सम्राट अशोक

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अशोक
मौर्य सम्राट
Chakravatin.JPG

१ सताब्दी बिसीमा आन्ध्र प्रदेशको अमरावतीमा शासन गरेका चक्रवर्ती शासक
शासन 268–232 BCE
Coronation 268 BCE
जन्म 304 BCE
जन्मस्थल पाटलिपुत्र, पटना
मृत्यू 232 BCE (aged 72)
मृत्यूस्थल पाटलिपुत्र, पटना
समधी अस्तुलाई वाराणासी स्थित गंगा नदीमा बगाइएको, मृत्युको केही घण्टामै दाहसंस्कार गरिएको
पूर्वाधिकारी बिन्दुसर
उत्तराधिकारी दशरथ मौर्य
श्रीमतीहरू रानी कौरवकी
रानी देवी
रानी पद्मावती
रानी तिष्यरक्षा
शाही भवन मौर्य वंश
बाबु बिन्दुसर
आमा महारानी धर्मा/सुभद्रांगी
छोराछोरीहरू महिन्दा, संघमित्रा(छोरी), तिवाला, कुनाल
धर्म बौद्ध धर्म

अशोक (राज्यकाल ईसापूर्व २७३-२३२) प्राचीन भारतमा मौर्य राजवंशको चक्रवर्ती राजा थिए । उनको मौर्य राज्य उत्तरमा हिन्दुकुशको की श्रेणिदेखि लिएर दक्षिणमा गोदावरी नदीको दक्षिण तथा मैसूरसम्म तथा पूर्वमा बंगालदेखि पश्चिममा अफगानिस्तानसम्म पुगेको थियो। यो त्यस समयसम्मको सबैभन्दा ठूलो भारतीय साम्राज्य थियो। सम्राट अशोकलाई आफ्नो विशाल साम्राज्यको राम्रो र कुशल प्रशासन तथा बौद्ध धर्मको प्रचारको लागि जानिन्छ।

जीवनको उत्तरार्धमा अशोक भगवान गौतम बुद्धको भक्त भए र तिनै स्मृतिमा उनले एउटा स्तम्भ खड़ा गरेदिए जो आज पनि नेपालमा उनको जन्मस्थल - लुम्बिनी -मा मायादेवी मन्दिरको छेउमा अशोक स्तम्भको रुपमा देख्न सकिन्छ। उनले बौद्ध धर्मको प्रचार भारत लगायत श्रीलंका, अफ़ग़ानिस्थान, पश्चिम एशिया, इजिप्ट तथा ग्रीकमा पनि गराए।

आरंभिक जीवन[सम्पादन गर्ने]

अशोक मौर्य सम्राट बिन्दुसार तथा रानी धर्माको पुत्र थिए। भनिन्छ कि धर्मा एउटा ब्राह्मणको छोरी थीइन । एक दिन उनले स्वप्न देखे कि उनको छोरा एउटा ठूलो सम्राट बन्ने छ । त्यस पछि उनलाई राजा बिन्दुसारले आफ्नो रानी बनाए। जब कि धर्मा कुनै क्षत्रिय कुलबाट थीइनन तसर्थ उनलाई राजकुलमा कुनै विशेष स्थान प्राप्त थिएन। अशोकको थुप्रै दाजु भाइ (सौतेनी)-बैनी थिए। बल्यकालमा उनीहरुमा कडा प्रतिस्पर्धा हुन्थ्यो। अशोकको बारेमा भनिन्छ कि उनी बाल्यकालबाट नै सैन्य गतिविधिहरुमा प्रवीण थिए। दुई हजार बर्ष पश्चात्, अशोकको प्रभाव एशिया मुख्यतः भारतीय उपमहाद्वीपमा देख्न सकिन्छ। अशोक कालमा कुदिएको प्रतीतात्मक चिह्न, जसलाई हामी 'अशोक चिह्न'को नामबाट् पनि जानिन्छ, आज भारतको राष्ट्रीय चिह्न हो। बौद्ध धर्मको इतिहासमा गौतम बुद्ध पश्चात् अशोकको नै स्थान आउदछ। The Ashoka chakra was built by Ashoka during his reign. Chakra is a Sanskrit word which also means cycle or self repeating process. The process it signifies is the cycle of time as how the world changes with time. The horse means accuracy and speed while the bull means hardwork.

साम्राज्य विस्तार[सम्पादन गर्ने]

अशोकका दाजु भाइ सुसीम त्यस समय तक्षशिलाको प्रांतपाल थिए। तक्षशिलामा भारतीय-यूनानी मूलका धेरै मानिस बस्तथे। यसबाट त्यो क्षेत्र विद्रोहको लागि उपयुक्त थियो। सुसीमको अकुशल प्रशासनको कारण पनि त्यस क्षेत्रमा विद्रोह उठ्यो । राजा बिन्दुसारले सुसीमको भनाईमा लागेर राजकुमार अशोकलाई विद्रोहलाई दमनको लागि त्यहा पठाए। अशोक आउने खबर सुनेर नै विद्रोहिहरुले उपद्रव समाप्त गरे र विद्रोह बिना कुनै युद्ध खत्म भयो। यध्यपी यहाँ बिद्रोह एक पटक फेरी अशोकको शासनकालमा भएको थियो तर यस पटक यसलाई बलपूर्वक दवाईएको थियो।

