साईनो (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साईनो
साईनो चलचित्रमा समावेश गीतको आवरण
निर्देशकउगेन छोपेल
निर्माताट्रिपल जेम्स मुभिज
सङ्गीतरञ्जित गज्मेर
वितरकम्युजिक नेपाल
प्रदर्शन मिति
  • १२ मार्च १९८८ (1988-03-12)
[१]
अवधि
१३८ मिनेट[१]
देश नेपाल
भाषानेपाली

साईनो एक प्रख्यात नेपाली कथानक चलचित्र हो। यो चलचित्र सन् १९८७ मा सार्वजनिक गरिएको थियो भने यसका निर्देशक उगेन छोपेल हुन्। यस चलचित्रमा डेनी डेन्जोङ्पा, भुवन केसी, तृप्ती नदाकर र बाल कलाकार रक्षा प्रमुख भूमिकामा रहेका छन्। यस चलचित्रको सङ्गीत रञ्जित गज्मेरले रचना गरेका थिए।[२] यस चलचित्रको कथा डेनी डेन्जोङ्पाले लेखेका थिए र संवाद भने तुलसी घिमिरेले रचेका थिए। यस चलचित्रको सफलता पछि सन् १९९२ मा यसको पुन हिन्दी संस्करणमा सार्वजनिक गरिएको थियो जसमा उक्त चलचित्रको नाम भने बन्धु राखिएको थियो। यसको कथाबस्तुलाई बङ्गाली चलचित्रमा पनि उतारिएको छ। यसै साईनो चलचित्रको आधारमा हिन्दी दूरदर्शन धारावाहिक अज्नवीको निर्माण गरिएको थियो। यसको अधिकाङ्स दृश्यहरू भारतको सिक्किममा खिचिएको थियो र यसका केही दृश्यहरू भने मुम्बईमा खिचिएको थियो। यो चलचित्र बकस अफिसमा हिट भयो र यसमा समावेश गीतहरू पनि लोकप्रिय छन्। [३]

कथा[सम्पादन गर्नुहोस्]

तृप्ती (तृप्ती नदाकर) र आकाशको (भुवन केसी) विवाह हुन्छ र उनीहरूको एक जना छोरो विनु हुन्छ। अर्को देशमा काम गरी परिवार चलाइरहेका उनीहरू आफ्नै मातृभूमि फर्किन्छन् र उनीहरू त्यहाँ खुसीका साथ बस्छन्। एक दिन, आकाश सहर घुम्न निस्केको बेलामा उनको चलचित्रको टिकट किन्ने ठाउँमा आशा नामक एक युवतीसँग भेट हुन्छ। विस्तारै, उनीहरूले अवैध सम्बन्धको सुरुवात गर्छन्। तृप्तीलाई उनको श्रीमानको दुर्घटनामा परि मृत्यु भएको जानकारी दिइन्छ र उनको पार्थीव शरिरिलाई घर ल्याउँदा तृष्ती जोडसँग रोएको दृश्य देखाइएको छ। तृप्ती आफ्ना छोरा विनुको हेरचाह गर्दै घरमा बस्छिन्। एक दिन राती डेनी उनको घर आउँछन् र एक दिनको लागि बास माग्छन् तर तृप्तीले सुरुमा उनलाई नकार्दै नचिनेको मान्छेलाई बाँस दिन अस्वीकार गर्छिन् तर केही बेर पछि त्यही बस्ने अनुमति दिन्छिन्। डेनीले विनुसँग बलियो (मीत)को सम्बन्ध स्थापित गर्न सफल हुन्छन्।

