाई।

हिन्दू-मुसलमान दुवैले बाटो पाएनन्। हिन्दू आफ्नो बडापन देखाउँछ तर गाग्रोसम्म छुन दिँदैन त्यही ठूलाबडा वेश्याको पाँउ मुन्तिर बस्छ। उता मुसलमानका पीर औलिया कुखरा मार्छ, खान्छ रआफ्नै घरमा (-दूध बारेरे) चेलीसँग बिहे गर्छ। यो हेर हिन्दूको हिन्दूपना र मुसलमानको मुस्लिमपना।

उनी स्वाभिमानी पनि थिए। यसको कारण पनि थियो। उनी जातिका जुलहा थिए अर्थात् कपडा बुन्ने जात। सन्त भए पनि भाषण दिएर पेट भर्ने, आश्रति भएर बाँच्ने उनको सोच कहिल्यै भएन। कपडा बुन्ने र बेचेर गुजारा गर्ने कर्मयोगी कबीर भन्थे, साई यति दीजिए, जामे कुटुम समाय/आप पनि भूखा न रहे साध न भूखा जाय। अर्थात् हे प्रभु मलाई यति देउ कि आफू पनि भोको e All Notificationsज्ञानगुनका कुराहरुसुभ प्रभात:शुन्दर सात भनाइहरू:१. आज सम्म अल्छी कलाकारद्वारा कुनै महान् चित्र कोरिएको छैन ।२. तिम्रो समस्या खास समस्या होइन, त्यसप्रती तिमीले कस्तो प्रतिक्रिया देखाउछौ त्यो समस्या हो ।३. आवाजलाई नबढाउ बरू आफ्नो तर्कहरूलाई सुधार ।४. यदी सफलतम जीवन जिउनु छ भने हामीले असफलताको भय त्याग्नु पर्दछ ।५. जब झुसिलकिराले अब संसार सिकदैछ भन्ने सोच्छ, तब ऊ शुन्दर पुतलीमा फेरिन्छ ।६. कुर्यौ भने राम्रो चिज आउन सक्छ तर अती राम्रो चिज पाउन आफै बाहिर निस्कनुपर्छ ।७. हामी सबैथोक (everything) गर्न नसकौला तर कुनैपनी (anything) काम गर्न सक्छौ ।4 mins·Publicl र कुनै व्यक्ति आफ्नो ढोकाबाट भोको फिर्ता पनि नजाओस्। कतिपटक भोको पनि बस्नु पथ्र्‍यो तर उनी मागेर बाँच्ने विचारका कट्टर विरोधी थिए।

माँगन मरन समान है, मति कोही माँगो भीख

माँगन ते मरना भला, यो सतगुरू की सीख।।

अर्थात् माग्नु भनेको मरणसरह हो त्यसैले कसैले भीख माग्नु नपरोस्। माग्नु भन्दा त मर्नु बेस यही सतगुरूको शिक्षा हो। तर अरुको भला परमार्थका लागी माग्नुमा भने लज्जा छैन। उनी भन्थे,

मर जाउँ माँगू नही अपने तन के काज परमारथ के वास्ते मोही आवे ना लाज।

प्रश्न उठ्छ, कबीर किन यति विद्रोही भए ? हजारी प्रसाद आफ्नो चर्चित पुस्तक 'कबीर'को प्रस्तावनाको प्रथम वाक्यमै लेख्छन- "कबीर दासको लालनपालन जुलाहा परिवारमा भएको थियो, यसैले उनको मतको महìवपूर्ण अंश यदि यस जातिको परम्परागत विश्वासबाट प्रभावित रह्यो भने यसमा आश्चर्यको कुनै कुरा छैन"। जुलाहा जातिलाई मुसलमानहरूको सैयद, पठानझैं माथिल्लो मानिदैनथ्यो । उता हिन्दू धर्मगुरू रामानन्दको शिष्य भए पनि हिन्दूहरू खासगरी उच्च जातिकाहरू कवीरलाई नीच ठान्थे। उनी र उनका जातिसमेत दुवैतिरबाट चेपिएका थिए। सम्भवतः यो कारणले पनि उनलाई विद्रोही बनायो। जुन समाजमा मानिसको मूल्याङ्कन उसको विद्वत्ता, योग्यता र निश्छलताभन्दा उसको जाति, कुलको आधारमा गरिन्थ्यो त्यो समाजमा मानिस विद्रोही हुनु कुनै आश्चर्यको कुरा छैन। यद्यपि उनी भन्थे, जाति न पूछो साधु की पूछ लीजिए ज्ञान...