अशोकको राज्य
भारतको वैशालीमा रहेको अशोक स्तम्भ

अशोकको यस प्रसिद्धबाट उनको दाजु सुसीमलाई सिंहासन नपाउने खतरा बढेको थियो। उनले सम्राट बिंदुसारलाई भनेर अशोकलाई निर्वासमा पठाई दिए। अशोक कलिंग गए। वहां उनको मत्स्य कुमारी कौर्वकी संग प्रेम भयो। अहिले पाईएको प्रमाणहरुको अनुसार पछि अशोकले उनलाई तेस्रो वा दोस्रो रानी बनाएका थिए।

यसै बीच उज्जैनमा विद्रोह भयो। उनलाई सम्राटने निर्वासनबाट बोलाएर विद्रोह दबाउन पठाए। जबकि उनका सेनापतिहरुले विद्रोहलाई दबाई दिए तर त्यसको चिनारी गुप्त नै राखियो किनकि मौर्यहरु द्वारा फैलाईएको गुप्तचर जालबाट उनको बारेमा थाहा पाएपछि उनका दाजु सुसीम द्वारा उनी मार्न लगाउने डर थियो। उनी बौद्ध सन्यासिहरु संग बस्तथे। यसै बेला उनलाई बौद्ध विधि-विधान तथा शिक्षाहरु जानकारी भएको थियो । यहाँ एक सुन्दरी जसको नाम नाम देवी थियो,उ संग उनको प्रेम भयो जसलाई उनले स्वस्थ्य भएपछि विवाह गरे।

केहि बर्ष पछि सुसीम संग आजित् भएका मानिसहरुले अशोकलाई राजसिंहासन हत्याउनको लागि प्रोत्साहित गरे किन भनें सम्राट बिन्दुसार वृद्ध तथा रुग्न हुदै थिए। जब उनी आश्रममा थिए तब उनलाई यो यो खबर् आयो की उनको आमालाई उनको सौतेनी भाईहरुले मारीदिए। तब उनी राज महलमा गएर आफ्नो सबै सौतेनी भाईहरुलाई मारी दिए र सम्रात बने।

सत्ता समाहाल्ने बित्तिकै अशोकले पूर्व तथा पश्चिम दुबै दिशामा आफ्नो साम्राज्य फैलाउन शुरु गरे। उनले आधुनिक आसाम देखि ईरानको सीमाना सम्म साम्राज्य विस्तृत केवल आठ वर्षमा गरे।

कलिंगको लड़ाई[सम्पादन गर्ने]

कलिंग युद्ध उनको जीवनको एउटा निर्णायक मोड़ साबित भयो। यस युद्धमा भएको नरसंहारबाट उनको मन ग्लानिबाट भरीयो र उनले बौद्ध धर्मलाई अंगीकार गरे।

बौद्ध धर्म अंगीकार[सम्पादन गर्ने]

तेस्रो शताब्दीमा सम्राट अशोकद्वारा बनाएको मध्य प्रदेशमा साँची का स्तूप

कलिंग युद्धमा भएको क्षति तथा नरसंहारबाट उनको मन लड़ाई गर्नबाट उठ्यो र उनी आफ्नो कर्मबाट दुखी भए। यसै शोकमा उनी बुद्धको उपदेशहरुको नजिक आउदै गए र उसले बौद्ध धर्म स्वीकार गरे।

बौद्ध धर्म स्वीकीर गरे पछि उनले उनको आफ्नो जीवनमा उतारने कोशिश पनि गरे । उनले शिकार तथा पशु-हत्या गर्न छोडिदिए। उनले ब्राह्मण तथा अन्य सम्प्रदायको सन्यासिहरुलाई खुलेर दान दिए। जनकल्याणको लागि उनले चिकित्यालय, पाठशाला तथा सड़क आदिको निर्माण गराए ।

उसने बौद्ध धर्मको प्रचारको लागि आफ्नो धर्म प्रचारक नेपाल, श्रीलंका, अफ़ग़ानिस्तान, सीरिया, मिस्र तथा ग्रीस सम्म पठाए । उनले यस कामको लागि आफ्नो छोरा र छोरीलाई यात्राहरुमा पठाएका थिए|

मृत्यु[सम्पादन गर्ने]

अशोकले लगभग ४० वर्ष सम्म शासन गरे त्यसपछि लगभग २३२ ईसापूर्वमा उनको मृत्यु भयो । उनको थुप्रै संतान तथा पत्निहरु थिए तर उनीहरुको बारेमा धेरै थाहा छैन । उनका छोरा महेन्द्र तथा पुत्री संघमित्राले बौद्ध धर्मको प्रचारमा योगदान दिए।

अशोकको मृत्यु पछि मौर्य राजवंश लगभग ६० वर्ष सम्म चल्यो।

अवशेष[सम्पादन गर्ने]

मगध तथा भारतीय उपमहाद्वीपको थुपै ठाउमा उनको अवशेष पाईएको छ । पटना (पाटलिपुत्र)को छेउ कुम्हरारमा अशोककालीन अवशेष पाईएको छ । लुम्बिनीमा पनि अशोक स्तंभ देख्न सकिन्छ। कर्नाटकको थुप्रै ठाउमा उनको धर्म उपदेशहरु लेखीएको शिला अभिलेख पाईएको छ।