एक जना खराब मानिस मदन बाबुले तृष्तीलाई गलत नजरले हेर्छन्। उनले तृष्तीलाई आफ्नो श्रीमती बनाउने इच्छा जाहेर गर्दै हात तान्न खोज्छन् तर उसलाई डेनीले रोक्छन्। यो सबै भएतापनि मदन बाबु रोकिन्नन् र उनले डेनी र तृप्तीको सम्बन्धलाई लिएर सबै गाउँलेहरूलाई भड्काउने प्रयास गरेका थिए र उनको उदेश्य भनेको डेनीलाई गाउँबाट धपाउनु थियो। डेनीले गाउँलेहरूको प्रश्नमाथी कडा उत्तर दिँदै मदन बाबु गलत सोचाइ राख्ने मानिस भएको पुष्टि गरिदिएका थिए र त्यसलगत्तै गाउँलेहरूले मदन बाबु र उनका नोकरहरूलाई कुटपिट गरेका थिए।

एक जना बुढी महिलाले उनीहरू त्यही गाउँमा रहे भने उनीहरूमाथी थुप्रै समस्यहरू आई लाग्ने भन्दै दुई जनालाई विवाह गर्ने वा त्यस ठाउँ छोडेर अन्तै जाने सल्लाह दिन्छिन्। डेनीले तृप्तीसँग कुरा गरिरहेको बेला प्रहरीको टोली त्यहाँ आइपुग्छ उनले आकाशलाई मारेको भन्दै हतकडी लगाउँछ। तृप्ती आकाशको श्रीमती भएको कुरा थाहापाएपछी डेनी अचच्ममा पर्छन् र उनले नै आकाशको हत्या गरेको कुरा स्वीकार गर्छन्। डेनीले उनकी श्रीमती आशा र आकाशले गरेको अवैध सम्बन्धलाई लिएर उनले दुईजनाकै हत्या गरेको कुरा तृप्तीलाई बताउँछन्। उनको श्रीमतीले उनीमाथी घात गरेको कुरा बताउँदै उनले तृप्तीसँग माफी माग्छन्। प्रहरीले उनलाई घतकडीले हात बान्दै गाडीमा हालेर लाँदा विनु धेरै रून्छन् र मितज्यु मितज्यु भन्दै कराउँछन् र उनीहरूलाई देखेर गाडी रोकिन्छ र दुबै आमा छोरा उक्त गाडीको अगाडि जाँदा डेनीले विनुलाई अङ्गालो हाल्छन्। तृप्ती र उनको छोरा विनुले उनलाई माफ गरिदिएको कुरा बताउँछन् र भविष्यमा एक नयाँ साईनोका साथ बाटो हेरिरहने कुरा पनि बताउँछन्।

कलाकारहरू[सम्पादन गर्नुहोस्]

गीतहरू[सम्पादन गर्नुहोस्]

क्र.सं.शीर्षकगायक/गायीका(हरू)लम्बाइ
१."सुन कथा एउटा गीत"डेनी डेन्जोङ्पा५:३८
२."नयाँ नयाँ सजाउँ है संसार"उदितनारायण झा, आशा भोसले५:१५
३."आमैले भन्थे धाराको पानी"डेनी डेन्जोङ्पा, उदितनारायण झा, कुमार कान्छा, मुरलीधर४:५९
४."फेरी आयो त्यो कालो रात"आशा भोसले४:२९
५."झ्याउरे"डेनी डेन्जोङ्पा, दिपा झा६:१८
६."सुन कथा एउटा गीत (अर्को संस्करण)"डेनी डेन्जोङ्पा३:३५

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "साईनो चलचित्र", रिल नेपाल, अन्तिम पहुँच ८ मे २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-०८ मिति
  2. "यस नेपाली चलचित्रको भाग दुई पनि हुन पर्ने हो", सिक्किम डट ब्लगस्पोट डटकम डट आइएन, अन्तिम पहुँच १५ मार्च २०१२ 
  3. सुनिता सञ्जेल (१४ फेब्रुअरी २०१५), "चलचित्रको बारेमा अधिक जानकारी", फिल्म्स अफ नेपाल, अन्तिम पहुँच ७ मे २०१९ 

बाह्य सुत्रहरू[सम्पादन गर्नुहोस्]