थिएनन्। गरु कृपा, आˆना अनुभव र सच्चाईबाट सन्त भएका थिए, पोथी पढि पढि जग मुआ पंडित भया न कोय, ढाई आखर प्रेमका पढे सो पंडित होय। यसमा एउटा रोचक कथा छ। एक पटक सर्वानन्द -सर्वजित) नाम गरेका प्रकाण्ड पण्डितकी आमाले उनलाई भनिन, तिमीलाई सर्वजित त्यतिखेर भन्नेछु जव तिमीले शास्त्रार्थन्मा कवीरलाई हराइदिनेछौ। बयल गाडामा पुस्तक बोकेर सर्वजित बनारस आए। कराए, के कवीरको घर यही हो ? कवीर कतै बाहिर गएका थिए। उनका पुत्री कमालाले यो कवीरको घर होइन। कवीरको घर त ब्रम्हा,विष्णु, शिवले समेत भेटाउन सकेका छैनन्। यतिकामा कवीर आए। सर्वजितको चुनैती सुनेर भने, म त एउटा साधारण अनपढ जुलाहा हुँ। सर्वजित भने शास्त्रार्थका लागि जिदी कस्दै रहे। मान्दै नमानेपछि कवीरले भने, मलाई त थाहा छ शास्त्रार्थमा तपाईसँग जित्न सक्दिन, म हार मान्दछु। यसो भए लेखेर दिनुस, सवाजितले भने। मलाई त लख्न पनि आउदैन कवीरले जावाफ दिए, आफ्नो सहीसम्म गर्न सक्छु। तपाई लेख्नुस म सही गरिदिउला।

सर्वजित खुशी भए, कवीरभक्त आˆनी आमालाई देखाउन घर पुगे तर त्यहाँ उल्टो लेखिएको पो रहेछ, कि कवीरले सर्वजितलाई हराए। उ फेरि काशी फक्र्‍यो, नयाँ सही गरायो तर घर पुगेपछि भयो अर्को कुरा। सर्वजित दिक्क भयो, कवीर जादूगर हो कि क्या। आमाले भनिन, होइन छोरा कवीर एक सन्त हुन। उनको सामुन्ने दोष हट्दछ र सत्य प्रकट हुन्छ। उनलाई हराउन थाहा गर कि उनको उपदेश के हो ? छोरालाई मौन देखेर भनिन, हरे उनी कति विनम्र छन, आफ्नो अज्ञानतालाई कति सजिलै स्वीकार्छन। अभिमान कहिल्यै विनम्रतामाथि विजय पाउन सक्दैन। सर्वजितलाई वल्ल ज्ञान भयो। उनी कवीरका शिष्य भए। यस्ता कैयौं चमत्कारिक र प्रेरक कथा छन् कवीरका। धर्मदास नामक एक साहुकार थिए। एक पटक गंगाको छेउमा ठ्ूलो, सानो, मूर्ति राखेर पूजा गरिरहेका थिए। कवीर अडिए। धर्मदासलाई सोधे, यो ठूलो ढुङ्गा के आधा सेर -लगभग आधा केजी)को हो र सानो एक पाउको?

आफ्नो ठाकुरप्रतिको अपमानबाट धर्मदास क्रुद्ध भए। कवीरले सोधे, यिनले -ढुंगाका मूर्तिले) के कहिल्यै तिम्रो पूजाको जवाफ दिएका छन? धर्मदासले केही बोल्नु अगावै कवीर त्यहाँबाट हिडे। धर्मदास भनमनै सोच्न थाले, कुरो त कवीरले ठीकै भनेका हुन।

केही महिनापछि धर्मदास र उनकी पत्नी आमना हवन गरिरहेका थिए। एक्कासी कवीर आए र बोले, धर्मदास तिमी पापी हौ Û आमना क्रुद्ध भइन, तिमीनै पापी हौ। कवीरले भने, तिमी जुन दाउरा हवनमा प्रयोग गरिरहेका छौ ती कीराले भरिएका छन्, तिमी कति जीवको हत्या गरिरहेका छौ। धर्मदासले दाउरा फोडेर हेरे , साँच्चिकै निकै किरा रहेछन्। कवीरको शान्त र तेजस्वी स्वरूप धर्मदासको मनमा थियो। उनी कवीरसँग भेट्न व्याकुल थिए। पत्नीले भनिन, यज्ञ गराउनुस, सवै साधुलाई भोजनका लागि निमन्त्रणा दिनुहोस। यो साधु पनि आउनेछ। सख्खरमा कमिला त आइहाल्नेछ।

