सराय नाच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सराय नाच दशैंका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाच हो । यो गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, दाङका विभिन्न कोटशक्तिपिठहरूमा नाचिन्छ । यो नाच एकादशीदेखि पूर्णिमासम्म नाचिन्छ । पहाडेहरूको बस्तीमा यो नाच देख्न पाइन्छ । यो एउटा खेल जस्तो पनि हो । पञ्चेबाजासहित मन्दिरमा चढाएका खुकुरी, तरबारखुँडा नचाई एकापसमा जोडिएर सराय नाच खेलिने गरिन्छ ।