धर्मदासले त्यसै गरे। हजारौ साधु आए तर कवीर आएनन्। उनले फेरि मथुरामा ठूलो यज्ञ गरे तैपनि कवीर आएनन्। धन पनि धेरै खर्च भयो व्यापार वर्वाद भइरहेको थियो। उ दुखी र हतास भए नदीमा हाम्फल्न जान लाग्यो। त्यति वेला त्यही तेजस्वी आकृति देखापर्‍यो। धर्मदास कवीरको चरणमा परे, महिनौदेखि खोजिरहेको थिएँ, सारा धन सकियो तर हजुर आउनु भएन। धर्मदास तिम्रा पत्नीले भनेकी थिइन, सख्खरमा कमिला आउने नै छ, म पहिले आउँदा सोच्नेथ्यौ, प्रभुभक्त धनले जित्न सकिदो रैछ। धर्मदास दम्पति कवीरका शिष्य भए।

एक अर्को कथा छ। राजपूत राजा वीरसिंह वघेला उनका प्रेमी शिष्यमध्ये एक थिए। उनले एक विशाल महल बनाएर कवीरलाई डाँके। र्फकदा सोधे, कस्तो लाग्यो महल? "महल त राम्रो छ तर यसमा दुई दोष छन्" कवीरले जवाफ दिए। के छन ती दोष ? राजाको जिज्ञासाको जवाफमा कवीरले भने, एक त यो महल जर्जर भएर भत्कने छ। दुई, यसलाई वनाउनेले या महल छोड्न्ुपर्नेछ।

असन्तुष्ट राजाले क्षोभ व्यक्त गर्दै भने, यस्तो अशुभ वचन किन भन्नुहुन्छ ? कवीरले जवाफ दिए, यो संसारको नियम छ जुन सूर्य उदाउँदछ त्यो अस्त पनि हुन्छ, समय आएपछि उसलाई जानुपर्छ। जे बनाइन्छ त्यो भत्कन्छ पनि र जो जन्म लिन्छ त्यो मर्दछ पनि। निर्भिकता त उनको स्वभावमा थियो। उनको भाका आक्रमक थियो तर हृदय मैनझैं कोमल। हिन्दू र मुसलमान कट्टरताबादीहरूले उनलाई धेरै दुःख दिए। तर उनी सच्चा अर्थमा लोकतन्त्रवादी थिए। उनी भन्दथे,

"निन्दक नियरे राखिए आँगन कुटी छवाय

विन पानी, सावुनविना, निर्मल करे सुभाय।"

अर्थात आफ्नो निन्दा गर्नेलाई नजीक राख किनभने तिनको निन्दाले बिनासावुन र बिनापानी तिमी भित्रका दुर्वलतालाई पखाली निर्मल बनाइदिने छ। अरुको आलोचना गर्नुअगावै आफैभित्रका दुर्गुण हेर्न आग्रह गर्थे कवीर। उनी भन्थे "वुरा जो देखन मै चला वुरा न मिल्या कोय/जो दिल खोजा आपना मुझ सा वुरा न कोय।" उनी छुवाछुत, भेदभाव, जातिपातिमा विश्वास गर्दैन्थे। सज्जनको जातिके सोध्छौ उसँग ज्ञान लेउ भन्थे उनी। "जाति न पूछो साध की पूछ लीजिए ज्ञान, मोल करो तरवार की पडÞा रहन दो म्यात।" कवीरका संगतमा सम्भ्रान्तहरू पनि थिए तर उनले कहित्यै धन चाहेनन्। "साध भूखा भावका धनका भूखा नाहि/धन का भूखा जो फिरै, सो तो साध नाहि।" आज धनका लागि मारामार गरिरहेका आधुनिक साधु सन्तका अगि उनको वाणी कति सटीक छ। कवीर सन्तहरूमा महासन्त थिए। मीठो बाणी बोल्नुस मनको 'आपा' -मै हु भन्ने भावना) हटाऔं। आफ्नो मन शीतल होस, अरुलाई पनि शीतल पारोस। आफू ठगिए पनि अरुलाई नठग Û आफू ठगिदा सुख हुन्छ अरुलाई ठग्दा दख हुन्छ। कवीरका हरेक वाणीमा प्रेम, सत्य, करुणा, दया र सच्चा अध्यात्मका सच्चा बाटो हुन्छन्। नक्कली मानिस, नक्कली जीवन कवीरलाई मन पर्दैन।

मेरा-तेरा मनुआ कैसे इक होई रे Û

मै कहता हूँ आँखिन देखि, तु कहता कागद की देखि..अर्थात मेरो र तेरो मन कसरी एक

हुन्छ ? म आँखाले देखेर भन्दैछु, तिमी

-पुराणपन्थी) कागतमा लेखेकोमात्र भन्छौ। म सुल्झ्याउन चाहन्छु, तिमी बल्झाइदिन्छौ। म जाग्दै रह भन्छु, तिमी सुतिहल्छौ। यतिमात्र होइन अमूल्य मानब जीवनलाई खेर फालिरहेको देख्दा क्षुव्ध कवीर त्यस्तालाई रंडीको संज्ञा दिन समेत चुक्दैनन, रंडी बनेर मनुष्य जीवनको सवै धन खेर फालिरहेका छौं उनी चेवावनी दिन्छन्। उनको राम सामान्य साकार ब्रहृम होइनन् ती निर्गुण, निराकार, परव्र्रहृम हुन। ईश्वर सच्चा समर्पणले मात्र पाउन सकिन्छ। उनी आफूलाई प्रभुको अनन्य प्रेमिका मान्थे र प्रभुलाई प्रेमी। तर उनी पोंगापन्थी भने थिएनन। काशीमा मरेपछि मुक्ति पाइन्छ भन्ने धारणा अझ पनि बुढापाकाहरूमा छ तर कवीर यसलाई अज्ञान ठान्थे।

काशीमा मरेर मुक्ति पाइँदो हो भने जिन्दगीभरि पाप गर्ने र काशीमा मर्दा भैहाल्यो नि। यही भ्रम तोड्न उनले काशीमा जन्मिएर पनि मृत्युको लागि मगहर भन्ने ठाउँ रोजे। उनले स्वयम भनेका छन, "जो काशी तन तजै कवीरा/रामहि कौन निहोरा।" अर्को पदमा उनी भन्दछन, जसमा काशीमृत्यु बारे कडा ब्यंग्य छ, काशी मरे सो मुक्ति पावे/मगहर मरे जो गदहा होए। मगहरमा मर्दा गधा होइन्छ, काशीमा मर्दा मुक्ति पाइन्छ यो अन्धविश्वास तोड्न उनले मगहर रोजे। यस्ता क्रान्तिकारी थिए

कवीर। उनी ईश्वर कुनै तीर्थ, मन्दिरमा नभइ आत्मामा, आफूभित्र रहेको भन्थे। मोको कहाँ ढूँढे रे बन्दे मै तो तेरे नजीकै मे अथवा मृग की नाभी माहि कस्तुरी वसत है वन वन फिरत उदासी, आतम ज्ञान विना सव सूना क्या मथुरा क्या कासी अर्थात् मलाई मृगको नाइटोमै कस्तुरी हुन्छ तैपनि वन जंगलमा खोज्दै हिड्दछ किन? आत्मज्ञानविना सवै शून्य छ मथुरा-काशी गएर केही मिल्नेवाला छैन। कवीर अध्यात्मको दुनियामा जन्मिएका अध्यात्मको दुनियामा देखापरेका पाखण्डीपरम्पराका कट्टर आलोचक थिए। तर उनी सच्चा ज्ञानयोगी, भक्ति योगी, कर्मयोगी थिए। उनका वाणी विचित्र र घतलाग्दा छन्। उनी मनुष्य हुनुको अर्थ संझाउँथे, नक्कली साधु, नक्कली पूजाबाट मुक्ति पाउन सकिदैन भन्थे। अज्ञानको ढोका खोल अनि ईश्वर पाउँछौँ।

कवीर जस्ता महासंत यो पृथ्वीमा सितिमिति जन्मिदैनन। रवीन्द्रनाथ टैगोरले उनका सयवटा गीत। -हन्ड्रेड पोएम्स प|mम कवीर) अङ्ग्रेजीमा अनुवाद गरेबाट कवीर कस्ता रहेछन बुझ्न सकिन्छ। स्वयम उनको गीताञ्जलिमा कवीरको रहस्यवादको प्रभाव छ। ओशोको दृष्टिमा वुद्ध र कवीर सवभन्दा दुई ठूला चिन्तक थिए। सत्यको वाटोमा कवीरले धेरै दुःख पाए। मुल्ला, पुरोहितहरूको प्रभावमा सिकन्दर लोदीले कवीरमाथि अत्याचार गरे। अत्याचारको पनि लामो कथा छ तर कवीर डिगेनन। हातीवाट मार्न लगाए, कवीर झुकेनन। उनी धर्मको नयाँ अर्थ र परिभाषा लेख्न यस धरतीमा आएका थिए। पाखण्ड काम लाग्दैन निश्छल प्रेममात्र काम लाग्छ यो भन्न आएका थिए। उनी भन्थे, सुखिया सब संसार है खावै और सोवै/दुखिया दास कवीर है जागे और रोवे।

अन्य[सम्पादन गर्ने]